दिनेशले ल्याए शिव भजन ‘डमरू बजाईदेउन’ दिनेश मगरको शिव भजन ‘डमरू बजाईदेउन’ सार्वजनिक शिवरात्रीको अवसरमा दिनेशको भजन ‘डमरू बजाईदेउन’ सार्वजनिक नेपालीहरुको महानपर्व शिवरात्रीको अवसर पारेर गायक दिनेश बलम्पकी मगरले आफ्नो नयाँ शिव भजन ‘डमरू बजाईदेउन’ को भिडियो सार्वजनिक गरेका छन ।
चर्चित डान्सिङ समुह भिमफेदी गाइज, निशान परियार, सुजन आले मगर, रमेश लामा, दिपेश तमाङको डान्सिङ र अभिनय देख्न सकिने भजनको भिडियोलाई निर्मल कुमार लामाले निर्देशन गरेका छन । भजनमा स्वयम गायक मगरकै शब्द संगीत रहेको छ भने संगीत संयोजन दिक्षित पौडेल, मिक्सिङ मास्टरिङ्ग प्रकाश मिश्रको रहेको छ । भिडियोको छांयाकन, सम्पादन र कलर ग्रेडिङको कार्य पवन सुस्लिङले गरेका हुन । भिडियोलाई भिमफेदी गाइजकै अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।