समाचार

अर्यानी रावललाई नामी कलेज एसइइ प्रिन्सेज २०२२ को ताज
मनोरन्जन, समाचार

अर्यानी रावललाई नामी कलेज एसइइ प्रिन्सेज २०२२ को ताज

काठमाडौं असार १३ । अर्यानी रावलले सिजन मिडियाद्धारा आयोजित ‘नामी कलेज एसइइ प्रिन्सेज २०२२’ को ताज जितेकी छिन् । उनले १७ प्रतिष्पर्धीलाई पछि पार्दै नामी कलेज एसइइ प्रिन्सेजको ताज पहिरिएकी हुन् । विजेता घोषित भएसँगै रावलले रु २० हजारसहित पूर्ण छात्रावृति प्राप्त गरेकी छिन् । रावलले वेष्ट पर्सनालीटी अवार्ड समेत जित्न सफल भइन । फाइनल प्रतिष्पर्धामा अभिलासा खत्री फष्ट रनरअप भइन । उनले पपुलर अवार्ड र मष्ट ट्यालेन्ट अवार्ड पनि हात पारिन् । त्यस्तै जेनीरुशा श्रेष्ठ सेकेण्ड रनरअप, सुदिक्षा थापा मगर थर्ड रनरअप र विजेशा हेजु फोर्थ रनरअप जित्न सफल भइन् । उत्कृष्ट ५ जना विजेताहरुले नगद रु २० हजारसहित नामी कलेज ह्वाइटहाउस कलेजमा पूर्ण छात्रावृति पाउन सफल भए । यस्तै भिर्योस च्वाइसमा सुवेच्क्षा श्रेष्ठ, इनोसेन्टमा स्वकृति लुङ्गेली मगर, इन्टेलिजेन्टमा अपेक्षा तामाङ, हार्डवर्किङमा न्यान्सी गुप्ता, प्रिट...
‘फेसियल हाउस’को रोपाई फोटो सुट
मनोरन्जन, समाचार

‘फेसियल हाउस’को रोपाई फोटो सुट

फेसियल हाउसले आफ्नो ब्यवसाय संगसंगै सामाजिक उत्तरदायित्व र सांस्कृतिक संरक्षणलाई विशेष प्राथमिकता राख्ने गरेको फेसियल हाउसका प्रबन्धक तथा बरिष्ठ सौंन्दर्यविद शुष्मा महराले बताएकी छन् । नेपाली पर्व अनुसारको मेकअप ड्रेसका साथ फोटो सुट गर्ने र त्यस पर्वको दिन त्यस भेषभुषालाई प्रवद्र्वन गर्ने उदेश्य रहेको उनले बताए । त्यसैअनुरुप असार १५ अर्थात रोपाई पर्वलाई लक्षित गरेर फसियल हाउसले रोपाई फोटो सुट गर्न समेत गरेको छ । त्यसो त फेसियल हाउस नेपालकै उत्कृष्ट सैलुन मध्य नंम्वर १ मा पर्ने सैलुन हो । सुन्धारा स्थित मुख्य साखाले एकैपटक ८० जना भन्दा बढि सेवागा्रहीलाई उत्कृष्ट सर्भिस दिन सक्ने महरा बताए् । यसले अर्थतन्त्र बिकासमा नयाँ आयाम पनि थपेको छ । महराले आफुमा भएको व्युटि सम्बन्धीको ज्ञान आफुमा मात्र सिमित नराखि फेसियल हाउसमार्फत थुप्रै इच्छुक मानिसमा तालिम पनि दिने गरेकी छन् । फेसियल हाउसले ह...
नर प्रधान ‘मित्र’को ‘दि हिमालयन’ लोकार्पण
मनोरन्जन, समाचार

नर प्रधान ‘मित्र’को ‘दि हिमालयन’ लोकार्पण

नर प्रधान ‘मित्र’द्वारा लिखित पुस्तक ‘दि हिमालयन’ लोकार्पण गरिएको छ । संघीय राजधानी काठमाडौंको नयाँ बानेश्वर स्थित दि एभरेष्ट होटलमा एक विशेष समारोहबीच आइतबार राष्ट्रिय गानका सर्जक व्याकुल माइलाको प्रमुख आतिथ्यतामा पुस्तक ‘दि हिमालयन’ लोकार्पण गरिएको हो । जंगवीर गुभाजु श्रेष्ठ प्रतिष्ठानको आयोजनामा भएको लोकार्पण समारोहमा कार्यक्रमका प्रमुख अतिथिसहित सभापति बाबुराम श्रेष्ठ ‘बर्षा’, लेखककी आमा पदममाया प्रधान, इन्ट्रा फाउण्डेशनका अध्यक्ष डिल्ली अधिकारी, बरिष्ठ साहित्यकार डा. दामोदर पुडासैनी, पद्मकन्या क्याम्पसकी उपप्राध्यापक अनुपमा रेग्मी लगायतले पुस्कको लोकार्पण गर्नुभएको थियो । यो पुस्तकको अंग्रेजी संस्करण अमेरिकामा यसअघि नै विमोचन भइसकेको छ भने नेपाली संस्करण आइतबार लोकार्पण गरिएको हो । पुस्तकको नेपाली अनुवाद जितेन्द्र श्रेष्ठले गर्नुभएको छ । पुस्तकका लखेक नर प्रधान भुटानी मूलका अमेर...
एभरेष्ट एक्सिलेन्स सम्मान— २०७९ बाट विभिन्न क्षेत्रका दश व्यक्तित्वहरु सम्मानित
मनोरन्जन, समाचार

एभरेष्ट एक्सिलेन्स सम्मान— २०७९ बाट विभिन्न क्षेत्रका दश व्यक्तित्वहरु सम्मानित

काठमाडौँ —  २०७९। शुक्रबार साँझ राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा एभरेष्ट एक्सिलेन्स सम्मान कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ। कार्यक्रम एभरेष्ट ईभेन्टसको आयोजनामा सम्पन्न भएको थियो । एभरेष्ट एक्सिलेन्स सम्मान— २०७९ बाट विभिन्न क्षेत्रका दश व्यक्तित्वहरुलाई सम्मानित गरिएको छ । उक्त सम्मान कार्यक्रममा एएनपी मिडिया हाउसका अध्यक्ष तथा ईभेन्ट मेनेजमेन्ट एसोसिएसन नेपालका अध्यक्ष लव बहादुर कार्कीलाई विगत दुईदशक भन्दा लामो समयदेखि शिक्षा तथा सौन्दर्य क्षेत्रमा सक्रिय रहँदै वार्षिक दर्जनौं उत्कृष्ट सौन्दर्य प्रतियोगीताहरुको आयोजना गरेर हजारौ प्रतिभावानहरुलाई आफ्नो पहिचान दिलाउन महत्वपूर्ण भूमिका निभाउदै नेपाली सौन्दर्य जगतमा कार्यक्रम व्यवस्थापकको रुपमा निरन्तर सक्रिय रहंदै नेपाली सौन्दर्य तथा कार्यक्रम व्यवस्थापन क्षेत्रको उन्नयनको लागि पुर्याएको योगदानको उच्च मूल्याङ्कन गर्दै एभरेष्...
अन्जली र सागरसँग श्रीदेबको अभिनय  सुगर फ्रीमा
मनोरन्जन, समाचार

अन्जली र सागरसँग श्रीदेबको अभिनय सुगर फ्रीमा

काठमाडौं– गायक राजेन्द्र बुढाथोकी र गायिका अस्मिता अधिकारीको स्वरमा रहेको गीत ‘सुगर फ्री’ को भिडियो सार्वजनिक भएको छ । गीतमा राजेन्द्र बजगाईंको संगी तथा संगीत संयोजन छ । गीतमा अम्बिका थापाको शब्द, मनोज परियारको मिक्सिङ र मास्टरिङ छ । भिडियोमा सागर लम्साल, अञ्जली अधिकारी र श्रीदेव भट्टराई फिचर्ड छन् । ‘अनुशासीत नायक’को रुपमा चर्चा कमाएका श्रीदेवले थुप्रै राष्ट्रिय अन्तराष्ट्रिय अवार्ड जित्न सफल भएका छन । पछिल्लो पटक म्यूजिक भिडियोमा व्यस्त श्रीदेवको चिठी लगायत केहि चलचित्र प्रदर्शनको तयारीमा रहेको छ । https://youtu.be/ClIMn97xcPU त्रिमूर्ति इन्टरटेन्मेन्टबाट सार्वजनिक भिडियोमा नवराज उप्रेतीको छायांकन, विमला तामाङको मेकअप, दीपक सिंहको कोरियोग्रफी, विकास ज्ञवालीको सम्पादन र राजेन्द्र बजगाईंको निर्देशन छ । शेयर गर्नुहोस...
जिनियस म्यूजिक अवार्डको मनोनयन प्रमाण पत्र वितरण,को को परे उत्कृष्ट ५ मा ?
मनोरन्जन, समाचार

जिनियस म्यूजिक अवार्डको मनोनयन प्रमाण पत्र वितरण,को को परे उत्कृष्ट ५ मा ?

काठमाडौं । दोश्रो जिनियस म्युजिक अवार्ड २०७६ र तेश्रो जिनियस म्युजिक अवार्ड २०७९ को उत्कृष्ट पाँच मनोनयनको प्रमाण पत्र बिहिवार आयोजक संस्था जिनियस म्यूजिकको आफ्नो अफिसियल वेबसासाइट मार्फत सार्वजनिक तथा बितरण गरिएको छ । मनोनयनमा परेका कलाकारहरुले संस्थाको वेबसाईट www.geniusmusic.com.np बाट डाउनलोड गरेर प्रमाणपत्र प्राप्त गर्न सकिनेछ भने सक्कल प्रिन्ट प्रमाणपत्र प्राप्त गर्न संस्थाको कार्यालय अनामनगरमा सम्पर्क गरि लिन सकिनेछ । ‘नेपाली कला संस्कृति हाम्रो पहिचान, संरक्षण प्रवद्र्धन गर्ने हाम्रो अभियान’ भन्ने मुल नाराको साथ हुन लागेको दोश्रो संस्करणमा १६ विधा र तेश्रो संस्करणको अवार्डमा ३७ विधामा उत्कृष्ट ५ को प्रमाण पत्र भोटिङ्ग कोड सहित सार्वजनिक भएको हो । जुरी र आयोजक समितिको निर्णयको आधारमा उत्कृष्ट पाँच छनोट गरिएको अवार्ड आयोजक संस्था जिनियस म्यूजिकका अध्यक्ष रमेश पाठकद्वारा जार...
सरकारमा बसेर अन्धो जस्तो हुनु भएन
राजनीति, समाचार

सरकारमा बसेर अन्धो जस्तो हुनु भएन

-डा.डिआर उपाध्याय खनाल, काठमाडौं । मन्त्रिमण्डल हेरफेर गर्ने हल्ला चलेको छ । यो बास्तबिकता हो की हल्ला मात्र हो । पटक पटक मन्त्रिमण्डल हेरफेर गर्ने हल्ला चल्छ अनि बिस्तारै सेलाउ छ । नेकपा एकिकृत समाजवादी पार्टी मन्त्रिमण्डल हेरफेर गर्ने कुरामा बढी जोड दिदै आएको छ । के मन्त्रिमण्डल हेरफेर गर्दैमा समस्या समाधान हुन्छ त ? आज देशमा थुप्रै समस्या तेर्सिएका छन । जनता समस्यामा पिल्सिरहेका छन । महंगीले सर्वसाधरण नागरिकको चुलो बोल्न छाडिसकेको छ । जनताका समस्यामा ध्यान दिन छोडेर मन्त्रिमण्डल हेरफेर गर्ने कुराले दुनिया हाँस्न थालेको छ । किसानले मल पाउँन सकिरहेका छैनन् । बिद्यार्थीले किताव पाउन सकिरहेका छैनन् । देशमा सरकार छ की छैन भन्ने कुरा जनताले अनुभूति गर्न समेत पाएका छैनन् । यस्तो बेलामा सरकार भएको अनुभूति जनतालाई दिलाउनु पर्छ । सरकार कहाँ छ ? मूल्य वृद्धिको बिरोधमा दिनौं सडकमा नारा जुल...
आफ्नै रेकर्ड अरुको नाममा पार्न आफै योजनाकार बनेका किर्तिमानी राई
अन्तरवार्ता, समाचार

आफ्नै रेकर्ड अरुको नाममा पार्न आफै योजनाकार बनेका किर्तिमानी राई

मैले जन्मे पछि पहिलो पटक प्राप्त गरेको नै  सन्च भन्ने नाम हो। मलाई सन्च भन्ने नाम मेरो जेठा बाबाले दिनु भएको रहेछ। म सनिवार जन्मेको हुनाले मेरो नाम सन्च राखी दिनु भएको रहेछ। उहाँ अहिले यस लोकमा हुनुहुन्न तर उहाले दिनु भएको मेरो नाम अहिले नि छ भोलि नि हुनेछ। यो नाम नै मेरो पहिलो प्राप्ति भएको हुदा मलाई मेरो नाम प्रिय लाग्छ। । म २०४८ सालमा सोलुखुम्बु जिल्लाको साबिक बासा गा वि स वडा न ९ हाल माप्य दुधकोशी गाउँ पालिका वडा न २ मा अत्ति बिपन्न परिवारमा जन्मिएको थिए। मैले जन्मे पछि पहिलो पटक महसुस गरेकै अभाव हो। यदि कर्म अनुसारको फल पाउने कुरा सत्य थियो भने मलाई अहिले पनि भगवानलाई सोध्न मन लाग्छ कि मैले नजन्मदै के अपराध गरेको थिए र जन्मदै अभाव झेल्दै जन्मिनु पर्‍यो? मैले अनि मेरो परिवारले दुई छाक भात खान अरुको दैलोमा पुग्नु पर्ने के थियो होला? आफ्नो आङ ढाक्न अरुको सरिरको कपडा फाट्नु पर्ने ...
‘सान एसईई फुट्सल प्रतियोगिता’ -२०७९ शुरु
शिक्षा, समाचार

‘सान एसईई फुट्सल प्रतियोगिता’ -२०७९ शुरु

काठमाडौं । विद्यार्थीमाझ लोकप्रिय रहेको सान ईन्टरनेशनल कलेजले यस वर्ष एसईई परिक्षा दिएर नतिजाको प्रतिक्षामा रहेका विद्यार्थीहरुलाई लक्षित गरी ‘सान एसईई फुट्सल प्रतियोगिता -२०७९’ को आयोजना गरेको छ । असार ८ गते कलेजका अध्यक्ष डा.सुवाष घिमिरेले उक्त कार्यक्रमको उद्घाटन गर्नु भएको थियो । करिब १५ दिन लगातार चल्ने प्रतियोगीताका विजेताहरुले आकर्षक पुरस्कार समेत प्राप्त गर्नेछन । ‘शिक्षासंगै खेलकुद’ भन्ने नाराका साथ आयोजना गरिएको उक्त कार्यक्रमको औपचारिक उद्घाटन कार्यक्रममा बोल्दै कलजेका कार्यकारी प्रमुख गोपाल भण्डारीले भन्नु भयो, ‘सान कलेजबाट थुप्रै राष्ट्रिय खेलाडीहरु उत्पादन भई राष्ट्रको गौरवको रुपमा योगदान दिदै समाज र राष्ट्रको गरिमा कायम राख्न सफल भएका छन । खेलको माध्यमबाट अन्तराष्ट्रिय स्तरमा समेत देश र यस कलेजको पहिचान बनाउदै आएका छन ।’ नेपाली राष्ट्रिय क्रिकेट टिमका भाईस ...
पुराना पार्टीवाट वाक्क दिक्क भएका जनता रबिको पछि
राजनीति, समाचार

पुराना पार्टीवाट वाक्क दिक्क भएका जनता रबिको पछि

-डा.डिआर उपाध्याय खनाल/ काठमाडौं । रवि लामिछानेले राष्ट्रिय सभा गृहमा मंगलबार दिउँसो नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टीको घोषणा गरेका छन । यो दलको घोषणा संगै राजनीतिमा तरंग पैदा भएको छ । पुराना पार्टीवाट वाक्क दिक्क भएका जनता रबिको पछि लाग्नु स्वभाविक कुरा हो । राजनीतिमा लामो समय देखि छलछाम मात्रै भयो । ब्यवस्था बदलियो तर जनताको अबस्था बदलिन सकेन । त्यसैले पनि रविले ब्यवस्था होइन, अबस्था बदल्न पार्टी निर्माण गरेको उदघोष गरे । सभामा सहभागी धेरै मान्छेहरु उत्साहित भएको पनि देखियो । पुराना राजनीति दलहरुले देश र जनताको पक्षमा राम्रो काम गरेर देखाउन सकेको भए रबिको पछि यति ठूलो भिड जम्मा नहुन सक्थ्यो । आज जनतामा यति धेरै निराशा छाएको छ की त्यो भनि साध्य छैन । जनतामा निराश र असन्तुष्टि भयो भने बिकल्प खोज्न बाध्य हुन्छन । यो जनताको अधिकारको कुरा हो । हिजोको सभामा रविको भाषण सुन्न जम्मा भएको ...