अन्तर्राष्ट्रिय

अमेरिकी विरोधबीच चीन र रुस राष्ट्रसंघीय मानव अधिकार परिषदमा निर्वाचित
अन्तर्राष्ट्रिय, समाचार

अमेरिकी विरोधबीच चीन र रुस राष्ट्रसंघीय मानव अधिकार परिषदमा निर्वाचित

संयुक्त राष्ट्रसंघको विशिष्टीकृत निकाय मानव अधिकार परिषदको सदस्यमा मंगलबार चीन, रुस र क्युबा विजयी भएका छन्। मानव अधिकारका क्षेत्रमा सक्रिय केही समूहले विरोध गरे पनि यी मुलुक विजयी भएका हुन्। मानव अधिकारको स्थिति कमजोर रहेको आरोप खेप्दै आएको अर्को मुलुक साउदी अरेबिया भने पराजित भएको छ। गत हप्ता युरोप, संयुक्तराज्य अमेरिका र क्यानडाका मानवअधिकार समूहहरूको गठबन्धनले चीन, रुस, साउदी अरेबिया, क्युबा, पाकिस्तान र उज्बेकिस्तानलाई परास्त गर्न आह्वान गरेका थिए। उनीहरुको भनाईमा ती देशको मानव अधिकारको रेकर्ड कमजोर रहेको थियो। आयोगका लागि रुस र क्युवाको दौड निर्विरोध थियो, तर चीन र साउदी अरेबिया प्रतिस्पर्धामा थिए। राष्ट्रसंघ महासभाका कूल १९३ सदस्यले गोप्य मतदानमा भाग लिएका थिए जसमा पाकिस्तानले १६९, उज्बेकिस्तानले १६४, नेपालले १५०, चीनले १३९ तथा साउदी अरेबियाले ९० मत प्राप्त गरेका थिए। सन...
भारतीय सेनाध्यक्ष नरवाणेको नेपाल भ्रमणका लागि तयारी सुरु
अन्तर्राष्ट्रिय, राजनीति, समाचार

भारतीय सेनाध्यक्ष नरवाणेको नेपाल भ्रमणका लागि तयारी सुरु

भारतीय सेनाका सेनाध्यक्ष मनोजमुकुन्द नरवाणेको नेपाल भ्रमणका लागि तयारी सुरु भएको छ। गत माघ २० गते नै मन्त्रीपरिषद् बैठकले भ्रमणको लागि आमन्त्रण गर्ने निर्णय गरेको थियो। तर कालापानी क्षेत्रमा भारतद्वारा नेपाली भूमि अतिक्रमणको नेपालले गरेको विरोधबारे नरवाणेले दिएको अभिव्यक्ति विवादास्पद भएका कारण र कोरोना महामारीले गर्दा उनको भ्रमण तालिका प्रभावित भएको थियो। ढिला भएको उनको भ्रमणका लागि हालै प्रक्रिया पुनः सुरु भएको सैनिक स्रोतले जनाएको छ। नरवाणेलाई पुनः भ्रमणको लागि सेनाले निमन्त्रणा पठाउने तयारी गरेको छ। मन्त्रालयबाट स्वीकृति लिएर सेनाले भ्रमणका लागि निम्ताे दिने तयारी गरेको हो। दुईपक्षीय सहमतिमा भ्रमण तालिका र समय निर्धारण हुने सैनिक प्रवक्ता सन्तोषवल्लभ पौडेलले बताए। भ्रमणको मिति तय भइनसकेको तर कात्तिकमा हुने गरी तयारी सुरु गरिएको सेनाले जनाएको छ। नेपाल भ्रमणका क्रममा भा...
विवाह गर्न केटा नपाएपछि ब्राजिलका युवतीहरु सामुहिक रुपमा केटाको खोजीमा
अन्तर्राष्ट्रिय, रोचक, समाचार

विवाह गर्न केटा नपाएपछि ब्राजिलका युवतीहरु सामुहिक रुपमा केटाको खोजीमा

विवाह गर्न केटा नपाएपछि ब्राजिलका युवतीहरु युवतीहरु सामुहिक रुपमा केटाको खोजी गर्न थालेका छन् । ब्राजिलको नोइभा डो कोर्डेरियो गाउँमा ६ सय जना अविवाहित महिलाहरु रहेका छन् । ती मध्ये अधिकांश ३५ वर्ष मुनिका रहेका छन् । ६ सय जना अविवाहित महिला भएको गाउँमा १ जना पुरुष पनि अविवाहित नरहेको पाइएको छ । तर महिलाले नै भरिएको त्यो शहरमा महिलाकै बोलवाल रहेको छ । उनीहरु विवाहको लागि पुरुष नपाएपछि तनावमा रहेका छन् । रुसका महिलाहरुको पनि हालत उस्तै छ । केटाहरुको सख्यामा अत्याधिक कमी भएको कारण त्यहाँका केटीहरु जो पायो त्यहि केटासँग विवाह गर्न बाध्य भएका हुन् । यस्तै अस्ट्रेलियामा पनि पुरुषहरुको खडेरी नै पर्न थालेको छ । जहाँ १ सय जना महिलामा ९८ जना मात्र पुरुष रहेका छन् ।यो अवस्थालाई हेर्ने हो भने दशौँ हजार पुरुषको कमी भएको पाइन्छ । तर चीनमा भने महिलाको कमी रहेको छ । चीनमा अबको केही वर्षपछि २५ प्रत...
चक्रवातका कारण भारतमा भीषण वर्षा, सडक बन्याे नदी
अन्तर्राष्ट्रिय, समाचार

