समाज

जेसीआइ काठमाडौँ लेडी नेपालको ४३ औं पदस्थापना,नव निर्बाचित अध्यक्ष रिंकु बज्राचार्य श्रेष्ठद्वारा अध्यक्ष पदको शपथ ग्रहण
समाचार, समाज

जेसीआइ काठमाडौँ लेडी नेपालको ४३ औं पदस्थापना,नव निर्बाचित अध्यक्ष रिंकु बज्राचार्य श्रेष्ठद्वारा अध्यक्ष पदको शपथ ग्रहण

जेसीआइ काठमाडौँ लेडी नेपालको ४३ औं पदस्थापना तथा पुरस्कार वितरण समारोह सम्पन्न भएको छ । सांग्रिला ब्लु होटेल बखुन्डोल ललितपुरमा प्रमुख अतिथीद्वय हास्य व्यंग्य सम्राट मदन कृष्ण श्रेष्ठ, हरिबंश आचार्य ,नेपाल जेसिस बर्ष २०२१ का महासचिब सिनेटर बिकाश मानन्धर तथा नेपाल जेसिस २०२१ को एरिया सी का कार्यकारी उपाध्यक्ष शिब प्रसाद भूसालको आतिथ्यमा २०० जना जेसी तथा आगन्तुक महानुभावहरुको उपस्थितिमा २०२० का अध्यक्ष जेसी नगीना नकर्मीले बर्ष २०२१ का नव निर्बाचित अध्यक्ष रिंकु बज्राचार्य श्रेष्ठलाई अध्यक्ष पदको शपथ ग्रहण गराउदै अध्यक्ष पदको हस्तान्तरण गरिएको थियो। नव निर्बाचित अध्यक्ष रिंकु बज्राचार्य श्रेष्ठले आफ्नो नेतृत्व र व्यक्तित्वको बिकाश गर्नु अन्तरास्ट्रिय सामाजिक संस्था जेसीआई काठमाडौँ लेडी नेपालको मुख्य उदेश्य भएको कुरा बताउनु भयो । साथै वहांले उक्त उदेश्यको लागि संस्थाले स्थापना काल देखी नै म...
आजदेखि नयाँ वर्ष इस्वी सन् २०२१ शुरु
समाचार, समाज

आजदेखि नयाँ वर्ष इस्वी सन् २०२१ शुरु

ग्रेगोरियन पात्रो अनुसार आजदेखि नयाँ वर्ष इस्वी सन् २०२१ शुरु हुँदैछ। जिजस क्राइस्टलाई फाँसी दिएपछि इस्वी सन्को सुरुवात् भएको भन्ने भनाइ रहेको छ। पोप ग्रेगोरीले जुलियन पात्रो अनुसारको सन्लाई प्रतिस्थापन गर्दै अहिले प्रचलनमा आएको पात्रोलाई चलाएकाले यसलाई गे्रगोरियन पात्रो अनुसारको नयाँ वर्ष भनिन्छ। जुलियन पात्रो शासक जुलियस सिजरले प्रचलनमा ल्याएका थिए। विवादकै कारण यो पात्रो रसियाले २०० वर्षपछि मात्र प्रचलनमा ल्याएको पूर्व प्रशासक एवम् ज्योतिषाचार्य डा खिलानाथ बस्ताकोटी बताउँछन्। विवाद भएपनि उपनिवेशकालमा विभिन्न स्थानमा यो संवत् लादेकाले हाल यसको विश्वव्यापी प्रचार छ। यो संवत् नेपालमा प्रचलनमा नभए पनि भ्रमणमा आउने विदेशीले यसको प्रयोग गर्छन्। केही वर्ष अघिदेखि नेपालका विभिन्न स्थानमा इस्वी सन् मनाउने गरिएको छ। विदेशी पर्यटकको भीड भाड हुने काठमाडौँको ठमेल, बौद्ध, पोखरालगायत स्थान...
आज योमरी पुन्ही, नेवार समुदायमा धुमधामका साथ मनाइँदै
समाचार, समाज

आज योमरी पुन्ही, नेवार समुदायमा धुमधामका साथ मनाइँदै

नेवार समुदायमा यःमरी पुर्णिमा बुधबार घर घरमा नै धुमधाम सँग मनाइँदै छ । विहानदेखि नै पूजा गरी यःमरी (मनपर्ने रोटी) पकाएर भोज खाएर मनाइने छ ।कोरोना भाइरस सङ्क्रमण यो वर्ष ज्यापु समुदायले सार्वजनिक उत्सव नगरी यःमरी पुन्ही मनाउँने भएका छन् । परम्परा अनुसार गुठीले गर्नुपर्ने पूजा घरघरै सम्पन्न गरेर यो पर्व मनाइँदै छ । उपत्यकामा पनि योपल्ट सभा तथा नगर परिक्रमा हुँदैन । ज्यापु दिवसपनि रहेको सो दिन विगतमा जसो भीडभाड जन्य कार्यक्रम समाजले राखेको छैन ।हेमन्त ऋतुको पहिलो पूर्णिमा अर्थात धान्य पूर्णिमाको दिनमा नेवार समुदायले मनाउने पर्व योमरी पुर्णिमा हो। यो पर्व विशेष गरी ज्यापु समुदायले मनाउने गर्दछन। यो दिन विशेष प्रकारको परिकार (योमरी) बनाएर खाने गर्दछन। नेवार समुदायमा नयाँ बालीका रुपमा धान भित्र्याएपछि विभिन्न देवी देवतालाई योमरी बनाएर पूजा गरी यो पर्व मनाउने गरिन्छ। नयाँ धान कुटी पिसेको पि...
काठमाडौँ उपत्यकामा आज वर्षकै धेरै जाडो
समाचार, समाज

काठमाडौँ उपत्यकामा आज वर्षकै धेरै जाडो

काठमाडौँ उपत्यकामा आज यो वर्षकै धेरै जाडो भएको छ । काठमाडौँ उपत्यकामा आज यो वर्षकै धेरै जाडो भएको छ । आज बिहान ५:४५ को मापनअनुसार उपत्यकाको न्यूनतम तापक्रम १ दशमलब ३ डिग्री सेल्सियस रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसअघि पुस ३ मा उपत्यकाको तापक्रम १ दशमलब ६ डिग्री सेल्सियसमा झरेको थियो । महाशाखाकी मौसवविद् सजिना शाक्यका अनुसार आकाश खुल्ला हुँदा तापक्रम घट्ने गर्दछ । गएराति आकाशमा बादल नलागेकाले मौसम सफा भएर तापक्रम घटेको हो । बिहान तापक्रम घटेपनि आज उपत्यकामा पारिलो घाम लाग्नेछ । आज अधिकतम २० डिग्री सेल्सियसम्म तापक्रम पुग्ने महाशाखाले अनुमान गरेको छ।...
समाजसेवी रजनी थापा नेपाल जेसिजको राष्ट्रिय उपाध्यक्षमा निर्वाचित
समाचार, समाज

समाजसेवी रजनी थापा नेपाल जेसिजको राष्ट्रिय उपाध्यक्षमा निर्वाचित

नेपाल जेसिजको ४७ औं राष्ट्रिय महाधिवेशनबाट वर्ष २०२१ को  राष्ट्रिय  उपाध्यक्ष पदका लागि  लागि मनोहरा जेसिजकि रजनी थापा बिजयी भएकी छिन ।वुधवार देखि रूपन्देहीको भलवारी जेसिजको  आतिथ्यतामा सुरू भएको राष्ट्रिय महाधिवेशनबाट १२ सय  ३६ मत सहित बिजयी भएकी हुन्।  महाधिवेशनमा देशभरिबाट करिब दुई हजार प्रतिनिधि भलबारीमा  भेला भएका थिए । बुधबार देखि भलबारीमा  सुरू भएको राष्ट्रिय महाधिवेशनमा १७ पदका लागि ४८ जनाको उम्मेदवारी दिएका थिए। अध्यक्ष पदमा जेसिजका अरुणेश्वर खनाल विजयी भएका छन उनि राष्ट्रिय महाधिवेशनबाट एक हजार ९० मतसहित खनाल विजयी भएका हुन्। खनालले एक हजार ९० मत पाउँदा उनका निकटतम प्रतिद्वन्द्वी लालमणि भण्डारीले पाँच सय १२ मत मात्र पाए । सात अध्यक्ष मध्ये तीन उम्मेदवारले आफ्ना पक्षमा उम्मेदवारी फिर्ता लिएपछि खनाल उच्च मनोबलका साथ मैदानमा थिए । यसअघिक...
बेलबारी जेसिज देशभर उत्कृष्ट शाखाको रुपमा सम्मानित
समाचार, समाज

बेलबारी जेसिज देशभर उत्कृष्ट शाखाको रुपमा सम्मानित

बेलबारी जेसिज देशभर उत्कृष्ट शाखाको रुपमा सम्मानित भएको छ । नेपाल जेसिजको भलबारी, बुटवलमा शनिबार सम्पन्न ४७ औँ राष्ट्रिय महाधिवेशन नेपाल जेसिजको बर्ष २०२० का शाखाहरु मध्ये सामुदायिक क्षेत्रमा उत्कृष्ट कार्य गरे वापत नेपाल भरी उत्कृष्ट शाखाको रुपमा सम्मानित भएको हो । बेलबारी शाखालाई सन् २०२० जनवरीमा समेत उत्कृट शाखाको रुपमा सम्मानित गरेको थियो । बर्ष भरिमा सर्वाधिक ४७ वटा कार्यक्रम सञ्चलन गरेको बेलबारी जेसिजलाई देशभरका शाखाहरुमध्येबाट उत्कृष्ट शाखाको रुपमा सम्मानित गर्दा समुदायमा थप काम गर्ने प्रेरणा पाप्त भएको जेसिज बर्ष २०२० का अध्यक्ष राजेश खत्रीले बताउनुभयो । ५ बर्ष अघि स्थापना भएको बेलबारी जेसिजले छोटो अवधिमा सर्वाधिक लोकप्रिय काम मार्फत यो उपलब्धि हासिल गरेको हो ...
समाजसेवी तथा गीतकार यमु शर्माले गरिन आफ्नो बैवाहिक वर्षगांठमा राहत बितरण
समाचार, समाज

समाजसेवी तथा गीतकार यमु शर्माले गरिन आफ्नो बैवाहिक वर्षगांठमा राहत बितरण

बिवाहित महिलाहरुको हितमा ऐक्यवद्धता जनाउदै पिडित महिलाहरुको सहयोगार्थ उनीहरुको हित तथा संरक्षण हेतु क्रियाशिल संस्था मेची महाकाली बुहारी संयुक्त आवाजले कमैयामुक्त बस्तीका ३२ विपन्न परिवारलाई खाद्यान्न तथा लत्ता कपडा सहयोग प्रदान गरेको छ । उक्त संस्थाकी केन्द्रिय अध्यक्ष तथा गीतकार यमु शर्मा सुब्बाले आफ्नो बैवाहिक बर्षगॅाठको अवसर पारेर कंचनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्बर १० को कमैयामुक्त बस्ती झलारीमा आर्थिक अवस्था कमजोर अति विपन्न,गर्भवती तथा सुत्केरी एवं जेष्ठ नागरिकलाई लक्षित गरि करिव ३२ जनालाई प्रती व्यक्ति एक थान न्यानो कम्वल,१ क्रेट अण्डा,२ किलो पोषण लिटो,विस्कुट,२वटा सावुन लगायतको सामाग्री वितरण गरिएको थियो । ‘मानव सेवा नै माधव सेवा’ हो भन्दै कोरोना महामारीका बेला सानो सहयोग भए पनि समस्यामा परेकाहरुलाई मलहम होस भनेर जाडोयाम सुरु भएसँगै कमजोर आर्थिक अवस्था भएका सुत्केरी त...
नौ महिनापछि खुल्यो पशुपतिनाथ मन्दिर
समाचार, समाज

नौ महिनापछि खुल्यो पशुपतिनाथ मन्दिर

भक्तजनका लागि नौ महिनासम्म बन्द पशुपतिनाथ मन्दिर आजदेखि खलेको छ । प्राचीनकालदेखि नियमितरुपमा हुँदै आएको भक्तजनको प्रवेश विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमणबाट बच्न बन्द गर्न बाध्य भएपछि मन्दिर गत चैतदेखि बन्द रहदै आएको थियो । संक्रमणसंग बढ्दो दुरीसहित दर्शनार्थीलाई मन्दिर दर्शनको व्यवस्था मिलाइएको जनाइएको छ । मन्दिरको पश्चिम ढोकाबाट भक्तजनलाई प्रवेश गराई दर्शनपछि पश्चिम ढोकाबाट नै बाहिर निस्कने व्यवस्था गरिएको छ । मन्दिर प्रवेश गर्ने भक्तजनले अनिवार्यरुपमा मास्क लगाउनुपर्ने छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बनाएको मापदण्ड पूर्णरुपमा पालना गरी भक्तजनलाई दुई मिटरको दूरीमा राखेर दर्शन गराइनेछ । मन्दिर बुधबारदेखि खुले पनि रसिद काटेर हुने विशेष पूजा, भजनलगायत क्रियाकलाप भने तत्काल शुरु हुने छैन । पहिलो चरणमा परीक्षणका रुपमा बिहान ६ देखि मध्याह्न १२ बजेसम्म मन्दिर खुला ग...
पशुपतिमा मङ्गलबार क्षमा पूजा, बुधबारदेखि भक्तजनलाई खुला
समाचार, समाज

पशुपतिमा मङ्गलबार क्षमा पूजा, बुधबारदेखि भक्तजनलाई खुला

नौ महिनासम्म भक्तजनका लागि पशुपतिनाथ मन्दिर बन्द गर्नुपर्दा क्षमा माग्न मङ्गलबार बिहान क्षमा पूजा हुने भएको छ । प्राचीनकालदेखि नियमित रुपमा हुँदै आएको भक्तजनको प्रवेश विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमणबाट बच्न बन्द गर्न बाध्य भएपछि क्षमा माग्न पूजा गर्न लागिएको हो । पशुपतिनाथ मन्दिर स्वास्थ्य सुरक्षाका विधि अपनाएर पुस १ गते बुधबारदेखि खोल्न लागिएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा प्रदीप ढकालले राससलाई जानकारी दिए । पहिलो चरणमा पुस १ गतेदेखि मन्दिरको पश्चिम ढोकाबाट भक्तजन प्रवेश गराई दर्शन गराएर सोही ढोकाबाट नै बाहिर निस्कने व्यवस्था गरिएको छ । मन्दिर प्रवेश गर्ने भक्तजनले अनिवार्य रुपमा मास्क लगाउनुपर्ने छ । मन्दिर बुधबारदेखि खुलेपनि मन्दिरभित्र हुने विशेष पूजा, भजनलगायत क्रियाकलाप भने तत्काल शुरु हुनेछैन । “महामारीको सङ्कटकाबीच विभिन्न विषयमा बाँधिएर काम गर्न...
यस्तो छ ग्रामीण सर्वसाधरण जनताको भोगाई
समाचार, समाज

यस्तो छ ग्रामीण सर्वसाधरण जनताको भोगाई

डा.डिआर उपाध्याय मुलुकमा पटक पटक राजनीतिक परिवर्तन भयो तर जनताले अहिले सम्म परिवर्तनको अनुभूति गर्न पाएका छैनन् । हरेक राजनीतिक परिर्वनमा जनताको प्रत्यक्ष सहभागी हुँदै आएको छ । परिवर्तन पछि जनताले आफूले सोचेको काम नभए पछि असन्तुुष्टी व्यक्त गर्दै आएका छन् र अहिलेको वर्तमान अवस्थामा पनि जनता सन्तुष्टी छैनन् । जब सम्म जनता सन्तुष्टी हुँदैनन् तब सम्म जनताले व्यवस्था परिवर्तनको प्रश्न उठाई रहन्छन् । यो निराशाको संकेत हो । जनतालाई निराशा आउन दिनु हँुदैन् । जनता निराश हुनु भनेको राम्रो कुरा होइन् । यवस्था प्रतिको खतराको घण्टी हो । आजको युग भनेको प्रविधि र सञ्चारको युग हो । अहिले नेपाली जनतालाई ठग्ने, ढाट्ने, छल्ने र भ्रमको राजनीति गर्ने हिजोको जस्तो आजको अवस्था छैन । यो कुरा राजनीतिक दल र तिनका नेताहरुले बुझ्नु जरुरी छ । राजनीतिक दलका नेताहरुले जनतालाई भ¥याङ बनाएर सत्तामा पुगेका छन् । जब सत्त...