समाजसेवी तथा गीतकार यमु शर्माले गरिन आफ्नो बैवाहिक वर्षगांठमा राहत बितरण - राष्ट्रपत्र
बिहिबार, अशोज ४, २०८०

समाजसेवी तथा गीतकार यमु शर्माले गरिन आफ्नो बैवाहिक वर्षगांठमा राहत बितरण


बिवाहित महिलाहरुको हितमा ऐक्यवद्धता जनाउदै पिडित महिलाहरुको सहयोगार्थ उनीहरुको हित तथा संरक्षण हेतु क्रियाशिल संस्था मेची महाकाली बुहारी संयुक्त आवाजले कमैयामुक्त बस्तीका ३२ विपन्न परिवारलाई खाद्यान्न तथा लत्ता कपडा सहयोग प्रदान गरेको छ । उक्त संस्थाकी केन्द्रिय अध्यक्ष तथा गीतकार यमु शर्मा सुब्बाले आफ्नो बैवाहिक बर्षगॅाठको अवसर पारेर कंचनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्बर १० को कमैयामुक्त बस्ती झलारीमा आर्थिक अवस्था कमजोर अति विपन्न,गर्भवती तथा सुत्केरी एवं जेष्ठ नागरिकलाई लक्षित गरि करिव ३२ जनालाई प्रती व्यक्ति एक थान न्यानो कम्वल,१ क्रेट अण्डा,२ किलो पोषण लिटो,विस्कुट,२वटा सावुन लगायतको सामाग्री वितरण गरिएको थियो ।

‘मानव सेवा नै माधव सेवा’ हो भन्दै कोरोना महामारीका बेला सानो सहयोग भए पनि समस्यामा परेकाहरुलाई मलहम होस भनेर जाडोयाम सुरु भएसँगै कमजोर आर्थिक अवस्था भएका सुत्केरी तथा गर्भवती महिलाहरुलाई राहत सामग्री वितरण गरिएको उक्त मेची महाकाली बुहारी संयुक्त आवाजकी अध्यक्ष तथा गीतकार यमु शर्माले जानकारी दिईन ।

लामो समयदेखि अमेरिकामा रहेर समाज सेवामा सक्रिय उनले यस कार्यमा मेची महाकाली बुहारी संयुक्त आवाजकि केन्द्रिय सल्लाहकार जोत्सना साउद , कन्चनपुर जिल्ला संयोजक ज्ञानु ऐर लगायतका कार्यसमिती परिवारले उक्त राहत बितरण गरेर साथ दिएका थिए । भविश्यमा पनि सुदुर पच्क्षिम र कर्णाली प्रदेश का स्कुलहरुमा छात्र छात्राहरुलाई जाडोको लागी लत्ताकपडा बितरण गर्ने योजना रहेको अध्यक्ष शर्मा र प्रदेश संयोजक बिद्या तिमल्सिनाले बताइन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *