समाचार

लक्ष्मीनाथको ‘अब अति भो’ सार्वजनिक (भिडियोसहित)
मनोरन्जन, समाचार

लक्ष्मीनाथको ‘अब अति भो’ सार्वजनिक (भिडियोसहित)

तीज गीत ‘अब अति भो’ सार्वजनिक भएको छ । बिर्ख बिश्वकर्मा, सुनिता बुढा र कल्पना सुनुवारको स्वर, शशी अधिकारीको शब्द, विर्खकै सङ्गीत र केशव बाबुको एरेञ्ज रहेको तीज गीत ‘अब अति भो’को भिडियो सार्वजनिक भएको हो । https://youtu.be/hfoaQx8nV2s अर्जुन थापाको निर्देशन रहेको गीतको भिडियोमा अनु पराजुली, विकास भण्डारी, आयुसा गौतम लक्ष्मीनाथ तिमल्सिना, राधा श्रेष्ठ, किसोर भण्डारी डिठ्ठा साब, रचना पौडेल, रोहित ओलीलगायतका कलकारको अभिनय रहेको छ । धु्रव श्रेष्ठको छायाँकन रहेको भिडियोमा निर्देशक अर्जुनकै सम्पादन छ । भिडियो बीफोर युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको हो । भिडियोका निर्माण लक्ष्मीनाथले निर्माण गर्नुभएको हो ।...
मेलिना राई र चेम्जोङ लिम्बुको ‘झ्यालको पर्दा’ सार्वजनिक(भिडियो)
मनोरन्जन, समाचार

मेलिना राई र चेम्जोङ लिम्बुको ‘झ्यालको पर्दा’ सार्वजनिक(भिडियो)

एलिसा र प्रदिप(दि नेक्स्ट ग्रुप) फिचर्ड मेलिना र चेम्जोङ ‘झ्यालको पर्दा’ सार्वजनिक काठमाण्डौँ, भदौ १४ गायिका मेलिना राई तथा गायक गोविन्द चेम्जोङ लिम्बुको सुमधुर स्वरले सुसज्जित ‘झ्यालको पर्दा’ बोलको गीत रहेको भिडियो सार्वजनिक गरिएको छ । गीतमा रामजन सुब्बाको शब्द, संगीत चन्दु गोर्खालीको संगीत संयोजन तथा चन्द्र चौधरीले मिक्सिङ मास्टरिङ्ग गरेका हुन । https://youtu.be/Pg1_de8UU_4 बेजोड अभिनय तथा नृत्यले भरिपूर्ण गीतको भिडियोमा नायिका तथा मोडेल एलिसा राई र प्रदिप लामा (दि नेक्स्ट ग्रुप)लाई फिचर्ड गरिएको छ । निकै आकर्षक ढंगले नेपाली सेरोफेरोलाई देखाइएको भिडियोमा शैलेन्द्र थेबेको कन्सेप्टमा, सोनाम लामाको निर्देशन, पवन सुस्लिङको छाँयाकन तथा सम्पादन र प्रदिप लामाको कोरियोग्राफी रहेको छ । भिडियोलाई टुआरएल डिजिटलको अफिसियल युट्युब च्यानल मार्फत सर्वजनिक गरिएको छ ।...
फेसियल हाउसको कृष्णजन्माष्टमी फोटो सुट
मनोरन्जन, समाचार

फेसियल हाउसको कृष्णजन्माष्टमी फोटो सुट

नेपालमा नम्बर १ शैलुनको रुपमा चर्चामा रहेको फेसियल हाउसले आफ्नो ब्यवसायलाई सैलुनमा मात्र सिमित राखेको छैन । फेसियल हाउसले नयाँ–नयाँ प्रविधिलाई आत्मासाथ गर्दै आफ्ना सेवाग्राहीलाई थप प्रभावकारी सेवा सुविधा दिदै आएको छ । फेसियल हाउसले आफ्नो सेवाग्राहीको सुन्दरतामा चमक भर्ने काम मात्रै गरेको छैन । फेसियल हाउसको आर्को महत्वपूर्ण पक्ष भनेको मेकअप तथा फोटो सुट पनि हो । फेसियल हाउसले विषेशत नेपाली मौलिकतालाई समेटने खालको फोटो शुट गर्ने गरेको छ । यस्ता फोटोले देशको पहिचान, संस्कृतिको पहिचान, नेपाली कलाको पहिचान गराउने खालको फोटो शुट गर्ने गरेको फेसियल हाउसका प्रबन्ध निर्देशक तथा बरिष्ठ सौंन्दर्यविद सुषमा महरा बताउँछिन् । महराका अनुसार हरेक चाड पर्वमा त्यस्ता चावपर्वको मर्म अनुसार फोटो शुट गर्ने गरेको बताइन । यो वर्षपनि श्री कृष्ण जन्माष्टमीको अवसरमा फेसियल हाउसले भगवान श्री कृष्ण कै जस्तो बनाएर फोट...
मेकअप आर्टिष्ट टेकराज पाण्डे विशिष्ट व्यक्तित्व सम्मानबाट सम्मानित
मनोरन्जन, समाचार

