स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार उपलब्ध गराएको विवरण अनुसार पछिल्लो २४ घण्टामा देशभरमा थप ५७० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो।
मन्त्रालयका अनुसार योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या १ लाख ६० हजार ४ सय पुगेको छ।
पछिल्लो २४ घण्टामा थप २ हजार ७२५ पीसीआर परीक्षण भएसँगै अहिलेसम्म भएको परीक्षणको संख्या १४ लाख ६९४ पुगेको छ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ३ हजार १६८ कोरोना संक्रमित निको भएसँगै अहिलेसम्म निको हुनेको संख्या १ लाख १८ हजार ८३४ पुगेको छ।
त्यस्तै पछिल्लो २४ घण्टामा संक्रमणका कारण थप १४ जनाको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ८७६ पुगेको छ।