जाडोमा कोरोनाको प्रकोप बढने अनुमान अव जाडो सुरु हुन थालेको छ ।जाडोमा कोरोनाको प्रकोप बढने अनुमान गरिएको छ । जाडो सुरु नहुँदै काठमाडौँ उपत्यका र देशका केही जिल्लाहरूमा सङ्क्रमणको स्थिति भयावह बन्दैगएको अवस्था छ । पछिल्लो समय काठमाडौँ उपत्यकाको परिस्थिति भयावह बन्दै गएको छ । अस्पतालमा बिरामीको चाप बढेर आइसीयू र भेन्टिलेटरको अभाव भइसकेको छ । सरकारले सक्रिय सङ्क्रमितको बिरामीलाई अस्पतालमा उपचार गराउन नसकिने भन्दै हात नै उठाइसकेको छ ।समान्यतया जाडोको समयमा रुघाको प्रकोप बढ्ने गर्छ । रुघाबाट जोगीन न्याँनो कपडा लगाउने , तातो पानी पटक पटक पिउने गर्नु पर्छ । सरकारले जाडो याममा प्रकोप बढ्ने सम्भावनालाई दृष्टिगत गरेर जोखिम न्यूनीकरण, उद्धार र राहतका विभिन्न कार्यक्रम तय गर्नु पर्ने देखिन्छ । सरकार सुरुदेखि नै कोरोनाको सम्भावित सङ्क्रमणप्रति करिब करिब उदासीन रहँदै आएको छ । कोरोना नियन्त्रणसम्बन्धी नीति निर्माण र यसले पार्न सक्ने असरलाई सरकारले खासै गम्भीरतापूर्वक लिएको देखिएन । सुरु देखि नै सम्भावित सङ्क्रमणलाई दृष्टिगत गरेर काठमाडौँ उपत्यकादेखि प्रदेश र जिल्ला तहसम्म अस्पताल, शय्या, अईसीयू र भेन्टिलेटर लगायतका अत्यावश्यकीय यन्त्र तथा उपकरणका अतिरिक्त आवश्यक स्वास्थ्यकर्मीको व्यवस्था गर्नुपर्ने थियो । त्यो कार्य अहिले सम्म प्रभावकारी हुन सकेको छैन । कोरोनाको प्रतिरोध भनेको राष्ट्रको साझा समस्या हो । यो बाटोमा सवै मिलेर लाग्नु पर्दथ्यो , त्यो देखिएन । देश सङ्घीयतामा गए पनि सकारको सोच र दृष्टिकोण अझै एकात्मक नै देखिन्छ । कोरोना नियन्त्रण रणनीति तय गर्दा केन्द्रीय सरकारले प्रदेश सरकार र स्थानीय सरकारलाई प्रभावकारी ढङ्गबाट परिचालन किन नगरेको ? यो गम्भिर प्रश्न हो । सरकार केन्द्रीकृत नीतिका आधारमा अघि बढेको छ । यसरी सवैको चित्त बुझदैन । यो बेलामा सत्तारुढ नेकपाले सरकारलाई घच्घच्याउने काम गर्नु पर्छ । अझै केहि बिग्रिएको छैन । कोरोना कहरप्रति सत्तारुढ नेकपा बेखवर जस्तो देखिनु दुःखद कुरा हो । यसलाई विडम्बना र दुर्भाग्य नै मान्नु पर्दछ । आईसीयू र भेन्टिलेटरको अभावमा कोरोना सङ्क्रमित आम सर्वसाधारण नागरिकले अकालमै मृत्युवरण गर्नुपर्ने खतरा देखिइसकेको छ ।