ईन्ट्रा फाउण्डेसनको सहकार्यमा दैनिक खाना सहित स्वास्थ्य सामाग्री वितरण गर्दै कलाकर्मी तथा समाजसेवी - राष्ट्रपत्र
बिहिबार, चैत्र १६, २०७९

ईन्ट्रा फाउण्डेसनको सहकार्यमा दैनिक खाना सहित स्वास्थ्य सामाग्री वितरण गर्दै कलाकर्मी तथा समाजसेवी


‘कोहि पनि भोका नबसुन’ भन्ने नारा बोकेर स्थापना भएको सामाजिक संस्था ईन्ट्रा नेशनल वेलफेयर सर्पोट फाउण्डेशन अफ अमेरिकाका महानिर्देशक रुद्र बानिया तथा नेपालका लोकप्रिय नायक एवं फाउण्डेसनका नेपाल संयोजक दिलिप रायमाझीको अगुवाईमा राजधानी लगायत देशका विभिन्न स्थानमा राहत वितरण कार्य भैरहेको छ ।
हाल नेपालमै रहेका समाजसेवी बानिया तथा नायक रायमाझीले कोरोना रोकथाम र न्यूनिकरणका लागी नेपाल सरकारले लागू गरेको लकडाउनको शुरुवाती चरणदेखि नै विपन्न परिवार र निषेधाज्ञाका कारण रोजीरोटी गुमाएका परिवारलाई राहत तथा स्वास्थ्य सामाग्री वितरण गर्दै आईरहेका छन । अहिलेको विषम परिस्थितीमा कोही नागरिक भोका रहन हुन्न भनेर उक्त फाउण्डेसनका नेपाल सहकर्मीहरु नायक संजित भण्डारी, समाजसेवी बिमला श्रेष्ठ,मोडल निक शर्मा ,नव नायक ओजस थापा,वब श्रेष्ठ तथा भ्वाईस अफ नेपालका बलिया प्रतिस्पर्धी किरण गजमेरको टिमले प्रत्येक दिन राजधानीका विभिन्न स्थानमा सयौंको संख्यामा रहेका दैनिक गुजारा गरेर श्रम गर्ने श्रमिकहरुका लागी निशुल्क खाना तथा खाजा वितरण गर्दै आईरहेका छन ।
अहिलेको विषम परिस्थितीमा कोही पनि गरिब दुखी कुनै कारण बाट भोकै बस्न नपरोस भनेर यस कामको शुरुवात गरेको कुरा समाजसेवी रुद्र बानियाले बताए । नेपालमा निषेधाज्ञा जारी हुन्जेलसम्म संस्थाले यस कार्यलाई निरन्तरता दिने समेत उनले जानकारी दिए । ‘यहि माटोबाट हामी अमेरिका गयौं, यहिकै दाजुभाई दिदीबहिनीलाई दुख कष्ट पर्दा हामीलाई पनि पिडा हुन्छ , अमेरिका गएर दुख र कठोर साथ श्रम गर्दै आफ्नो गांस काटेर यहां अप्ठेरो परेको बेलामा सहयोग गर्न पाउदा यो देश प्रति गौरव लागेको छ’, उनले भने ।
खाना संग संगै स्वस्थ्य जिवन पनि मानिसको अत्यावश्यक रहेकाले समाजसेवी शान्ति घले तथा नानू घलेको सहयोगमा राजधानीको विभिन्न क्षेत्रमा फ्रन्टलाईनमा खटिएका महिला प्रहरीहरुका लागि विमला श्रेष्ठ, संजित भण्डारी,निक शर्मा तथा वब श्रेष्ठको टोलीले सेनिटरी प्याड ,मास्क तथा स्यानीटाईजर वितरण गरेका थिए । प्रहरी नायब उपरिक्षक रामेश्वर पौडेलको उपस्थितीमा उक्त सामाग्रीहरु हस्तान्तरण गरिएको थियो । फ्रन्टलाईनमा खटिने महिला प्रहरीले यस विषम परिस्थितीमा आफू र आफ्नो परिवार भन्दा पनि देश र जनताको सुरक्षामा अहोरात्र खटिने महिला प्रहरीका लागी हौसला प्रदान गर्न सेनिटरी प्याड लगायत स्वास्थ्य सामाग्री वितरण गरिएको समाजसेवी विमला श्रेष्ठ र संजित भण्डारीले बताए ।

Leave a Reply

Your email address will not be published.