डीआईजी बढुवा:एसएसपी भण्डारीमाथि अन्याय - राष्ट्रपत्र
आइतवार, मंसिर १७, २०८०

डीआईजी बढुवा:एसएसपी भण्डारीमाथि अन्याय


आफ्नो ब्याचकाे नम्बर एक प्रहरी अधिकारीको छवि बनाएका सन्दीप भण्डारी एसएसपीबाट डीआईजी बढुवामा पनि पहिलो नै बन्ने धेरैको सहज अनुमान थियो । नहोस् पनि कसरी, इन्सपेक्टरका रुपमा सेवा प्रवेशदेखि एसएसपीसम्म उनी पहिलो नम्बरमा नै बढुवा हुँदै आइरहेका थिए ।तर, असार ०८ गते गृहमन्त्रालेले १७ एसएसपीलाई डीआई रुपमा हेरिएका भण्डारी आश्चर्यजनक रुपमा पछि पर्दा प्रहरी संगठनभित्रकै वरिष्ठ अधिकारीहरु आश्चर्यमा परेका छन् ।

सरकारले अहिले गरेको डीआईजी बढुवामा इन्स्पेक्टरदेखि एसएसपीसम्म पहिलो नम्बजीमा बढ्वा गर्दा पहिलो नम्बरका एसएसपी भण्डारी साँतौँ नम्बरमा परे । भावी प्रहरी प्रमुख महानिरीक्षक (आईजीपी)कारमा रहेका भण्डारीलाई सातौँ नम्बरमा पार्नुले भण्डारीमाथि अन्याय भएको उनीहरुको दाबी छ ।

भण्डारीलाई बढुवामा पछाडि पारे पनि कुशलता, सक्षमता, इमान्दारिता र नेतृत्व क्षमताका कारण अझैँ पनि प्रहरी संगठन हाँक्ने बलियो प्रतिस्पर्धीका रुपमा हेरिने गरिएको छ । १२औँ नम्बरमा रहेकालाई १ नम्बरमा डीआईजी बनाउँदैमा भोलिको दिनमा ७ नम्बरबाट आईजीपी किन बन्न नसक्ने तर्क समेत हुने गरेको छ ।

 सन्दीप भण्डारीको विगत

सन्दीप भण्डारी आफ्नो ब्याचका नम्बर एक प्रहरी अधिकारी हुन् भन्ने कुरा उनको विगतले देखाउँछ । वि.सं. २०५१ चैत्र ५ गते इन्सपेक्टरका रुपमा प्रहरी सेवामा प्रवेश गर्दा उनको नाम एक नम्बरमा नै निस्किएको थियो । यस्तै २०६३ भदौ ८ गते डीएसपीमा बढुवा हुँदा पनि उनी नम्बर एकमै रहेका थिए ।

त्यसपछि २०७१ फागुन १० गते एसपी र २०७५ फागुन ६ गते एसएसपी हुँदा पनि सरकारले उनलाई नम्बर एक प्रहरी अधिकारीका रुपमा नै बढुवा गरेको थियो । नेपाल प्रहरीमा अब्बल, इमान्दार, क्षमतावान नेतृत्व क्षमतामा कुशलता बोकेका प्रहरी अधिकारीका रुपमा चिनिएका भण्डारी जहाँ जहाँ बसेर काम गरेका छन्, सबै क्षेत्रमा प्रशंसनीय रुपमा, सफलतापूर्वक आफ्नो जिम्मेवारी निभाउँदै आएका छन् ।

हरेक ठाउँमा नवीन कामको सुरुवात गरेर सबैको जित्दै आएका भण्डारीले एसपी हुँदा मोरङ जिल्ला प्रहरी प्रमुख हुँदा गरेको कामले निकै प्रशंसा पाए । जहाँ उनले नयाँ नयाँ काम उदाहरणीय रुपमा सम्पन्न गरे ।

एसएसपी हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा प्रमुखको रुपमा सफलतापूर्वक कमाण्डसमेत सम्हालेको भण्डारीले बाग्मती प्रदेश प्रहरी तालिम केन्द्र दुधौलीमा उल्लेख्य कामहरु गरे । जसको संगठन प्रमुख र उच्च प्रहरी अधिकारीहरुले निरीक्षण गरेर प्रशंसा समेत गरेका थिए ।

भण्डारी कार्यरत प्रहरी विद्यालयमा समेत प्रिन्सिपलका रुपमा गुणस्तरीय शिक्षा र रचनात्मक रुपमा खेलिरहेको भूमिका तारिफ योग्य रहेको प्रहरी अधिकारी बताउँछन् । आजसम्म कुनै विवादमा नआएका भण्डारी इमान्दारिताको प्रयायका रुपमा चिनिन्छन् ।

आफ्नो ब्याचका साथीहरुलाई समेत मिलाएर नेतृत्व दिन सक्ने खुबी भएका भण्डारी विभिन्न अन्तर्राष्ट्रिय तालिम तथा मिसनहरुमा समेत अब्बल प्रस्तुती दिएका छन् । उनले अन्तर्राष्ट्रिय कार्यक्रममा विश्वकै उत्कृष्ट प्रहरीको सम्मान पाउने प्रहरी अधिकारी हुन् ।

ट्रयाक रेकर्ड राम्रो भएका सक्षम भण्डारीको ओझलाई अहिले सरकारले अन्याय गरे पनि समय आएपछि आईजीपी बन्ने दौडमा उनको पनि बलियो दाबेदारी रहने समेत बताइएको छ । संगठन, देश, जनता र सेवाका लागि आफू लागिरहेको एसएसपी भण्डारी लामो दौडका घोडा हुन् भन्ने पुष्टि हुन अब ३०औँ आईजीपीको नयाँ अनुहारसम्म कुर्नुपर्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *