नायकको रुपमा उदाउँदै गरेका बैंकर तेज गिरी अभिनित प्रेमगंजको प्रदर्शन मिति घोषणा - राष्ट्रपत्र
मङ्लबार, मंसिर १२, २०८०

नायकको रुपमा उदाउँदै गरेका बैंकर तेज गिरी अभिनित प्रेमगंजको प्रदर्शन मिति घोषणा


प्रतिक्षित चलचित्र ‘प्रेमगञ्ज’को प्रदर्शन मिति घोषणा गरिएको छ ।  वरिष्ठ अभिनेतानीर शाह देखि छबीराज ओझा सम्मको शुभकामना सहित चलचित्रको प्रदर्शन मिति घोषणा गरिएको हो ।

चलचित्र आउने भाद्र ३ गतेबाट चलचित्र प्रदर्शनमा आउने घोषणा गरिएको छ । नीर शाह, बिकासराज आचार्य, नरेन्द्र महर्जन, छबी ओझा, दिपेन्द्र के. खनाललगायतका ब्यक्तिहरुले चलचित्रलाई शुभकामना सहित प्रदर्शन मिति घोषणा गरेका हुन् ।

परिच्छेद सेनको लेखन तथा निर्देशन रहेको चलचित्रमा बेनिशा हमाल, तेज गिरी, सम्पदा बानियाँ, पवन भट्टराई, सुप्रिया खनाल, राइडर प्रशान्त, सिमरन खड्का, नरेश पौडेल, रश्मी भट्ट, सञ्जोग रसाइली, गीता अधिकारीलगायतका कलाकारको अभिनय रहेको छ ।

चलचित्र क्षेत्रमा बलियो सम्भावना बोकेर आएका सुुगठित शरिरका धनी नव नायक तेज गिरीले यसै चलचित्रबाट डेव्यूू गरेका छन । र्बैकर्स समेत रहेका नायक गिरीको उत्कृष्ट अभिनय देख्न सकिने जानकारी चलचित्र टिमले दिएको छ । तेजले यस अघि केही चलचित्रमा समान्य भुमिकामा काम गरेका भएपनि यो चलचित्रबाट नायकको रुपमा डेब्यु गर्दैछन् ।

स्पट व्यायका रुपमा लामो समय काम गरेका राजु फुयालको प्रस्तुति रहेको चलचित्र चलचित्र चौतारीको ब्यानरमा बनेको हो । चलचित्रका कार्यकारी निर्माता अनन्तमान श्रेष्ठ हुन् । सञ्जय लामाको छायांकन रहेको चलचित्र साढे २ करोड भन्दा बढि लगानीमा बनेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *