द ग्रुप फोर क्रियसन र गोर्खा वीच रिसोर्टको संयुक्त आयोजनामा ह्यापिनेस र्याफटिङ्ग फेस्टिवलको आयोजना हुने भएको छ । र्याफटिङ्गका लागि लोकप्रिय रहेको कुरिनटारको गोर्खावीच रिसोर्टमा हुने उक्त कार्यक्रममा नेपाली लोक पहिचान झल्किने फेशन शो समेत हुने छ । नेपालका चर्चित डिजेका साथमा लोकप्रिय कलाकारहरुको आकर्षक प्रस्तुती रहने उक्त कार्यक्रममा उपस्थित हुनेले र्याफटिङ्गको मज्जा सहित गोर्खावीचमा खाने वस्ने समेतको सुविधा रहेको आयोजक द ग्रुप फोर क्रियसनका प्रबन्ध निर्देशक गणेश थापाले जानकारी दिए ।
नेपाली कला संस्कृति, मौलिक पहिरन र सम्पदालाई कार्यक्रम मार्फत प्रवद्र्धन र विकासका निमित्त लागि पर्दै आएको संस्था द ग्रुप फोर क्रियसनले विगत १ दशक भन्दा लामो समयदेखि पर्यटन क्षेत्रका लागि समेत विविध कार्यक्रम समेटेर आर्थिक विकासमा योगदान दिदै आएको कार्यक्रमका व्यबस्थापक अविनाश पराजुलीले बताए ।
कार्यक्रमलाई महोत्सवको रुपमा लिएको र कार्यक्रम अवधिभर उपस्थिती जनाउनेलाई पूर्ण मनोरन्जन प्रदान गर्न विभिन्न खेलकुदका कार्यक्रमहरु वीच फुटवल, भलिवल,वल्र्डकपको प्रत्यक्ष प्रसारण समेतको आयोजना गरिने ईभेन्ट कोअर्डिनेटर पंकज सिंहले जानकारी दिए । विगत २ दशक भन्दा लामो समयदेखि ईभेन्ट क्षेत्रमा सक्रिय रहेका सिंहले हाल सम्म हजारौ सफल कार्यक्रम मार्फत कार्यक्रम व्यबस्थापनमा ख्याती कमाएका छन । सामाजिक कार्यमा समेत सक्रिय सिंहको व्यबस्थापनमा हुने कार्यक्रम सफल हुनेमा आयोजक कमिटी ढुक्क रहेको कुरा कोअर्डिनेटर एवं मिस उदयपुर २०२१ की विजेता प्राथना शंकरले बताईन ।
कार्यक्रम २५ नोभेम्वरदेखि २६ नाभेम्वर २ दिनको हुने र ईच्छुक व्यक्तिको आवश्यकता अनुसार १ रात दुई दिन तथा २ रात ३ दिनको समेतको कार्यक्रममा सहभागी जनाउन सकिने छ ।