समाज

नेपाल तरुण दल, माकादुम लगायतको पहलमा खांडादेवीमा स्वास्थ्य सामाग्री वितरण
समाचार, समाज

नेपाल तरुण दल, माकादुम लगायतको पहलमा खांडादेवीमा स्वास्थ्य सामाग्री वितरण

कोरोना भाइरस संक्रमणबाट मुलुक आक्रान्त भएको र लाखौं संक्रमित तथा हजारौंले ज्यान गुमाउनु परेको अवस्थामा नेपाली काँग्रेस गाऊ एकाई समिति माकादुम, नेपाल तरुण दल माकादुम, रामेछाप काठमाडौं सम्पर्क समितिको पहलमा मास्क , सेनिटाईजर, नर्मलबेड दुईसेट,सिटामोल, मल्टीभिटामिन, अक्सोमिटर, थर्मोगन्, थरमोमिटर, पिपी इँसेट, फेससिल्ड, निम्स,पञ्जा, लगायतकाे स्वास्थ्य सामग्री खाँडादेवी गाउँपालिका वडा नं ६ स्थीत स्वास्थ्य चौकी माकादुम , ई प्र का खाँडादेवी र साबिक ९ वटा वडामा स्वास्थ्य सामग्री वितरण गरिएको छ । यस्तो सहयोग र अभियानले नेपाल प्रहरी र अन्य सुरक्षाकर्मीहरुमा आत्मबल बढ्ने तथा सुरक्षित पनि हुने हुँदा अभियान थालनी गरेको नेपाल तरुण दल रामेछाप प्रदेश ‘ख’ को सदस्य तथा अभियानका सदस्य कुशल खत्रीले बताए ।  रामेछाप काठमाडौं सम्पर्क समिति को पहलमा सहयोगि हातहरू :- राजनारायण श्रेष्ठ बाट मास्क – ...
नारेश्वर युवा समाजद्वारा स्थानीयलाई स्वास्थ्य सामग्री तथा खाद्यन्न सहयोग
समाचार, समाज

नारेश्वर युवा समाजद्वारा स्थानीयलाई स्वास्थ्य सामग्री तथा खाद्यन्न सहयोग

गोरखा । मुलुकमा कोरोना महामारीले गर्दा लकडाउनमा परेर पीडा भोगिरहेका स्थानीय बासिन्दाहरुलाई नारेश्वर युवा समाजले सहयोग हस्तान्तरण गरेको छ । गोरखा नगरपालिका वडा नं. ३ नारेश्वरको कार्यालयमा समाजले सहयोग जुटाएर स्वास्थ्य सामग्री तथा खाद्यन्न सहयोग हस्तान्तरण गरेको हो । गायक तथा संचारकर्मी एवम् संस्थाकाे सल्लाहकार लवकुमार भट्टको अगुवाई नारेश्वर युवा समाजले देशविदेशबाट सहयोग जुटाएर लकडाउनको मारमा परेका गरीब, असहाय, अपाङ्ग र एकल महिलाहरुलाई सहयोग गरेको हो । समाजले काठमाडौंदेखि गोरखा नारेश्वरमा पुगेर जेठ ८ गते शनिबार उक्त सहयोग हस्तान्तरण गरेको हो । सहयोग लिएर काठमाडौंदेखि गायक तथा संचारकर्मी लवकुमार भट्ट, रुपेश विश्वकर्मा, सुवास थापा र पत्रकार सुमन पण्डित लगायतको टोली गोरखा नारेश्वर पुगेको थियो । गारेखा नारेश्वरको शान युव जनशक्तिको अभियान भन्ने नाराका साथ ‘अहिले नगरे कहिले गर्ने हामीले नगरे...
इन्टरनेशनल डाइरेक्टर पदका लागि लायन सिटौलाले गरे उम्मेदवारी घोषणा
राजनीति, समाचार, समाज

इन्टरनेशनल डाइरेक्टर पदका लागि लायन सिटौलाले गरे उम्मेदवारी घोषणा

लायन्स क्लब्स इन्टरनेशनल पुर्व काउन्सिल चियरपर्सन तथा ग्लोबल एक्सन टिम एरिया लिडर लायन खगेन्द्र सिटौला पी एम जे एफ (१६ डाइमण्ड)सेकन्ड सेन्चुरी एम्बेसडर लायन्स क्लबको इन्टरनेशनल डाइरेक्टरमा इन्डोर्सी पदका उम्मेदवारमा मनोनयन दर्ता गरेका छन। उनले  आगामी जेठ २१ र २२ गते हुने लायन्स क्लब्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ मल्टिपल कन्भेन्सनका लागि इन्टरनेशनल डाइरेक्टरमा आफ्नो उम्मेदवारी प्रस्तुत गरेका हुन् । अन्तर्राष्ट्रिय लायन्सको क्षेत्रमा उनि आफू गभर्नर हुँदा धेरै नयाँ रेकर्ड बनाउन सफल भएका थिए । आफ्नो गभर्नरकाल(२००६- 0७)मा   सर्वोच्च शिखर सगरमाथामा लायन्सको झण्डा समेत फहराउन सफल सिटौलाले आज नेपालको झण्डा विश्वको २ सय भन्दा बढी राष्ट्रहरुमा फहराउन अघि बढेका छन् । विश्वका २ सय भन्दा बढी देशमा फैलिएको लायन्स क्लब मार्फत उनी यस अभियानलाई सफल पार्न कम्मर कसेर लागेका छन् । सफल नेतृत्वको पर...
फेरि घरभित्र कति समय बित्ने हो ?
समाचार, समाज

फेरि घरभित्र कति समय बित्ने हो ?

डा.डिआर उपाध्याय, आज म अलि भावुक र चिन्तित पनि छु । केहि सोच्न सकेको छैन । किन हो कुन्नि । आज पटक्कै निर्दा लागेन । मेरै मनमा द्धन्द्ध चर्किरहेको छ । म स्वभावले अलि आशावादी मान्छे हुँ । अव त के आश गर्ने के नगर्ने अलि दोधारमा छु । यहि १६ गते देखि एक साताको लागी बन्दावन्दी हुदैछ । थप यो कति लामो जाने हो यसै भन्न सकिने अवस्था छैन । आज म मात्र होइन, यो बिषयमा म जस्ता धेरै मानिसहरु चिन्तित होलान । श्रमजीवि मजदुर पनि चिन्तित होलान । उनलाई म के भनु । गत बर्षको लकडाउनले अझै पनि झलझलती सम्झाईरहेको छ, घरि घरि झस्काईरहेको छ । म यसो सोच्छु , बिचार गर्छु , फेरि घरभित्र कति समय बित्ने हो । गत बर्षको अनुभव बसिरहन पनि नसकिदो रहेछ । दिगदार लाग्दोरहेछ । मान्छेले जस्तो पनि सहनु पर्छ । धर्य रहन सिक्नु पर्छ । कोरोना जस्तो घातक रोग संग खेलवाड पनि त गर्नु भएन नी । म आफु सचेत र सतर्क हुन्छु । तपाईहरु पनि...
शैक्षिक संस्थाहरु बन्द गर्ने र खुलाउने विषयमा तर्क÷वितर्क
शिक्षा, समाज

शैक्षिक संस्थाहरु बन्द गर्ने र खुलाउने विषयमा तर्क÷वितर्क

डा.डिआर उपाध्याय, यति बेला कोरोनाको दोस्रो लहर सुरु भएको छ । यसले फेरि सबैजसो क्षेत्रलाई त्रास बनाएको छ । बिगत बर्षमा पनि हामी त्रासमा बाँच्न बाध्य भयौं । कोरोना संग खेलवाड कसैले गर्नु हुदैन । यो संग जोगिन सचेत र सर्तकता अपनाउनु पर्छ । अनाबश्यक घर वाहिर ननिस्कि भिडभाड र जमघट हुने कुनै पनि काम गर्नु हुदैन । हामी सवैले स्वस्थ्य सुरक्षाका मापदण्ड अपनाउनु पर्छ । त्यसो भयो भने मात्र कोरोनाबाट बँच्न सकिन्छ । कोरोना संक्रमण फैलियो भने यसको असर सवै क्षेत्रमा पर्ने छ । आज फेरी सबैलाई आफ्नो पेसा व्यवसाय चौपट पर्ने होकी भन्ने चिन्ता थपिएको छ । नेपाल सरकारले २५ जना भन्दा बढी भेला नहुन आग्रह गरिसकेको छ । नेपाल सरकारको यो आग्रहलाई सवैले पालना गरौं । हामी नागरिकले मिलेर नै सरकारलाई सहयोग पुयाउनु पर्छ । सरकारको एकल प्रयासले केहि हुदैन । कोरोना संग लडन सवै नागरिक एक जुट हुनु पर्छ । यो पार्टी र उ पार्...
सत्य, तथ्य र निष्पक्ष पत्रकारिता आजको आबश्यकता
समाचार, समाज

सत्य, तथ्य र निष्पक्ष पत्रकारिता आजको आबश्यकता

डा.डिआर उपाध्याय, नेपाल पत्रकार महासंघको निर्वाचन चैत्र २५ गते सम्पन्न भएको छ । यो संगै आज देश भरीको मत गणना पनि सार्वजनिक भइरहेको छ । सञ्चार क्षेत्र भनेको समाजको एैना हो । जसरी हामी एैना अगाडी उभिएर आफनो अनुहार देख्छौ , त्यसै गरि समाजले पनि सञ्चार माध्यम मार्फत सवै कुरा देख्छन । त्यसैले सञ्चार क्षेत्र भनेको समाजको एैना भनेको हो । आज सञ्चार क्षेत्र किन बिश्वश्नीय र निष्पक्ष हुन सकिरहेको छैन । पत्रकारहरु सत्य तथ्य र निष्पक्ष हुनु पर्छ । आज पत्रकारहरु धेरै आलोचित बनिरहेका छन । कारण के हो भने पत्रकारहरुले आफनो मर्यादा बिर्सदै गएका छन । पत्रकारितामा आचार संहिता हुन्छ , त्यो आचार संहितालाई धेरै जसो पत्रकारहरुले उलंघन गरिरहेका छन । हाम्रो देशमा पत्रकारको नाम बेचेर ब्यालेकमेलिङ गर्नेहरुको पनि कुनै कमी छैन । यस्ता ब्यालेकमेलिङ गर्ने पत्रकारहरुले धेरै पैसा पनि कमाएका छन । पैसै कमाउनका लागी पत...
मेरो पैदल यात्रा
समाचार, समाज

मेरो पैदल यात्रा

-डा.डिआर उपाध्याय, केहि दिन अघिको कुरा हो । म एउटा बिकट जिल्लाको पहाडी भेगमा घुम्न निस्किएको थिए । बाटाहरु उकाली र ओराली मात्र थिए । म जुन ठाउँमा जानु थियो त्यो ठाउँमा यातायातको सुविधा थिएन । यातायातको सुविधा नभए पछि पैदल हिडनै पर्ने बाध्यता आयो । उकालो र ओरालो गर्ने मेरो रहर पनि थियो । तर त्यो रहर धेरै कठिन भयो । तप तप पसिना चुहाउँदै उकालो निस्कनु पर्ने रहेछ , घरि घरिमा ओरालो पनि झर्नु पर्ने रहेछ । जे होस् पहाडी भेगको यात्रा कठिन हुँदो रहेछ । मलाई जान्नु र बुझनु थियो की पहाडको जनजीवन कस्तो हुन्छ ? मलाई त्यो कठिन यात्राले धेरै सिकाएको छ । त्यसै बेला म एउटा चौपारीमा बसेर सितल र मिठो हावा खाइरहेको थिए । बसिरहेको ठाउँमै चारैतिरबाट चिसो हावा आउँदो रहेछ । मलाई आनन्द आयो । त्यही बेला चौपारी देखि तल एउटा गोरेटो बाटामा भारी बोक्दै एक जना अधवैसे युवा उकालो चढिरहेका थिए । ती युवाले तप तप पसिना...
नेशनल सोसल वेयलफेयर अवार्ड कार्यक्रममा सामाजिक क्षेत्रमा क्रियाशील व्यक्तित्वहरु सम्मानित
समाचार, समाज

नेशनल सोसल वेयलफेयर अवार्ड कार्यक्रममा सामाजिक क्षेत्रमा क्रियाशील व्यक्तित्वहरु सम्मानित

सामाजिक, साँस्कृतिक र सञ्चार क्षेत्रमा लामो समयदेखि क्रियाशील सिजन मिडियाले समाजका विभिन्न क्षेत्रमा योगदान पुु¥याउने व्यक्तित्वलाई सम्मान गरेको छ । आज काठमाडौंमा आयोजित कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले अपाङ्गता, एकल महिला, शिक्षालगायत क्षेत्रमा क्रियाशील संस्थाका प्रमुख तथा प्रतिनिधिलाई सम्मान गर्नुभयो । सोसल वेयलफेयर अवार्ड पाउनु हुनेहरुमा संयुक्त अपाङ्गता एकता आवाज केन्द्रका संस्थापक तोलाबहादुर कार्की, सामाजिक अभियान्ता केपी खनाल र रन्जु राई, जातीय विभेदको क्षेत्रमा क्रियाशील बेला फाउण्डेशनका अध्यक्ष आरती लम्साल, महिला अधिकारकर्मी तथा पत्रकार रुपा सर्मा नेहा,महिला अधिकारकर्मी रेखा तामाङ लोप्चन, वुटवलका युवा व्यापारी तथा समाजसेवी सिद्धार्थ गुरुङ, रामनारायण घिमिरे, समाजसेवी विमल पन्त, निता राउत, राधा मताङ्गी, स्नेहा श्रेष्ठ, इन्दिरा राना मगर, उत्तम सञ...
महिलाहरुको अस्मिता माथि किन खेलवाड ?
समाचार, समाज

महिलाहरुको अस्मिता माथि किन खेलवाड ?

डा.डिआर उपाध्याय, देशमा राजनीतिक स्थिरता भएन भने सामाजिक, सांस्कृतिक, आर्थिक, सवै क्षेत्रमा प्रभाव पर्छ । अहिले देश राजनीतिक अस्थिरताकै कारण अन्योलमा छ । नेपाली समाज विषम परिस्थितिसँग जुध्दै छ । देशले सही बाटो लिएर अगाडि बढ्न नसकिरहेको अवस्था छ । नेपाली समाजमा हत्या, हिंसा, बलात्कारजस्ता जघन्य अपराधहरु दिन–प्रतिदिन बढदै गएका छन । अहिले बिभिन्न सञ्चारमाध्यममा हत्या, हिंसा, बलत्कार, अपहरणजस्ता अपराधका समाचारहरु आइरहेका छन । समाजमा दण्डहीनताको वृद्धि भैरहेको अवस्था छ । आज समाजमा घरेलु हिंसा, बालहिंसा, दलित हिंसा, महिला हिंसा, एसिड आक्रमण, बलात्कार, महिला तथा किशोरीहरुमाथि हुने यौन दुराचारजस्ता अपराधका घटनाहरु दोहोरीरहेका छन । अव समाजमा जनचेतना जगाउनु पर्ने आबश्यकता देखिएको छ । समाजमा यौन हिंसा–हत्या, आफ्नै हाडनाताभित्र हुने गरेका घटनाहरु बिभिन्नसञ्चारमाध्यमहरुमा आउने गरेको देखिन्छ । नैत...
काभ्रे केन्द्रबिन्दु भएर ४.१ रेक्टर स्केलको भूकम्प गयो
समाचार, समाज

काभ्रे केन्द्रबिन्दु भएर ४.१ रेक्टर स्केलको भूकम्प गयो

काभ्रेपलाञ्चोक केन्द्रबिन्दु भएर भूकम्प गएको छ । बिहीबार बिहान १० बजेर ५ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको हो । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार काभ्रेपलाञ्चोक केन्द्रबिन्दु भएर ४.१ रेक्टर स्केलको भूकम्प गएको हो । काभ्रे र आसपासको क्षेत्रमा भूकम्पको धक्का महसुस भएको थियो ।