समाचार

विश्व किर्तिमानीलाई प्रमाणपत्र वितरण
समाचार, समाज

विश्व किर्तिमानीलाई प्रमाणपत्र वितरण

काठमाण्डौँ । विश्वकै अग्लो स्थान ५०२० मिटर उचाईमा भिडियो छायाँकन गरेर गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम दर्ज गर्न सफल नेपाली यूवाहरुलाई प्रमाणपत्र वितरण गरिएको छ । उपराष्ट्रपति कार्यालयमा आयोजित एक कार्यक्रममा उपराष्ट्रपति नन्द बहादुर पुनले विश्व किर्तिमानी नेपाली यूवाहरुलाई प्रमाणपत्र हस्तान्तरण गरेका हुन् । टेक बहादुर राई (गायक), माया गुरुङ (गायिका), बुद्धिराज राई (गीतकार तथा निर्देशक), सृजना किराँती (मोडल) र शिखर जंग श्रेष्ठ (मोडल)लाई रेकर्ड होल्डरको प्रमाणपत्र र धन कुमार राई (संगीतकार), राजु कार्की (एरेञ्जर), गंगाराम राई (सिनेमाटोग्राफर), शिवराज जोशी र डम्बर सिंह राईलाई (बाद्यबादक)तर्फ सहभागीताको प्रमाणपत्र प्रदान गरिएको हो । गीतमा पुर्ण राईले गितार र टेक बहादुर राईले किबोर्डमा भूमिका निर्वाह गरेका छन् ।सोलुखुम्बुको खारे (मेरापिक जाने बाटो)स्थित ५०२० मिटरको उचाईमा ‘सुन्दर हिमाल’बोलको...
धिरेन र मञ्जु अभिनित ‘माया लांउदै जाउ’को छांयाकन सम्पन्न
मनोरन्जन, समाचार

धिरेन र मञ्जु अभिनित ‘माया लांउदै जाउ’को छांयाकन सम्पन्न

ऐतिहासिक नगरि पाल्पाको रानीमहलमा ‘माया लांउदै जाउ’को बोल रहेको गीतको भिडियोको छांयाकन सम्पन्न गरिएको छ । गीत सुमधुर स्वरका धनी वरिष्ठ गायक गायिका आनन्द कार्कि र साधना सरगमको स्वरले सजिएको छ । भिडियो नेपाली चलचित्र जगतमा ३ दशक भन्दा बढी न्रित्य विधामा संलग्न भई निरन्तर योगदान पुर्‍याईरहेका वरिष्ठ नृत्य निर्देशक कमल राईको परिकल्पना तथा निर्देशनमा तयार पारिएको हो । नेपालको बहुचर्चित ऐतिहासिक नगरि पाल्पाको बहुचर्चित रानी महल र बतासे डांडा लगायतका स्थलमा छांयाकन सम्पन्न गरिएको उकत भिडियोमा चर्चित लोकप्रिय सदाबहार एक्सन नायक धिरेन शाक्य र मोडेल मञ्जु थापाको अभिनय तथा भरपुर रोमान्स देख्न सकिनेछ । भिडियोमा उत्तम हुमागाईको सिनेम्याटोग्राफी, ड्रोन अपरेटिङ सौगात धिताल, ध्वनी संयोजन सुरज बास्तोला कोरियोग्राफी सुमित गुरुङ र मेकअप आर्‍या गुरुङको रहेको छ । राजेश महर्जनको प्रोडक्सन म्यानेजमेन्ट र अश...
आयुष्मान विष्टको पहिलो गीति एल्वम ‘मेरो कलिलो मन’ विमोचित
मनोरन्जन, समाचार

आयुष्मान विष्टको पहिलो गीति एल्वम ‘मेरो कलिलो मन’ विमोचित

गायक आयुष्मान विष्टको पहिलो गीति एल्वम ‘मेरो कलिलो मन’ तथा साङ्गीतिक समारोह सम्पन्न भएको छ । गीतकार संघ नेपालको आयोजनामा गीतकार संघ नेपालका अध्यक्ष शुभ मुकारुङको अध्यक्षतमा आयोजित उक्त कार्यक्रममा अग्रज एवम् प्रतिष्ठित लोक गायक कुमार बस्नेतको प्रमुख आतिथ्यता रहेको थियो भने अग्रज गीतकार विश्व बल्लभ, वरिष्ठ गायिका तारा थापा, सुक्मित गुरुङ, वरिष्ठ सङ्गीतकार राजु सिंह, गायक शशी गुरुङ र लोकप्रिय नायक भुवन के.सीको विशेष आतिथ्यता थियो । विमोचित कार्यक्रममा गायक आयुष्मानका हजरवुवा तथा अमर स्रष्टा जगत मर्दन थापाको सम्झनामा उहाँद्वारा स्वरवद्ध र सङ्गीतवद्ध रहेको तथा म.वि.विको शब्द रचना रहेको गीत ‘भन लौ तिमी …’सहित एल्वममा रहेका पाँच बटा गीतको प्रत्यक्ष गायनले अतिथि तथा दर्शक, स्रोतालाई थप उत्साहित बनाएको थियो । गीतकार संघ नेपालका उपाध्यक्ष बसन्त वित्यासी थापाले स्वागत मन्तव्य राख्नुभएको का...
दलहरु भागबण्डामै रमाए
राजनीति, समाचार

दलहरु भागबण्डामै रमाए

-डा.डी.आर.उपाध्याय खनाल काठमाडौं । अहिले नेपाली कांग्रेसको नेतृत्वमा गठबन्धन सरकार छ । यो सरकारले जनताको पिर मर्का बुझन सकेको छ की छैन भन्ने कुरा जनता आफैले बुझेका छन । जनताको पिर मर्का बुझन नसक्ने सरकारको के काम ? प्रश्न पटक पटक उठने गरेको छ । मूल्यवृद्धिले जनताको ढाँड सेकिएको छ । सर्वसाधारण जनताको घरमा बिहान बेलुकीको चुल्हो बल्न सकस परिरहेको छ । समाजवादको कुरा मात्र गर्ने हो की काम पनि गर्ने हो ? गरीव र धनी बीचको खाडल झन पछि झन गहिरो बन्दै छ । कांग्रेस, नेकपा एकीकृत समाजवादी तथा नेकपा माओवादी केन्द्रलगायतका दलहरु देश र जनता प्रति गम्भिर हुनु पर्ने हो की हैन ? दलहरुको विचार र आदर्श व्यवहारमा लागु हुन नसक्नु दुखद पक्ष हो । राजनीतिक दल र तिनका नेताहरुले विचार र सिद्धान्तलाई आत्मसात् गर्न सकेनन् । आज अधिकांश नेपाली जनता रोग, भोक र शोकसँग जुध्नु परेको छ । यो बिषयमा राजनीतिक दल र ति...
गायिका इन्दिरा भट्टराईको ‘सिंह दरवार झ्यालैमा ऐना'(भिडियो)
मनोरन्जन, समाचार

गायिका इन्दिरा भट्टराईको ‘सिंह दरवार झ्यालैमा ऐना'(भिडियो)

गायिका इन्दिरा भट्टराई र कृष्ण काफ्ले को स्वरमा रहेको गीत ‘सिंह दरवार झ्यालैमा ऐना…’ सार्वजनिक भएको छ । मोहन थापाको शब्द, कृष्णकै सङ्गीत, नरेन्द्र वियोगीको सङ्गीत संयोजन र श्यामस्वेत रसाइलीको मिक्सिङ तथा माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो । https://youtu.be/H3Ao_Y1_rDA बविता श्रेष्ठको निर्देशन र देवेन्द्र पाण्डेको नृत्य निर्देशन रहेको रहेको गीतको भिडियोमा अभिनेता आकाश श्रेष्ठ, उषा उप्रेतीलगायत अन्य कलाकारहरुले समेत अभिनय छ । प्रीयसी म्युजिकको प्रस्तुति रहेको भिडियोमा करन चैसिर टिमको छायाँकन छ भने मिन रावलको सम्पादन छ ।...
नेताहरु पद र पैसामा भुले, देशको भबिश्य बारे सोचेनन्
राजनीति, समाचार

नेताहरु पद र पैसामा भुले, देशको भबिश्य बारे सोचेनन्

-डा.डिआर उपाध्याय,काठमाडौं ।  यति बेला सत्तारुढ राजनीतिक दलहरुमा बिवाद चर्किदै गएको देखिन्छ । सुरुमा नेकपा एकिकृत समाजवादीमा मन्त्री हेरफेरको बिषयले चर्को रुप लिएको थियो । अहिले केहि सेलाएको जस्तो छ । त्यस्तै जसपामा पनि चर्को बिवाद छ । डा बावुरामले पार्टी नै छाडेर अर्को पार्टी खोल्ने चर्चा पनि संचार माध्यममा देखिन्छ ।काँग्रेस भित्र पनि बिवाद नै छ । दलहरु भित्र सत्ता स्वार्थका लागी बिवाद भइरहेको छ । देश र जनताको हक हित र अधिकारका लागी कुनै बहस, छलफल हुदैन । सत्तामा जाने अनि कसरी हुन्छ लुटने त्यो ध्यान बाहेक दलहरुका अरु केही छैन । पार्टीहरु फुटने भनेको नै सत्ता र पदका लागी हो । आज देशमा राजनीतिक दलका नेताहरुले रमिता मात्र देखाइरहेका छन । लोकतन्त्रमा नेताहरु धनी बन्दै जाने यो जुन गलत संस्कार र प्रबृति बढदै गएको छ यसले अबश्य एक दिन दुर्घटना निम्त्याउने निश्चित छ । नेताहरु पद र पैसाम...
‘द नेशनल डिजाईनर रनवे’ आयोजना हुने
मनोरन्जन, समाचार

‘द नेशनल डिजाईनर रनवे’ आयोजना हुने

काठमाण्डौं । सौन्दर्य प्रतियोगिता तथा ईभेन्ट मेनेजमेन्टको क्षेत्रमा आफ्नो उत्कृष्ट छवि बनाएको मोडल सङ्ग्स नेपालको आयोजनामा नेपालमै पहिलोपटक राष्ट्रिय स्तरको फेशन डिजाईनर लक्षित ‘द नेशनल डिजाईनर रनवे’ आयोजना हुने भएको छ । बिहीबार एक बिज्ञप्ती जारी गर्दै आयोजक मोडल सङ्ग्स नेपालले ‘द नेशनल डिजाईनर रनवे’ को आवेदन फारम खुल्ला भएको जनाएको हो । आफूले सिकेको सीपलाई कलाको माध्यमबाट प्रस्तुत गर्दै फेसन डिजाईनिङ क्षेत्रमा आफूलाई अब्बल सावित गर्न प्रतियोगितामा सहभागिताको लागि फेसन डिजाइनिङ सम्बन्धी प्रशिक्षण लिएका ÷ लिदै गरेका विद्यार्थीहरु तथा फेसन डिजाईनिङ÷बुटिक सम्बद्ध ईच्छुक प्रतिस्पर्धीले आफ्नो आवेदन फाराम भर्न सक्ने आयोजकले जनाएको छ । आयोजक संस्थाका सिईओ डेविल सिंह राजपुतले फेशन डिजाईन क्षेत्रको प्रवद्र्धन तथा पेशाकर्मीको व्यवसायिकता विकास गर्न प्रतियोगिता आयोजना गर्न लागिएको बताएका छन् । ...
डीआईजी बढुवा:एसएसपी भण्डारीमाथि अन्याय
राजनीति, समाचार

डीआईजी बढुवा:एसएसपी भण्डारीमाथि अन्याय

आफ्नो ब्याचकाे नम्बर एक प्रहरी अधिकारीको छवि बनाएका सन्दीप भण्डारी एसएसपीबाट डीआईजी बढुवामा पनि पहिलो नै बन्ने धेरैको सहज अनुमान थियो । नहोस् पनि कसरी, इन्सपेक्टरका रुपमा सेवा प्रवेशदेखि एसएसपीसम्म उनी पहिलो नम्बरमा नै बढुवा हुँदै आइरहेका थिए ।तर, असार ०८ गते गृहमन्त्रालेले १७ एसएसपीलाई डीआई रुपमा हेरिएका भण्डारी आश्चर्यजनक रुपमा पछि पर्दा प्रहरी संगठनभित्रकै वरिष्ठ अधिकारीहरु आश्चर्यमा परेका छन् । सरकारले अहिले गरेको डीआईजी बढुवामा इन्स्पेक्टरदेखि एसएसपीसम्म पहिलो नम्बजीमा बढ्वा गर्दा पहिलो नम्बरका एसएसपी भण्डारी साँतौँ नम्बरमा परे । भावी प्रहरी प्रमुख महानिरीक्षक (आईजीपी)कारमा रहेका भण्डारीलाई सातौँ नम्बरमा पार्नुले भण्डारीमाथि अन्याय भएको उनीहरुको दाबी छ । भण्डारीलाई बढुवामा पछाडि पारे पनि कुशलता, सक्षमता, इमान्दारिता र नेतृत्व क्षमताका कारण अझैँ पनि प्रहरी संगठन हाँक्ने बलियो प्र...
राजनीतिक दलहरु फुटेर होइन, जुटेर अघि बढ
राजनीति, समाचार

राजनीतिक दलहरु फुटेर होइन, जुटेर अघि बढ

-डा.डी.आर.उपाध्याय खनाल/ काठमाडौं । राजनीति बिषय बस्तुका बारेमा धेरै लेखियो । पढ्नेले पढ्छन् , सुन्नेले सुन्छन तर देशको भबिश्य उज्जवल बन्न सकेन । यो स्वर्ग जस्तो देशको बारेमा सोच्दा चिन्ता लागेर आउँछ । राजनीति जसले गरेको छ, उसैले देशको प्रगति उन्नति हुन दिएको छैन । राजनीतिको नाममा धेरै बदमासी भइरहेको छ । जनतालाई धोका भइरहेको छ । बर्षाका च्याउँ सरी पार्टीहरु खोलीएका छन । राजनीतिमा सबै आउन रहर गरिरहेका छन । तर परम्परागत रुपमा थुप्रिदै आएको राजनीति फोहोरलाई सफा गर्ने हिम्मत भने कसैले गरेको देखिदैन ।जनताको नाम भजाएर देश लुटनेहरुको कमी छैन । देश लुटनेहरुलाई चुनावी माध्यमबाट जनताले सजाँय दिनु पर्छ । जनताले खाइ नखाई राज्यलाई कर तिर्छन तर राज्यले करको सहि रुपमा सदुपयोग गर्न सकेको छैन । हाम्रो देशमा राजनीति दल र नेताहरु मात्र बढि भए । धेरै राजनीति दल र नेता मात्र भएर देशको बिकास हुन सक्दैन...
आयुष र प्राप्तिलाई ‘मिस्टर एण्ड मिस एसईई आईकन नवौं संस्करण’को उपाधी
मनोरन्जन, समाचार

आयुष र प्राप्तिलाई ‘मिस्टर एण्ड मिस एसईई आईकन नवौं संस्करण’को उपाधी

काठमाडौँ — नवौं संस्करणको ‘मिस्टर एण्ड मिस एसईई आईकन, २०२२’ को शीर्ष ताज आयुष थापा र प्राप्तिसिंह राठौरले पहिरिएका छन्। एएनपी मिडिया हाउसद्वारा राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न ‘मिस्टर एण्ड मिस एसईई आईकन’को अन्तिम स्पर्धामा अन्य प्रतिस्पर्धीहरुलाई पछि पार्दै थापा र राठौरले क्रमश: मिस्टर र मिस तर्फको शीर्ष ताज पहिरीएका हुन् । बिजेताले उपाधीसंगै एनपी मिडिया हाउसको ब्रान्ड एम्बासडर, सामसुङ्ग स्मार्ट मोवाएल, नेपाल एयरहोस्टेस एकेडेमीमा शैक्षिक छात्रवृत्ती, बिभिन्न म्युजिक भिडियो र विज्ञापनहरुमा मोडलिङको अवसरसहित अन्य बिभिन्न आकर्षक गिफ्ट ह्याम्पर प्राप्त गरेका छन्। त्यस्तै आदित्य बोहोरा र अंशिका  बस्नेतले फर्स्ट रनरअपको ताज हात पारे भने अमिश श्रेष्ठ र आश्मा  गुरुङले क्रमशः मिस्टर र मिस तर्फबाट सेकेन्ड रनरअपको ताज पहिरिन सफल भए। सजिल जंग बस्नेत र एल्जु  रिजाल...