ऐतिहासिक नगरि पाल्पाको रानीमहलमा ‘माया लांउदै जाउ’को बोल रहेको गीतको भिडियोको छांयाकन सम्पन्न गरिएको छ । गीत सुमधुर स्वरका धनी वरिष्ठ गायक गायिका आनन्द कार्कि र साधना सरगमको स्वरले सजिएको छ ।
भिडियो नेपाली चलचित्र जगतमा ३ दशक भन्दा बढी न्रित्य विधामा संलग्न भई निरन्तर योगदान पुर्याईरहेका वरिष्ठ नृत्य निर्देशक कमल राईको परिकल्पना तथा निर्देशनमा तयार पारिएको हो । नेपालको बहुचर्चित ऐतिहासिक नगरि पाल्पाको बहुचर्चित रानी महल र बतासे डांडा लगायतका स्थलमा छांयाकन सम्पन्न गरिएको उकत भिडियोमा चर्चित लोकप्रिय सदाबहार एक्सन नायक धिरेन शाक्य र मोडेल मञ्जु थापाको अभिनय तथा भरपुर रोमान्स देख्न सकिनेछ ।
भिडियोमा उत्तम हुमागाईको सिनेम्याटोग्राफी, ड्रोन अपरेटिङ सौगात धिताल, ध्वनी संयोजन सुरज बास्तोला कोरियोग्राफी सुमित गुरुङ र मेकअप आर्या गुरुङको रहेको छ । राजेश महर्जनको प्रोडक्सन म्यानेजमेन्ट र अशोक महर्जन सागर महर्जनको स्थल व्यवस्थापन रहेको उक्त भिडियो दर्शकहरुले छिट्टै नै हेर्न पाउनु हुने र मनपराउनु हुने कुरामा वरिष्ठ नृत्य निर्देशक राई ढुक्क हुनुहुन्छ । अझै यसपालीको अरु समयभन्दा लोकेशनले गर्दा भिडियोमा अझै सुनमा सुगन्ध थपिएको र अनुभवी दिग्गज कलाकारहरुसंग काम गर्न पांउदा खुशी लागेको कुरा प्रोडक्सन म्यानेजमेन्ट हेर्नु भएका वरिष्ठ प्राविधिक राजेश महर्जनले बताउनुभयो ।धिरेन र मञ्जु अभिनित ‘माया लांउदै जाउ’को छांयाकन सम्पन्न