विवाह गर्न केटा नपाएपछि ब्राजिलका युवतीहरु सामुहिक रुपमा केटाको खोजीमा - राष्ट्रपत्र
बिहिबार, अशोज ११, २०८०

विवाह गर्न केटा नपाएपछि ब्राजिलका युवतीहरु सामुहिक रुपमा केटाको खोजीमा


विवाह गर्न केटा नपाएपछि ब्राजिलका युवतीहरु युवतीहरु सामुहिक रुपमा केटाको खोजी गर्न थालेका छन् । ब्राजिलको नोइभा डो कोर्डेरियो गाउँमा ६ सय जना अविवाहित महिलाहरु रहेका छन् । ती मध्ये अधिकांश ३५ वर्ष मुनिका रहेका छन् ।

६ सय जना अविवाहित महिला भएको गाउँमा १ जना पुरुष पनि अविवाहित नरहेको पाइएको छ । तर महिलाले नै भरिएको त्यो शहरमा महिलाकै बोलवाल रहेको छ । उनीहरु विवाहको लागि पुरुष नपाएपछि तनावमा रहेका छन् ।

रुसका महिलाहरुको पनि हालत उस्तै छ । केटाहरुको सख्यामा अत्याधिक कमी भएको कारण त्यहाँका केटीहरु जो पायो त्यहि केटासँग विवाह गर्न बाध्य भएका हुन् । यस्तै अस्ट्रेलियामा पनि पुरुषहरुको खडेरी नै पर्न थालेको छ ।

जहाँ १ सय जना महिलामा ९८ जना मात्र पुरुष रहेका छन् ।यो अवस्थालाई हेर्ने हो भने दशौँ हजार पुरुषको कमी भएको पाइन्छ । तर चीनमा भने महिलाको कमी रहेको छ । चीनमा अबको केही वर्षपछि २५ प्रतिशत महिला अविवाहित बस्नु पर्ने बाध्यता रहेको पाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *