मेलिना राई र चेम्जोङ लिम्बुको ‘झ्यालको पर्दा’ सार्वजनिक(भिडियो) - राष्ट्रपत्र
बुधबार, फाल्गुन १६, २०८०

मेलिना राई र चेम्जोङ लिम्बुको ‘झ्यालको पर्दा’ सार्वजनिक(भिडियो)


एलिसा र प्रदिप(दि नेक्स्ट ग्रुप) फिचर्ड मेलिना र चेम्जोङ ‘झ्यालको पर्दा’ सार्वजनिक काठमाण्डौँ, भदौ १४ गायिका मेलिना राई तथा गायक गोविन्द चेम्जोङ लिम्बुको सुमधुर स्वरले सुसज्जित ‘झ्यालको पर्दा’ बोलको गीत रहेको भिडियो सार्वजनिक गरिएको छ । गीतमा रामजन सुब्बाको शब्द, संगीत चन्दु गोर्खालीको संगीत संयोजन तथा चन्द्र चौधरीले मिक्सिङ मास्टरिङ्ग गरेका हुन ।

बेजोड अभिनय तथा नृत्यले भरिपूर्ण गीतको भिडियोमा नायिका तथा मोडेल एलिसा राई र प्रदिप लामा (दि नेक्स्ट ग्रुप)लाई फिचर्ड गरिएको छ । निकै आकर्षक ढंगले नेपाली सेरोफेरोलाई देखाइएको भिडियोमा शैलेन्द्र थेबेको कन्सेप्टमा, सोनाम लामाको निर्देशन, पवन सुस्लिङको छाँयाकन तथा सम्पादन र प्रदिप लामाको कोरियोग्राफी रहेको छ । भिडियोलाई टुआरएल डिजिटलको अफिसियल युट्युब च्यानल मार्फत सर्वजनिक गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *