बेलबारी जेसिज देशभर उत्कृष्ट शाखाको रुपमा सम्मानित - राष्ट्रपत्र
मङ्लबार, अशोज ९, २०८०

बेलबारी जेसिज देशभर उत्कृष्ट शाखाको रुपमा सम्मानित


बेलबारी जेसिज देशभर उत्कृष्ट शाखाको रुपमा सम्मानित भएको छ ।

नेपाल जेसिजको भलबारी, बुटवलमा शनिबार सम्पन्न ४७ औँ राष्ट्रिय महाधिवेशन नेपाल जेसिजको बर्ष २०२० का शाखाहरु मध्ये सामुदायिक क्षेत्रमा उत्कृष्ट कार्य गरे वापत नेपाल भरी उत्कृष्ट शाखाको रुपमा सम्मानित भएको हो ।

बेलबारी शाखालाई सन् २०२० जनवरीमा समेत उत्कृट शाखाको रुपमा सम्मानित गरेको थियो ।

बर्ष भरिमा सर्वाधिक ४७ वटा कार्यक्रम सञ्चलन गरेको बेलबारी जेसिजलाई देशभरका शाखाहरुमध्येबाट उत्कृष्ट शाखाको रुपमा सम्मानित गर्दा समुदायमा थप काम गर्ने प्रेरणा पाप्त भएको जेसिज बर्ष २०२० का अध्यक्ष राजेश खत्रीले बताउनुभयो ।

५ बर्ष अघि स्थापना भएको बेलबारी जेसिजले छोटो अवधिमा सर्वाधिक लोकप्रिय काम मार्फत यो उपलब्धि हासिल गरेको हो 

Leave a Reply

Your email address will not be published. Required fields are marked *