राजधानी युथ क्लबले हेलम्बुमा बितरण गर्यो सोलार बत्ती तथा खाध्यान्न राहत - राष्ट्रपत्र
मङ्लबार, कार्तिक ९, २०७८

राजधानी युथ क्लबले हेलम्बुमा बितरण गर्यो सोलार बत्ती तथा खाध्यान्न राहत


मनसुन सुरु सङगै बाढीले क्षेत विच्छेद बनाएको सिन्धुपाल्चोक जिल्ला अहिले सबैको नजरमा छन,खासै सरकारको नजरमा नपरेको सिन्धुपाल्चोक बासी अहिले त्रास र पिडामा डुबिरहेका छन । रोइ रहेका आँखा अनि थरथर कामी रहेका हातहरु जोड्न मुल्किल जस्तै देखि रहेका छन सिन्धु बासी, थुप्रै सामाजिक सङ्घ संस्थाले दुखी रहेको घाउमा केही मलम लगाउने कोसिस गरिरहेका छन ।

यसै सिलसिलामा राजधानीका एक सामाजिक क्लब राजधानी युथ क्लबले सिन्धुपाल्चोकको हेलम्बु गाउँ पालिकाको वडा न १ र २ का बाढी पहिरो पीडितलाई सोलार बत्ती लगाएत  खाध्यान्न सहित ५० परिवारलाइ राहत बितरण गरेको क्लबका सन्स्थापक अध्यक्ष आशिष् खतिवडाले जानकारी दिएका छन । उक्त राहतका साथमा क्लबका संरक्षक रोम प्रधान, प्रकाश राई ,अम्बिर गुरुङ लगाएत राजधानी युथ क्लबका पदाधिकारीहरु स्वयंसेवक सहित हेलम्बुको क्युल पुगेका थिए।

क्लबका संस्थापक सचिब समीर लामाका अनुसार उक्त राहत बितरण कार्यक्रममा उपस्थित भएका पीडितहरु निकै खुशी रहेको जानकारी दिएका छन । वडा न १ का वडा अध्यक्ष छिरिङ लामाका रोहबरमा राहत बितरण गरिएको थियो । आगामी दिनहरुमा पनि  दुख पिडामा परेका सम्पुर्णलाइ सहयोग गर्ने क्लबका संरक्षक रोम प्रधाले बताएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *