मेकअप आर्टिष्ट टेकराज पाण्डे विशिष्ट व्यक्तित्व सम्मानबाट सम्मानित - राष्ट्रपत्र
बुधबार, फाल्गुन ९, २०८०

मेकअप आर्टिष्ट टेकराज पाण्डे विशिष्ट व्यक्तित्व सम्मानबाट सम्मानित


“राष्ट्रलाई पुर्‍याएको योगदान विशिष्ट व्यक्तित्व तथा स्रष्टालाई विशेष सम्मान” भन्ने मूल नाराका साथ रिवन इन्टरटेन्मेन्टको ७ औँ बार्षिकोत्सबको अवसरमा आयोजना गरिएको राष्ट्रिय व्यक्तित्व तथा स्रष्टा सम्मान २०७८ मा मेकअप आर्टिष्ट टेकराज पाण्डे नेपालका प्रथम उपराष्ट्रपती परमानन्द झाबाट सम्मानित भएका छन ।विगत एक दशक भन्दा लामो समयदेखि मेकअप आर्टिष्ट र मेकअप प्रशिक्षकको रुपमा आफ्नो उत्कृष्टता प्रदान गर्दै आएका पाण्डेले थुपै राष्ट्रिय तथा अन्तराष्ट्रिय अवार्ड जितेका छन । राज मेकअप स्टुडियोका प्रमुख समेत रहेका पाण्डेले ईभेन्ट क्षेत्रमा पनि सफलता हासिल गरेका छन । केहि दिन अघि मात्र बोस्टर अवार्डमा उत्कृष्ट मेकअप आर्टिष्टको अवार्ड जितेका पाण्डेले सयौं उत्कृष्ट सफल सौन्दर्य व्यबसायीहरुलाई प्रशिक्षण दिईसकेका छन ।

उक्त कार्यक्रममा व्यवसायी, व्युटिसियन नेपाली चलचित्रकर्मी, संगीतकर्मी लगायत विभिन्न विधाका लगभग ८० जना व्यक्तित्व तथा स्रष्टालाइ योगदानको आधारमा सम्मानित गरिएको थियो भने कार्यक्रममा आयोजक रिवन इन्टरटेन्मेन्टका निशु कान्त झा, विशेष अतिथि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रताप बाबु तिवारी, विशिष्ट अतिथि नेपाली चलचित्रकी प्रथम नायिका भुवन चन्द रहनुभएको थियो । उक्त कार्यक्रम भदौ १२ गते शनिवार म्युजिक सिटी हल,बालकुमारी,ललितपुरमा भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *