काठमाडौँ उपत्यकामा आज वर्षकै धेरै जाडो - राष्ट्रपत्र
बिहिबार, अशोज ४, २०८०

काठमाडौँ उपत्यकामा आज वर्षकै धेरै जाडो


काठमाडौँ उपत्यकामा आज यो वर्षकै धेरै जाडो भएको छ ।

काठमाडौँ उपत्यकामा आज यो वर्षकै धेरै जाडो भएको छ ।

आज बिहान ५:४५ को मापनअनुसार उपत्यकाको न्यूनतम तापक्रम १ दशमलब ३ डिग्री सेल्सियस रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यसअघि पुस ३ मा उपत्यकाको तापक्रम १ दशमलब ६ डिग्री सेल्सियसमा झरेको थियो ।

महाशाखाकी मौसवविद् सजिना शाक्यका अनुसार आकाश खुल्ला हुँदा तापक्रम घट्ने गर्दछ । गएराति आकाशमा बादल नलागेकाले मौसम सफा भएर तापक्रम घटेको हो ।

बिहान तापक्रम घटेपनि आज उपत्यकामा पारिलो घाम लाग्नेछ । आज अधिकतम २० डिग्री सेल्सियसम्म तापक्रम पुग्ने महाशाखाले अनुमान गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *