हुम्लाबाट स्वाब सुर्खेत पठाइयो - राष्ट्रपत्र
मङ्लबार, चैत्र ७, २०७९

हुम्लाबाट स्वाब सुर्खेत पठाइयो


 जिल्ला अस्पताल हुम्लाले मङ्गलबार ३२ जनाको पिसिआर परीक्षणका लागि स्वाब सङ्कलन गरेको छ । कात्तिक दुई गते स्वाब सङ्कलन गरी ४ गते पोजेटिभ देखिएका एक अनमी र तीन सशस्त्र प्रहरी सहित उनीहरुको सम्पर्कमा आएका गरेर ३२ जनाको स्वाब सुर्खेत पठाइएको हो ।

पोजेटिभ देखिएका चार जना सहित उनका सम्पर्कमा आएका स्वास्थ्यकर्मी र सशस्त्र प्रहरी, एक ड्राइभरको स्वाब आज बुधबार विहान सुर्खेत पठाइएको जिल्ला अस्पतालका सूचना अधिकारी भक्ति फडेराले बताए ।हुम्लामा हालसम्म नौ जनामा कोरोना सङ्क्रमण देखिएको छ भने चार सक्रिय सङ्क्रमित रहेको सूचना अधिकारी फडेराले बताए ।

Leave a Reply

Your email address will not be published.