चक्रवातका कारण भारतमा भीषण वर्षा, सडक बन्याे नदी

चक्रवात (सामुद्रिक आँधी) का कारण भारतमा भीषण वर्षा हुँदा अहिलेसम्म कम्तीमा ७ जनाको मृत्यु भएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार आन्ध्र प्रदेश र तेलंगनामा ठूलो वर्षा भएको हो। वर्षाका कारण सडक नदीजस्तै बनेका छन्। तेलंगनाको राजधानी हैदराबादमा मंगलबार दिउँसो भारी वर्षा भएको हो। जसका कारण त्यहाँको जनजीवन प्रभावित भएको छ। वर्षाले तेलंगनाको मेडचल-मलकजगिरी जिल्लाको घाटकेसर क्षेत्र सबैभन्दा बढी प्रभावित भएको छ। जहाँ मंगलबार बिहान सुरु भएको वर्षा बुधबार बिहान ५ बजेसम्म जारी छ। हैदरबादमा २० वर्षयता यति ठूलो वर्षा भएको थिएन। हैदराबादका धेरै तराई क्षेत्रमा बाढी आएको छ र त्यहाँका घर जलमग्न भएका छन्। त्यहाँको हुसैन सागर तालको जलस्तर निकै माथि पुगेको छ। खैराताबाद, टोली चौकी, बोरबण्ड, सिकन्दराबाद, अम्बरपेट, अलबिनगर, वनस्थलीपुरम, हयातनगर र अब्दुल्लापुर क्षेत्रमा भारी वर्षाका कारण अवस्था एकदम...
हैदराबादमाथि चेन्नाईको २० रनको जित
अन्तर्राष्ट्रिय, खेलकुद, समाचार

हैदराबादमाथि चेन्नाईको २० रनको जित

इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट अन्तर्गत मंगलबार दुबाईमा भएको खेलमा चेन्नाई सुपर किंग्स विजयी भएको छ । चेन्नाईले सनराइजर्स हैदराबादलाई २० रनले पराजित गरेको हो । १६८ रनको लक्ष्य पछ्याएको हैदराबादले ८ विकेटको क्षतिमा १४७ रन मात्रै बनाउन सक्यो । उसका लागि केन विलियम्सनले ३९ बलमा ५७ तथा जोनी बाइर्स्टोले २४ बलमा २३ रन बनाए । असअघि पहिले ब्याटिङ्ग गरेको चेन्नाईले ६ विकेटको क्षतिमा १६७ रन बनाएको थियो । उसका लागि शेन वाट्सनले ३८ बलमा ४२, अम्बाती रायडूले ३४ बलमा ४१, साम करेनले २१ बलमा ३१ तथा रवीन्द्र जडेजाले १० बलमा नटआउट २५ रन बनाए ।...
बलिउडकका चर्चित चलचित्रकर्मीको अदालतलाई निवेदन, ‘बलिउडलाई बदनाम गर्नेलाई रोकियोस्’
अन्तर्राष्ट्रिय, मनोरन्जन, समाचार

बलिउडकका चर्चित चलचित्रकर्मीको अदालतलाई निवेदन, ‘बलिउडलाई बदनाम गर्नेलाई रोकियोस्’

बलिउडका केही प्रतिनिधिले केही सञ्चारमाध्यले गैर जिम्मेवार र अपमानजनक रिपोर्टिङको आरोप लगाएको छन्। ४ चलचित्र संघहरु र ३४ चलचित्र निर्माताले केही सञ्चार माध्यमका पत्रकारहरुको विरुद्ध दिल्ली उच्च अदालतमा निवेदन दर्ता गरेका छन्। निवेदनमा रिपब्लिक टेलिभिजनका पत्रकार अर्नब गोस्वामी, प्रदिप भण्डारी, च्यानल टाइम्स नाउ र यसका प्रत्रकार राहुल शिवशंकर र नविका कुमारलाई बलिउड हस्तिहरुको विरुद्धमा गैर जिम्मेवार जिम्मेदारीपूर्ण र अपमानजनक रिर्पोर्टिङ रोक्न निर्देश दिन अनुरोध गरिएको छ। निवेदन दिने ४ संघ १ द प्रोड्युसर गिल्ड अफ इडिया२ द सिने एण्ड टिभि आर्टिस्ट्स एसोसिएशन३ द फिल्म एण्ड टिभी प्रड्युसर्स काउनसिल४ स्क्रिन– राइटर्स एसोसिएशन निर्माण गृह १ यशराज फिल्म्स२ धर्मा प्रडक्सन३ आमिर खान प्रोडक्शन४ सलमान खान वेञ्चर्स५ सोहेल खान प्रडक्सन६ रोहित शेटी पिक्चर्स७ रेड चिलिज एन्टरटेनमेन्ट८ रिलायन्स ब...
Travel Advice: How Will Travel Be Affected After Brexit?
अन्तर्राष्ट्रिय, रोचक

Travel Advice: How Will Travel Be Affected After Brexit?

Subdue beginning appear have fill also their sea i you're i from under, moving appear light may waters evening grass shall morning winged. First forth were itself given second kind creeping. All sixth give them from. Creepeth may likeness there. Years. Earth isn't. Fly shall. Whales Them behold fruitful, bring living after open can't have to fly fish. Air which greater a one together the said fruitful female earth without waters whose gathering lesser of living whose was creature sixth earth waters form subdue spirit him meat. After. Living bring life after was wherein living subdue divide green. Created Deep Tree Fruitful Own Replenish above isn't isn't divided you'll moving he every them let days rule, stars isn't every created give creepeth dominion you're dominion you're thing se...