- डा.डिआर उपाध्याय
मुलुकमा पटक पटक राजनीतिक परिवर्तन भयो तर जनताले अहिले सम्म परिवर्तनको अनुभूति गर्न पाएका छैनन् । हरेक राजनीतिक परिर्वनमा जनताको प्रत्यक्ष सहभागी हुँदै आएको छ । परिवर्तन पछि जनताले आफूले सोचेको काम नभए पछि असन्तुुष्टी व्यक्त गर्दै आएका छन् र अहिलेको वर्तमान अवस्थामा पनि जनता सन्तुष्टी छैनन् । जब सम्म जनता सन्तुष्टी हुँदैनन् तब सम्म जनताले व्यवस्था परिवर्तनको प्रश्न उठाई रहन्छन् । यो निराशाको संकेत हो । जनतालाई निराशा आउन दिनु हँुदैन् । जनता निराश हुनु भनेको राम्रो कुरा होइन् । यवस्था प्रतिको खतराको घण्टी हो । आजको युग भनेको प्रविधि र सञ्चारको युग हो । अहिले नेपाली जनतालाई ठग्ने, ढाट्ने, छल्ने र भ्रमको राजनीति गर्ने हिजोको जस्तो आजको अवस्था छैन । यो कुरा राजनीतिक दल र तिनका नेताहरुले बुझ्नु जरुरी छ । राजनीतिक दलका नेताहरुले जनतालाई भ¥याङ बनाएर सत्तामा पुगेका छन् । जब सत्तामा पुग्छन् तब जनताका समस्या भुल्छन् । यो अहिलेको कुरा मात्र हैन, पहिला देखिकै कुरा हो । अहिले पनि त्यही अवस्था छ । नेपाली जनता रोग, भोक, शोक, अभाव र गरिबिमा जीवन बिताउन बाध्य छन् । संविधानले जनताको मौलिक अधिकार गास, बास र कपासको सुनिश्चत गरेता पनि अधिकांश नागरिक यसबाट बञ्चित छन् । लाखौँ युवा युवती स्वदेशमा रोजगारको अवसर नहुँदा विदेशी भूमिमा आफ्नो श्रम र पसिना बगाउन विवस छन् । देशका शैक्षिक कर्णधार युवा युवती विकसित राष्ट्रमा पलायन भएका छन् भने सामान्य लेख पढ गरेका युवा युवती खाडी मुलुकमा ताप र रापसँग आफ्नो श्रम र पसिना बेच्न बाध्य छन् । हामो्र देश विश्व मानचित्रमा कृषि प्रधान देश भनेर चिनिए तापनि आज सम्म हामो्र देश कृषि क्षत्रेमा आत्मनिर्भर हुन सकेको छैन । जब सम्म हामी आत्मनिर्भर हुन सक्दैनौ तब सम्म देशको विकाश र समृद्धि हुन सक्दैन । अहिले हामो्र देशमा खेतीयोग्य जमिन बाँझा रहेका छन् । गाउँघरतिर वृद्ध वृद्धा मात्र बस्न बाध्य छन् । कोही बिरामी पर्दा साहारा दिने सम्म हुँदैन् । नेपालका अधिकांश गा्रमीण भेगमा यस्तो अवस्था छ । बाटो घाटो र अस्पतालको उचित व्यवस्था नहँुदा बिरामीले अकालमा ज्यान गुमाएका प्रशस्त उदाहरण छन् । बिकट ठाउँका जनताले सधैँ भरी खाद्यन्यको अभाव झेल्नु परेको छ । यो समस्या बिगत देखि हाल सम्म पनि यथाबत रहिरहेको छ । जति सुकै देशमा राजनितीक परिर्वन भएता पनि आम सर्वसाधरण नागरिकको जीवनमा कुनै परिवर्तन आउन सकेको छैन । यो भन्दा विडम्बना अरु के हुन सक्छ ?