नेपालको राजनीतिमा ध्रुवीकरण तीव्रताका साथ भइरहेछ
-डा.डिआर उपाध्याय,
एमाले बिधिवत रुपमा विभाजन भएको छ । माधब नेपालको नेतृत्वमा नेकपा एकीकृत समाजवादी नामको नयाँ दल खुलेको छ । एमालेबाट माधब नेपाल बाहिरे लगत्तै केपी ओलीलाई ठूलो झट्का लागेको छ । यही झड्का नै अन्तिम भने हुनेछैन । किनकि, गण्डकी र लुम्बिनीका प्रदेश सरकार ढलेका छन । प्रदेश एकको सरकार ढल्ने पनि ढल्ने देखिन्छ । अष्टलक्ष्मी शाक्यले पनि माधबको साथ छोडेकी हुनाले बागमतीको सरकार पनि फेरि ढल्ने सम्भावना छ ।
ओलीले एकताको बल्छी पटक पटक फाले तर माधब नेपाल त्यो बल्छीमा परेनन् । बरु आफनै नेतृत्वमा नयाँ दल खोलेर ठूलो साहस देखाएका छन । माधव नेपाल–झलनाथ खनाल जस्ता बरिष्ठ नेताहरुले एमालेबाट बिद्रोह गरेर नयाँ दल खोले तर यो दलको भविश्य के हुन्छ त्यो त भबिश्यले देखाउला । माधव नेपाल–झलनाथ खनालले ओलीलाई पूर्णतया तिरस्कार गर्नु नै थियो गरेरै छोडे । ओलीले एकलौटी ढंगले पार्टी हाँक्न खोज्नुको परिणाम...









