अन्तर्राष्ट्रिय

चेन्नईलाई हराउँदै दिल्ली आईपीएलको शीर्ष स्थानमा
अन्तर्राष्ट्रिय, खेलकुद, समाचार

चेन्नईलाई हराउँदै दिल्ली आईपीएलको शीर्ष स्थानमा

चेन्नई सुपर किंग्सलाई हराउँदै दिल्ली क्यापिटल्स यूएईमा जारी आईपीएल टी-ट्वान्टी क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ । सारजाहमा शनिबार राति भएको खेलमा साविक उपविजेता चेन्नई सुपर किङ्सलाई ५ विकेटले पराजित गर्दै दिल्ली शीर्ष स्थानाम उक्लिएको हो । चेन्नईले दिएको १ सय ८० रनको लक्ष्य दिल्लीले १९ ओभर ५ बलमा ५ विकेट गुमाएर पुरा गर्‍यो । दिल्लीलाई जित दिलाउन शिखर धवनले शतकीय इनिङ्स खेले । धवनले अविजित रहदै १ सय १ रन बनाए । यस्तै मार्कुस स्टोनिसले २४ रन जोड्दा कप्तान श्रेयस एयरले २३ रन बनाए । अक्षर पटेल २१ रनमा अविजित रहे । रोमान्चक खेलको अन्तिम ओभरमा दिल्लीलाई जितका लागि १७ रन चाहिएको थियो । यस्तोमा पटेलले अन्तिम ओभरमा तीन छक्का प्रहार गर्दै टोलीलाई जित दिलाए । चेन्नईका दीपक चाहरले २ विकेट लिए । साम करण, सार्दुल ठाकुर र ड्वेन ब्राभोले १/१ विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ...
विश्वमा कोरोना संक्रमितको संख्या चार करोड नजिक
अन्तर्राष्ट्रिय, समाचार, स्वास्थ्य

विश्वमा कोरोना संक्रमितको संख्या चार करोड नजिक

विश्वमा कोरोना संक्रमितको संख्या चार करोड नजिक पुगेकाे छ।हालसम्म कोरोना संक्रमितको संख्या तीन करोड ९९ लाख ३७ हजार ६५ पुगेको हाे।  पछिल्लो २४ घण्टामा तीन लाख ७० हजार ६२० संक्रमित थपिएका हुन्।  कोभिड-१९ बाट विश्वमा मृत्यु हुनेको संख्या ११ लाख १४ हजार १८३ पुगेको छ।  पछिल्लाे २४ घण्टामा थप पाँच हजार ५५४ जनाकाे मृत्यु भएकाे हाे। वर्ल्डोमिटर्सका अनुसार हालसम्म दुई करोड ९८ लाख ७९ हजार ४८१ जना संक्रमणमुक्त भएका छन्। विश्वमा सक्रिय संक्रमितको संख्या ८९ लाख ४३ हजार ४०१ छ। त्यसमध्ये ७१ हजार ९३३ जना गम्भीर अवस्थाका छन्। सबैभन्दा बढी प्रभावित देश अमेरिकामा संक्रमितको संख्या ८३ लाख ४१ हजार ८३६ पुगेको छ। भारतमा संक्रमितको संख्या ७४ लाख ९२ हजार ७२७ पुगेको छ भने ब्राजिलमा ५२ लाख २४ हजार ३६२ छ। ...
बार्यन म्युनिखको शानदार जित
अन्तर्राष्ट्रिय, खेलकुद, समाचार

बार्यन म्युनिखको शानदार जित

डेब्यु खेलमै इरिक म्याक्सिम चुपो मोटिङले दुई गोल गरेपछि बायर्न म्युनिखले डिएफबी पोकलको पहिलो राउन्डमा शानदार जित हात परेको छ । एलिएन्ज एरिनामा बिहीबार राति भएको खेलमा डिफेन्डिङ च्याम्पियनसमेत रहेको बायर्नले पाँचौ श्रेणीको डुरेनमाथि ३–० को जित हात पारेको हो । अर्को एक गोल थोमस मुलरले गरेका थिए । ३१ वर्षीय क्यामरुनी फरवार्ड यसै समरमा फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) बाट बायर्न फ्रि एजेन्टमार्फत आएका थिए । २४औं मिनेटमा बोउन सारको पासमा मोटिङले गोल गर्दै बायर्नलाई अग्रता दिलाए । ३६औं मिनेटमा थोमस मुलरले पेनाल्टीमार्फत गोल गर्दै बायर्नको अग्रता दोब्बर बनायो । ७५औं मिनेटमा मोटिङले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरेपछि बायर्नले खेल ३–० ले जित्यो ।...
फ्रान्समा एकैदिन ३० हजारभन्दा बढी संक्रमित फेला, ९ शहरमा शनिबार रातीदेखि कर्फ्यू
अन्तर्राष्ट्रिय, समाचार

फ्रान्समा एकैदिन ३० हजारभन्दा बढी संक्रमित फेला, ९ शहरमा शनिबार रातीदेखि कर्फ्यू

फ्रान्समा बिहिबार कोरोनाका ३० हजार ६ सय २१ नयाँ संक्रमित फेला परेका छन् । अघिल्लो दिन २२ हजार ५ सय ९१ संक्रमित भेटिएका थिए । कोरोनाका बढ्दो संक्रमित भेटिएपछि फ्रान्सको सरकारले राजधानी पेरिससहित ९ शहरमा शनिबार रातीदेखि कर्फ्यू लगाउने निर्णय गरेको छ ।विश्व स्वास्थ्य संगठनले मानिसहरुको ज्यान बचाउनका लागि कडा प्रतिबन्ध लगाउन अत्यावश्यक भएको भन्दै चेतावनी दिएको छ । शनिबारदेखि लण्डनमा कोठाभित्र आयोजना हुने कार्यक्रममा पनि प्रतिबन्ध लगाइएको छ किनभने लण्डन र त्यस आसपासका इलाकामा कोभिड अलर्ट जारी गरिएको छ । फ्रान्स, इटली, पोल्याण्ड र जर्मनीजस्ता देशमा बिहिबार ठूलो परिणाममा परीक्षण सुरु भएपछि एकदिनमा सबैभन्दा धेरै संक्रमित फेला परेका हुन् । बिहिबार रुसमा २ सय ८६ जनाको मृत्युको खबर छ । कोरोनाभाइरस फैलिएपपिछ यो रुसमा एक दिनमा भएको अहिलेसम्म सबैभन्दा धेरै मृत्यु हो । विश्व स्वास्थ्य संगठनले...
युट्युबले कोरोनाका बारेमा भ्रम छर्ने भिडियो हटाउने
अन्तर्राष्ट्रिय, समाचार

युट्युबले कोरोनाका बारेमा भ्रम छर्ने भिडियो हटाउने

भिडियो हेर्न मिल्ने लोकप्रिय माध्यमको रुपमा रहेको युट्युबले कोरोनाभाइरसका बारेमा भ्रम फैलाउने भिडियोहरु आफै हटाइदिने भएको छ । युट्युबमा कतिपयले भ्रामक भिडियोहरु पोष्ट गरेर युट्युवका कारण समाजमा नकारात्मक असर परेकोभन्दै आलोचना भएपछि युट्युबले त्यस्ता भिडियो हटाउने घोषणा विहिबार गरेको हो । विश्व स्वास्थ्य संगठनले मान्यता नदिएपनि कतिपय व्यक्तिहरुले कोरोनाविरुद्धको औषधी वा खोप पत्ता लागेको भन्दै युट्युबमा हालेको भिडियो बढी विवादमा परेको थियो । युट्युबका प्रवक्ता फर्शाद शाड्लुद्धारा जारी वक्तव्यमा लेखिएको छ, “कोरोनाभाइरसका विरुद्धमा प्रयोग हुने औषधी वा खोप भन्दै कतिपय भ्रमण छर्ने भिडियोहरु युट्युबमा प्रयोग भएको र त्यसका बारेमा उजुरीहरु समेत आएकाले त्यस्ता भिडियोहरु हटाउने निर्णय गरिएको हो ।” स्वास्थ्य जस्तो सम्वेदनशील विषयमा भ्रम छर्ने भिडियोहरुले मानव जीवनमाथी नै खतरा उत्पन्न गर्न सक्ने ...
अफगानी क्रिकेटर टाराकाईको सडक दुर्घटनामा परी मृत्यु
अन्तर्राष्ट्रिय, खेलकुद

अफगानी क्रिकेटर टाराकाईको सडक दुर्घटनामा परी मृत्यु

अफगानिस्तानका शिर्ष क्रमका ब्याट्सम्यान नाजीब टाराकाईको सडक दुर्घटनामा मृत्यु भएको छ । गत साता पूर्वी नांगरहारमा सडक पार गर्ने क्रममा एक कारले टाराकाईलाई ठक्कर दिएको थियो । त्यसपछि गम्भीर घाइते भएका उनलाई अस्पतालमा भर्ना गरिएको थियो । अफगानिस्तान क्रिकेट बोर्डले मंगलबार उनको मृत्यु भएको पुष्टि गरेको हो । सामाजिक सञ्जाल ट्वीटरमार्फत अफगानिस्तान क्रिकेट बोर्डले उनको मृत्युको पुष्टि गरेको हो । टाराकाईले अफगानिस्तानको लागि एक टी–ट्वान्टी र १२ एकदिवसीय क्रिकेटमा सहभागिता जनाएका थिए । उनी टोलीका ओपनिङ ब्याट्सम्यानको रुपमा खेल्थे ।...
भारतमा कोरोना संक्रमितको संख्या ७३ लाख पुग्‍यो
अन्तर्राष्ट्रिय, समाचार

भारतमा कोरोना संक्रमितको संख्या ७३ लाख पुग्‍यो

भारतमा कोरोना भाइरसबाट सङ्क्रमित भएकाहरुको संख्या ७३ लाखभन्दा बढी पुगेको छ। भारतमा हालसम्म ७३ लाख ७ हजार ९७ भन्दा बढी कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन्। यस्तै भारतमा कोरोनाका कारण अहिलेसम्म एक लाख ११ हजार ३११ जनाको मृत्यु भएको छ भने हालसम्म भारतमा ६३ लाख ८३ हजार ४४१ भन्दा बढी कोरोना भाइरसबाट संक्रमणमुक्त भएका छन्। विश्वभर भने संक्रमितको संख्या तीन करोड ८७ लाख ५६ हजार २१४ भन्दा बढी रहेको छ। अहिलेसम्म विश्वभर १० लाख ९७ हजार २ भन्दा बढीको कोभिड–१९ का कारण ज्यान गएको छ।...
ईशान्त शर्मा आईपीएलबाट बाहिर
अन्तर्राष्ट्रिय, खेलकुद, समाचार

ईशान्त शर्मा आईपीएलबाट बाहिर

इण्डियन प्रिमियर लिग (आईपीएल)मा दिल्लीलाई अर्को झड्का लागेको छ। दिल्लीका प्रमुख फास्ट बलर ईशान्त शर्माले लिगका बाँकी सबै खेल गुमाउने भएका छन्। उनी चोटका कारण आईपीएलबाट बाहिरिएका हुन्। उनलाई अभ्यासको क्रममा नेटमा बलिङ गर्दा बाँया तर्फको करङमा चोट लागेको थियो। इशान्तले जारी आइपीएलमा एक खेल मात्र खेलेका छन्। उनी हैदरावादविरुद्धका खेलेका थिए । आईपीएल शुरु हुनभन्दा पहिला पनि घाइते भएका उनले शुरुवाती खेलहरु गुमाएका थिए। योसँगै दिल्लीले जारी आईपीएलमा आफ्ना दुई खेलाडीलाई गुमाएको छ। यसअघि स्पिनर अमित मिश्रा पनि चोटका कारण बाहिरिसकेका छन्। यूएईमा जारी खेलमा दिल्ली अंक तालिकाको दोस्रो स्थानमा रहेको छ।...
धोनी रिसाएपछि फेरियो अम्पायरको निर्णय
अन्तर्राष्ट्रिय, खेलकुद, समाचार

धोनी रिसाएपछि फेरियो अम्पायरको निर्णय

इण्डियन प्रिमियर लिग अन्तर्गत गएराती चेन्नइ सुपरकिंग्सले सनराइजर्स हैदराबादलाई १० रनले पराजित गरेको छ । यो खेलका क्रममा एकपटक महेन्द्र सिंह धोनी रिसाएपछि अम्पायरको निर्णय नै बदलिएको छ । उनको यो भिडियो सामाजिक संजालमा भाइरल भइरहेको छ मंगलबार राती १६८ रनको लक्ष्य पच्छ्याइरहेको हैदराबादको इनिङको १९ औं ओभरमा अम्पायल पल राइफलले वाइड दिनको लागि आफ्नो हात फैलाउनै लाग्दा महेन्द्र सिंह धोनीले विरोध जनाए । धोनीसँगै बलर शार्दुल डठाकुरले पनि विरोध गरे । त्यसपछि भने अम्पायरले बल वाइड दिएनन् । उता अम्पायरले बल वाइड नदिएपछि डकआउनमा सनराइजर्स हैदराबादका कप्तान डेभिड वार्नर निकै आश्चर्यचकित देखिए । सम्भवतः उनलाई यो बल वाइड नै छ भन्ने लागेको थियो र उनी अम्पायर आफ्नो निर्णयमा कायम रहन्छन् भन्नेमा विश्वस्त थिए ।...
विश्वभर कोरोना संक्रमितको संख्या पुग्यो ३ करोड ८० लाख
अन्तर्राष्ट्रिय, समाचार, स्वास्थ्य

विश्वभर कोरोना संक्रमितको संख्या पुग्यो ३ करोड ८० लाख

विश्वभरी महामारीको रुपमा फैलिएको कोरोनाभाइरस ‘कोभिड–१९’ का कारण तीन करोड ८० लाखभन्दा बढी मानिस सङ्क्रमित भएका छन्। जोन्स हपकिन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरण अनुसार विश्वभरी हालसम्म तीन करोड ८० लाख ३३ हजार २८७ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका हुन्। कुल सङ्क्रमितमध्ये दुई करोड ६३ लाख ८८ हजार ६३३ जना सङ्क्रणमुक्त भइसकेको विश्वविद्यालयले जनाएको छ। सङ्क्रमणमुक्त भएकाहरुको संख्यामा भारत अग्रस्थानमा रहेको छ। भारतमा अहिलेसम्म ६२ लाख २७ हजार २९५ जना सङ्क्रमणमुक्त भएका छन्। अमेरिकामा भने सङ्क्रमितहरुको अवस्था डरलाग्दो छ। सबैभन्दा धेरै सङ्क्रमित रहेको मुलुकमा अमेरिका नै रहेको छ। अमेरिकामा अहिलेसम्म ७८ लाख ५४ हजार ९१७ जना सङ्क्रमित भएका छन् भने अरु दुई लाख १५ हजार ८६१ जनाको कोरोनाकै कारण मृत्यु भएको छ।...