मेकअप आर्टिष्ट टेकराज पाण्डे विशिष्ट व्यक्तित्व सम्मानबाट सम्मानित

“राष्ट्रलाई पुर्‍याएको योगदान विशिष्ट व्यक्तित्व तथा स्रष्टालाई विशेष सम्मान” भन्ने मूल नाराका साथ रिवन इन्टरटेन्मेन्टको ७ औँ बार्षिकोत्सबको अवसरमा आयोजना गरिएको राष्ट्रिय व्यक्तित्व तथा स्रष्टा सम्मान २०७८ मा मेकअप आर्टिष्ट टेकराज पाण्डे नेपालका प्रथम उपराष्ट्रपती परमानन्द झाबाट सम्मानित भएका छन ।विगत एक दशक भन्दा लामो समयदेखि मेकअप आर्टिष्ट र मेकअप प्रशिक्षकको रुपमा आफ्नो उत्कृष्टता प्रदान गर्दै आएका पाण्डेले थुपै राष्ट्रिय तथा अन्तराष्ट्रिय अवार्ड जितेका छन । राज मेकअप स्टुडियोका प्रमुख समेत रहेका पाण्डेले ईभेन्ट क्षेत्रमा पनि सफलता हासिल गरेका छन । केहि दिन अघि मात्र बोस्टर अवार्डमा उत्कृष्ट मेकअप आर्टिष्टको अवार्ड जितेका पाण्डेले सयौं उत्कृष्ट सफल सौन्दर्य व्यबसायीहरुलाई प्रशिक्षण दिईसकेका छन । उक्त कार्यक्रममा व्यवसायी, व्युटिसियन नेपाली चलचित्रकर्मी, संगीतकर्मी लगायत विभिन्न विधा...
‘सगरमाथा म्युजिक अवार्ड’को तेस्रो संस्करणको लागि आवेदन खुल्ला
मनोरन्जन, समाचार

‘सगरमाथा म्युजिक अवार्ड’को तेस्रो संस्करणको लागि आवेदन खुल्ला

सगरमाथा म्युजिक अवार्डको तेस्रो संस्करण हुने भएको छ । अर्थ नेपालको  आयोजनामा हुने अवार्डको तेस्रो संस्करणको लागी आवेदन खुल्ला भएको आयोजक संस्थाद्वारा जारी विज्ञप्तीमा जनाइएको छ । कोभिडको कारण सुस्ताएको नेपाली गीत संगीत क्षेत्रलाई चलायनमान बनाउन तेस्रो साहारा एप सगरमाथा म्युजिक अवार्ड २०७८ गर्न लागिएको आयोजक संस्था अर्थ नेपाल प्रालिले जनाएको छ । यस वर्ष अवार्डमा राइड सेयरिङमा लोकप्रिय रहेको साहारा एपले सहकार्य गर्दै टाइटल स्पोन्सर गरेको छ । तेस्रो साहारा एप सगरमाथा म्युजिक अवार्ड २०७८ मा २०७६ वैशाखदेखी २०७७ चैत्रसम्म बजारमा आएका गीत संगीतले सहभागीता जनाउन सक्नेछन् । जुरी र भोटको आधारमा अवार्डको अन्तिम निर्णय हुने अध्यक्ष मनोज थापाले बताउनुभएको छ । ‘नेपाली कला र स्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण र प्रवद्र्धन हाम्रो अभियान’ भन्ने मूल नाराको साथ हुन लागेको तेस्रो साहारा एप स...
लोकप्रिय कलाकार गोपाल ढकाल ‘छन्दे’ प्रथम उपराष्ट्रपतिबाट सम्मानित
मनोरन्जन, समाचार

लोकप्रिय कलाकार गोपाल ढकाल ‘छन्दे’ प्रथम उपराष्ट्रपतिबाट सम्मानित

“राष्ट्रलाई पुर्‍याएको योगदान विशिष्ट व्यक्तित्व तथा स्रष्टालाई विशेष सम्मान” भन्ने मूल नाराका साथ रिवन इन्टरटेन्मेन्ट प्रा लि को ७ औँ बार्षिकोत्सबको अवसरमा आयोजना गरिएको राष्ट्रिय व्यक्तित्व तथा स्रष्टा सम्मान २०७८ मा विगत १७ बर्षदेखि नेपाली कलाकारिताको क्षेत्रमा दर्जनौँ सुपरहिट ठूलो पर्दाका नेपाली कथानक चलचित्र, टेलि चलचित्र, विज्ञापनहरु, सडक नाटक, स्टेज शोहरु, देश बिदेशमा आफ्नो प्रस्तुति दिईसकेका, बिभिन्न संघ संंस्थामा आबद्घ एवम् अनेक राष्ट्रिय तथा अन्तराष्ट्रिय अवार्ड, सम्मानबाट सम्मानित चर्चित हाँस्य कलाकार गोपाल ढकाल छन्देलाई कार्यक्रमका प्रमुख अतिथि गणतन्त्र नेपालका प्रथम उपराष्ट्रपति सम्माननीय परमानन्द झाबाट सम्मानित गरिएको छ । उक्त कार्यक्रममा व्यवसायी, व्युटिसियन नेपाली चलचित्रकर्मी, संगीतकर्मी लगायत विभिन्न विधाका लगभग ८० जना व्यक्तित्व तथा स्रष्टालाइ योगदानको आधारमा सम्मानित...
साधना म्युजिक अवार्डको दोस्रो संस्करण भव्य रुपमा सम्पन्न,३० विधामा अवार्ड प्रदान
मनोरन्जन, समाचार

साधना म्युजिक अवार्डको दोस्रो संस्करण भव्य रुपमा सम्पन्न,३० विधामा अवार्ड प्रदान

सामना म्युजिक क्रियशन प्रा.लि.को आयोजनामा राजधानीमा शुक्रबार दोस्रो साधना म्युजिक अवार्डमा सम्पन्न भएको छ । विभिन्न ३० विधामा अवार्ड प्रदान गरिएको समारोहमा गायक कृष्णभक्त राईलाई दीर्घ साधना सम्मान प्रदान गरिएको थियो । उहाँलाई नगद ११ हजार १११ नगद सहित सम्मान गरिएको थियो । गायक, संगीतकार तथा निर्देशक नारायण रायमाझीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा साहित्यकार दामोदर पुडासैनी, कलाकार मोहन निरौला, गायक चन्द्र शर्मा, शिव परियार, सीताराम पोख्रेल, गीतकार तथा साहित्यकार शान्तिप्रिय, समाजसेवी टेकबहादुर बम, सहित्यकार डीआर राई, गीतकार/पत्रकार सुमन वैरागी लगायतले सम्मानित व्यक्तित्व तथा उत्कृष्ट सर्जकहरूलाई अवार्ड प्रदान गर्नुभएको थियो । समारोहमा आइटिविज्ञ राजेन्द्र अर्याल र लेखक तथा पत्रकार गीता अधिकारीलाई सम्मान प्रदान गरिएको थियो । अवार्ड समारोहका सचिव गोकर्ण लामिछानेले स्वागत मन्तव्य राख्...
ओली पक्षका दोस्रो तहका नेताहरु पार्टी एकतामा त्यति गम्भिर देखिएनन्
राजनीति, समाचार

ओली पक्षका दोस्रो तहका नेताहरु पार्टी एकतामा त्यति गम्भिर देखिएनन्

-डा.डिआर उपाध्याय, दल बिभाजन लोकतन्त्रका लागी खतरा अब आउने दिनमा देशको राजनीति के हुन्छ र कता जान्छ भन्ने बिषयमा सबैको चासो छ । देशको ठूलो पाटी एमाले बिभाजनले देशमा एक खालको तरंग उत्पन्न भइरहेको छ । लोकतन्त्रमा ठूला दल बिभाजन हुँदा पक्कै पनि देशलाई घाटा हुन्छ नै । लोकतन्त्र पनि कमजोर हुने खतरा हुन सक्छ । दल बिभाजन हुनु भनेको लोकतन्त्रका लागी खतरा हो । आज जे भइरहेको छ, त्यो मुलुकको हितमा छैन । जसले जति कोसीस गरे पनि नेपाल कम्युनिस्ट पार्टी एमाले फुटबाट जोगिन सकेन । यो नै चिन्ताको बिषय हो । दोस्रो तहका नेताहरुको पनि केही सिपलागेन । उनीहरू निरीह बनेर बसे । ओलीपक्षका दोस्रो तहका नेताहरुले पनि यो बिषयमा प्रभाबकारी भूमिका निर्वाह गर्न सकेनन् । पार्टी फुट्न दिनु हुँदैन भनेर उनीहरु कहिले गम्भिर बनेनन् । बरु माधब नेपाललाई उत्तेजित बनाउने खालका टिकाटिप्पणी गरे । माधव पक्षलाई चिढाउने काम बाहेक ...
डीआर उपाध्यायले राखे फेरि थप सात विश्व कीर्तिमान विश्व रेकर्ड ५९ पुग्यो
मनोरन्जन, समाचार

डीआर उपाध्यायले राखे फेरि थप सात विश्व कीर्तिमान विश्व रेकर्ड ५९ पुग्यो

विश्व कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायले फेरि सात विश्व कीर्तिमान कायम गर्नुभएको छ । बिहीबार राजधानीमा आयोजित एक विशेष कार्यक्रममा पूर्व श्रम तथा रोजगार मन्त्री रामेश्वर राय यादवले उपाध्यालाई विभिन्न सात विश्व रकेर्ड हस्तान्तरण गर्नुभएको हो ।गीतकार संघका पूर्व अध्यक्ष चुडामणी देवकोटा, अन्तर्राष्ट्रिय साहित्य समाज (अनेसास)का पूर्व अध्यक्ष राधेश्याम लेकालीलगायतको आतिथ्यतामा भएको कार्यक्रममा उपाध्ययालाई सात विश्व रेकर्ड हस्तान्तरण गरिएको हो । उपाध्यायका सात नयाँ विश्व रकेर्डमा ४१ ओटा हेट र क्यापको शब्द प्रयोग गरिएको गीति कविता, ५३ फरक चरा र कुकुरको नाम समावेश गरिएको गीति कविता, ४३ शब्दको अन्त्यमा ‘यो’ प्रयोग गरिएको गीति कविता, ६० शब्द ‘हामी’ प्रयोग गरिएको गीति कविता, १७० फरक ब्राण्डका मोवाइलको नाम प्रयोग गरिएको गीति कविता, एकसय म्युजिक व्याण्डको नाम प्रयोग गरिएको गीति कविता र ६० गाडीको नाम...
गायिका सरु गौतम र आरसी सापकोटाको “नाच्ने हो छमछमी” तिज गित सार्वजनिक(भिडियो)
मनोरन्जन, समाचार

गायिका सरु गौतम र आरसी सापकोटाको “नाच्ने हो छमछमी” तिज गित सार्वजनिक(भिडियो)

बेलबारी नगरपालिकाकी उपमेयर एवम् गीतकार, कवि तारा पराजुलीको रचना रहेको तीज गीत ‘नाच्ने हो छमछमी’ सार्बजनिक भएको छ। गायिका सरु गौतम र आरसी सापकोटाको स्वरमा “नाच्ने हो छमछमी” बोलको तिज गित सार्वजनिक भएको हो ।  गीत आरसि सापकोटा युट्यब च्यानलबाट सार्वजनिक भएको हो । भिम बिसीको संगित रहेको गीतलाई नरेन्द्र वियोगीले एरेन्ज गरेका हुन भने वेभ स्टुडियोमा रेर्कडिङ्ग गरिएको हो । https://youtu.be/lStt9n1JDvo भिडियोमा चर्चित गायिका सरु गौतम स्यवंलाई देख्न सकिन्छ भने मोडलहरु काजिश श्रेष्ठ,मेक्सम खाती,बिना राउत, सोनिया महत लगायतको आकर्षक नृत्य रहेको छ ।अर्जुन तिवारीको छायांकन रहेको भिडियोलाई काजिस श्रेष्ठले नै निर्देशन गरेका छन भने सम्पादन दिपक विष्टको रहेको छ ।...