फेसियल हाउसको कृष्णजन्माष्टमी फोटो सुट - राष्ट्रपत्र
मङ्लबार, फाल्गुन १५, २०८०

फेसियल हाउसको कृष्णजन्माष्टमी फोटो सुट


नेपालमा नम्बर १ शैलुनको रुपमा चर्चामा रहेको फेसियल हाउसले आफ्नो ब्यवसायलाई सैलुनमा मात्र सिमित राखेको छैन । फेसियल हाउसले नयाँ–नयाँ प्रविधिलाई आत्मासाथ गर्दै आफ्ना सेवाग्राहीलाई थप प्रभावकारी सेवा सुविधा दिदै आएको छ । फेसियल हाउसले आफ्नो सेवाग्राहीको सुन्दरतामा चमक भर्ने काम मात्रै गरेको छैन । फेसियल हाउसको आर्को महत्वपूर्ण पक्ष भनेको मेकअप तथा फोटो सुट पनि हो । फेसियल हाउसले विषेशत नेपाली मौलिकतालाई समेटने खालको फोटो शुट गर्ने गरेको छ । यस्ता फोटोले देशको पहिचान, संस्कृतिको पहिचान, नेपाली कलाको पहिचान गराउने खालको फोटो शुट गर्ने गरेको फेसियल हाउसका प्रबन्ध निर्देशक तथा बरिष्ठ सौंन्दर्यविद सुषमा महरा बताउँछिन् । महराका अनुसार हरेक चाड पर्वमा त्यस्ता चावपर्वको मर्म अनुसार फोटो शुट गर्ने गरेको बताइन । यो वर्षपनि श्री कृष्ण जन्माष्टमीको अवसरमा फेसियल हाउसले भगवान श्री कृष्ण कै जस्तो बनाएर फोटो सुट गरेको छ । फेसियल हाउसले पशुपति क्षेत्रमा उक्त फोटो शुट गरेको हो । उक्त फोटो सुटमा मोडल सिमोन प्रेमा गीरीले मोडलीङ गरेको छ भने कुवेर ड्गोलले फोटोग्राफी गरेका छन् । यसको ड्रेस डिजाईनमा कुसुम बुटिक र गहनामा हुन्छ डट.कमको सहयोग रहेको छ। फेसियल हाउसले आगामी दिनमा पनि नेपाली कला, पहिचान संस्कृती झल्कने खालका फोटो शुट गर्ने र संस्कृतिको जगेर्नामा सहयोग गर्ने महराको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *