'चाहना एउटै' भन्दै गायक पवन संगै मोडल आशा भारती(भिडियो) - राष्ट्रपत्र
मङ्लबार, मंसिर १२, २०८०

‘चाहना एउटै’ भन्दै गायक पवन संगै मोडल आशा भारती(भिडियो)


मोडल आशा भारती फिचर्ड चाहना एउटै बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गायक तथा संगितकार पवन भट्टको शव्द,संगित तथा एरेन्जमा तयार भएको गीतको भिडियोमा स्यवं भट्टलाई मोडल आशासंग रोमान्स गरेको भिडियोमा देख्न सकिन्छ । चोभार वरपरको मनोरम दृश्य कैद भएको भिडियोलाई दिनेश पराजुलीले छायांकन गरेका छन भने सम्पादन हिम्मत चैसीर, कलर टेकेन्द्र शाह र निर्देशन रामकुमार केसीले गरेका हुन । प्रत्युस रानाभाटको निर्माण रहेको भिडियो कलाकार टिभी नामको यूटयूबबाट सार्वजनिक भएको छ ।

पछिल्लो पटक थुप्रै म्यूजिक भिडियोमा व्यस्त मोडल आशा भारतीलाई यो भिडियोमा निकै आकर्षक रुपमा देख्न सकिन्छ । अभिनय यात्राको छोटो समयमा चर्चा बटुल्न सफल मोडल भारतीको उत्कृष्ट गीतहरुको भिडियो आउने क्रममा रहेको छ । आफ्नो काममा निकै लगनशिलता प्रस्तुत गर्ने भारती संचारकर्म संग संगै अभिनयमा समेत लोकप्रियता हासिल गर्ने दौडमा छिन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *