समाचार

बालुवाटारमा ओली पक्षीय सांसदहरू भेला शुरु
राजनीति, समाचार

बालुवाटारमा ओली पक्षीय सांसदहरू भेला शुरु

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एंव प्रधानमन्त्री केपी शर्मा ओलीले विघटित प्रतिनिधि सभामा रहेका आफू पक्षीय सांसदहरूसँग छलफल गरेका छन्। आइतबार संविधानमा हुँदै नभएको अधिकार प्रयोग गरेर प्रतिनिधि सभा विघटनको निर्णय गरेका प्रधानमन्त्री ओलीले राष्ट्रिय सभाका पनि आफू पक्षीय सांसदहरूलाई सोमबार बिहान बालुवाटारमा बोलाएका थिए। अहिले उनीनिकट सांसदहरू बालुवाटारमा पुगिसकेका छन्। पूर्वमाओवादीबाट सांसद भएकाहरूमध्ये अहिलेसम्म उद्योग मन्त्री लेखराज भट्टमात्रै बालुवाटार पुगेका छन्। यसअघि आइतबार प्रधानमन्त्री ओली र उनी पक्षीय सदस्यको अनुपस्थितिमा बसेको नेकपा स्थायी कमिटी बैठकले अध्यक्ष ओलीलाई अनुशासनको कारबाही गर्ने निर्णय गरेको थियो। ओलीइतर समूहका सांसदहरूले आइतबार नै उनीविरूद्ध अविश्वासको प्रस्ताव पनि दर्ता गरेका थिए। साढे २ वर्षअघि तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र मिलेर बनेको नेपाल ...
संसद विघटनको पुनरावृत्ति
राजनीति, समाचार

संसद विघटनको पुनरावृत्ति

डा.डिआर उपाध्याय नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदमा झन्डै दुईतिहाइ बहुमत प्राप्त दल हो । तर नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी ओलीले आज संसद विघटन गरे । यो कार्यले संविधानको धज्जी उडेको छ । यो उनको अहंकारी कदम हो । यो कदमले लामो समयदेखिको नेपाली जनताको त्याग, तपस्या र बलिदानमा कुठाराघात भएको छ । संघीय लोकतान्त्रिक गणतन्त्र घोषित मुलुक पुन ःएकपटक राजनीतिक अनिश्चय र अस्थिरता तर्फ धकेलिएको छ । २०५० सालमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले पनि दुइ तिहाइ बहुमतको सरकार रहेकै बखत उनले संसद बिघटन गरी मध्यावधि निर्वाचनको घोषणा गरेका थिए । अहिले त्यही पुनरावृति भएको छ । विगतमा पनि यही कारणले अस्थिर राजनीति बन्यो । सरकारमा जाने र गिराउने खेल धेरै भएका थिए । अब आउँदा दिनमा पनि त्यो अवस्था नआउला भन्न सकिन्न । पार्टी भित्रको आन्तरिक विवाद व्यवस्थापन...
बेलबारी जेसिज देशभर उत्कृष्ट शाखाको रुपमा सम्मानित
समाचार, समाज

बेलबारी जेसिज देशभर उत्कृष्ट शाखाको रुपमा सम्मानित

बेलबारी जेसिज देशभर उत्कृष्ट शाखाको रुपमा सम्मानित भएको छ । नेपाल जेसिजको भलबारी, बुटवलमा शनिबार सम्पन्न ४७ औँ राष्ट्रिय महाधिवेशन नेपाल जेसिजको बर्ष २०२० का शाखाहरु मध्ये सामुदायिक क्षेत्रमा उत्कृष्ट कार्य गरे वापत नेपाल भरी उत्कृष्ट शाखाको रुपमा सम्मानित भएको हो । बेलबारी शाखालाई सन् २०२० जनवरीमा समेत उत्कृट शाखाको रुपमा सम्मानित गरेको थियो । बर्ष भरिमा सर्वाधिक ४७ वटा कार्यक्रम सञ्चलन गरेको बेलबारी जेसिजलाई देशभरका शाखाहरुमध्येबाट उत्कृष्ट शाखाको रुपमा सम्मानित गर्दा समुदायमा थप काम गर्ने प्रेरणा पाप्त भएको जेसिज बर्ष २०२० का अध्यक्ष राजेश खत्रीले बताउनुभयो । ५ बर्ष अघि स्थापना भएको बेलबारी जेसिजले छोटो अवधिमा सर्वाधिक लोकप्रिय काम मार्फत यो उपलब्धि हासिल गरेको हो ...
पूर्व सभामुख महरालाई स्थायी कमिटी सदस्य बनाउने नेकपाको निर्णय
राजनीति, समाचार

पूर्व सभामुख महरालाई स्थायी कमिटी सदस्य बनाउने नेकपाको निर्णय

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले पूर्व सभामुख कृष्णबहादुर महरालाई स्थायी कमिटी सदस्य बनाउने निर्णय गरेको छ । आज बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले महरालाई स्थायी कमिटीको रिक्त स्थानमा लैजाने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। आजको बैठकमा प्रधानमन्त्री ओली र उनीनिकट स्थायी कमिटी सदस्य भने सहभागी थिएनन्। बैठकले केन्द्रीय कमिटीको बैठक पुस ७ गते बोलाउने निर्णय पनि गरेको छ। महरा नेकपाका पूर्व स्थायी समिति सदस्य हुन्। उनी सभामुखमा निर्वाचन भएपछि उनको स्थान रिक्त थियो महरा नेकपाका पूर्व स्थायी समिति सदस्य हुन्। उनी सभामुखमा निर्वाचन भएपछि उनको स्थान रिक्त थियो।...
प्रतिनिधि सभा विघटन, वैशाख १७ र २७ गते निर्वाचन
राजनीति, समाचार

प्रतिनिधि सभा विघटन, वैशाख १७ र २७ गते निर्वाचन

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेकी छन् । आइतबार अपरान्ह बसेको मन्त्रीपरिषदको आकस्मिक बैठकले प्रतिनिधिसभा विघटनको सिफारिस गर्ने निर्णय गरे लगत्तै राष्ट्रपति विद्यादेवी भण्डारीले अनुमोदन गरेकी छिन्।
तारकेश्वरमा आजदेखि विद्यालय सञ्चालन
शिक्षा, समाचार

तारकेश्वरमा आजदेखि विद्यालय सञ्चालन

तारकेश्वर नगरपालिकाले आजदेखि नगरभित्रका विद्यालय खोल्ने भएको छ । स्वास्थ्यका सबै मापदण्ड पूरा गरी अभिभावकको सुझावमा आजदेखि नगरपािलकाले विद्यालय खोल्न अनुमति दिएको नगर शिक्षा शाखा प्रमुख होमनाथ न्यौपानेले बताए । कोभिड–१९ को सङ्क्रमणको अवस्थालाई समीक्षा गरी विद्यालयलाई भयरहित एवं सुरक्षित तवरमा विद्यालय सञ्चालनको व्यवस्था मिलाउन हरेक विद्यालयलाई निर्देशन दिएको बताइएको छ । विद्यालयको पठनपाठनलाई नियमित गराउन स्वास्थ्य सुरक्षामा मापदण्ड पालन गर्ने विधि, प्रत्येक विद्यालयमा हेल्प डेस्क निर्माण गर्ने र नजिकको स्वास्थ्य संस्थासँग समन्वय गरी आवश्यकतानुसार स्वास्थ्य परीक्षण र परामर्श दिने, विद्यालयको सरसफाइ, हात धुने व्यवस्था, विद्यालयलाई दैनिक निर्मलीकरण गर्ने, प्रत्येक दिन कक्षा शुरु हुनुअगावै कम्तीमा पाँच मिनेट कोभिड–१९ को सङ्क्रमणका बारेमा विद्यार्थीलाई जानकारी गराउनेजस्ता कामको पालना ग...
महेन्द्रनगरमा कोरोना कहर : पुन: निषेधाज्ञा र शैक्षिक संस्था बन्द
राजनीति, समाचार

महेन्द्रनगरमा कोरोना कहर : पुन: निषेधाज्ञा र शैक्षिक संस्था बन्द

सञ्चालनमा आएका केही विद्यालयमा शिक्षक तथा विद्यार्थीहरुलाई एकसाथ कोरोना देखिएपछि पुनः विद्यालयहरु बन्द भएका छन् । त्यसैगरी दुई दिनअघि भीमदत्तनगरपालिकाले विज्ञप्ति जारी गर्दै विद्यालय बन्द गरिएको जनाएको छ । शनिबार यहाँको दक्षिण क्षेत्रमा रहेको बेलौरी नगरपालिकाले एक हप्तासम्मका लागि नगर क्षेत्रभित्र निषेधाज्ञा जारी गरेको छ । शिक्षा विकास तथा समन्वय एकाइ कञ्चनपुरका प्रमुख भरतबाबु सुवेदीले विद्यालय सञ्चालन कार्य ढाँचा, २०७७ अनुसार पालिकाबाट स्वीकृति लिएर विद्यालय सञ्चालन गर्न सकिने शिक्षा मन्त्रालयबाट निर्देशिका जारी भएको बताउनुभयो । महामारीको स्थितिलाई मध्यनजर गर्दै बेलौरीमा सङ्क्रमण थप फैलिन नदिन र भिडभाड न्यूनीकरण गर्न आजदेखि पुस ११ गतेसम्मका लागि निषेधाज्ञा जारी गरिएको बेलौरी नगरपालिकाले जनाएको छ । नगर क्षेत्रभित्रका सम्पूर्ण सरकारी तथा गैरसरकारी सङ्घसंस्था, वित्तीय संस्था, ...
कोरोना भाइरस तिब्ररुपमा फैलिने संकेत देखिएपछि लण्डनमा फेरि लकडाउन
अन्तर्राष्ट्रिय, समाचार

कोरोना भाइरस तिब्ररुपमा फैलिने संकेत देखिएपछि लण्डनमा फेरि लकडाउन

बेलायतको राजधानी लण्डनमा फेरि लकडाउन गरिएको छ। यो लकडाउन इंग्ल्याण्डका अधिकांश भागमा लागु हुने बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले बताएका छन्। शनिबार कोरोना भाइरस नयाँ तरिकाले फैलिएको पुष्टि भएपछि प्रधानमन्त्रीले क्याविनेटको आपतकालिन बैठक बोलाएका थिए। सो बैठकपछि लकडाउन घोषणा गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्। पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्री जोन्सनले भाइरस नयाँ तरिकाबाट फैलिएको भन्दै त्यसको प्रकोप रोक्न नयाँ तरिका अपनाउनु परेको बताएका छन्। इंग्ल्याण्डमा अत्यधिक चिसो बढेका बेला कोरोना भाइरस तिब्र गतिमा फैलिने संकेतहरु देखिएको जनाइएको छ। स्मरण रहोस बेलायत कोरोना भाइरसविरुद्धको खोप अभियान चलाउने पहिलो मुलुक हो। अमेरिकी कम्पनी फाइजरले विकसित गरेको खोप बेलायतमा लगाउन शुरु गरिएको छ।...
राष्ट्रपतिसँग प्रधानमन्त्री ओलीकाे एक घण्टा छलफल
राजनीति, समाचार

राष्ट्रपतिसँग प्रधानमन्त्री ओलीकाे एक घण्टा छलफल

मास्क नलगाई समुन्द्री किनारमा एक व्यक्तिसँग सेल्फी खिचेका कारण चिलीका राष्ट्रपति सेबास्टियन पिनेरालाई ३ हजार ५ सय अमेरिकी डलर जरिवाना गरिएको छ। डिसेम्बरको सुरुमा समुद्री तटमा भेट भएका एक महिलासँग मास्क नलगाई खिचेको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको थियो। स्वास्थ्य अधिकारीहरुले कोरोना महामारी रोक्नका लागि सार्वजनिक स्थलहरुमा मास्क लगाउनै पर्ने कडा नियमको राष्ट्रपति पिनेराले उल्लंघन गरेका कारण उनलाई जरिवाना गरिएको बताएका छन्। चिलीमा सार्वजनिक स्थलमा मास्क नलाउने व्यक्तिलाई आर्थिक जरिवानादेखि जेल सजायसम्म हुने व्यवस्था गरिएको छ। डिसेम्बरको सुरुमा सामाजिक सञ्जालमा फोटो आएपछि पिनेराले माफी मागेका थिए। राष्ट्रपति आफ्नो घर नजिकैको समुद्री तटमा एक्लै टहलिरहेका बेला एक महिलाले उनलाई चिनेर फोटो खिच्न आग्रह गरेपछि उनी त्यसका लागि तयार भएका थिए। फोटोमा दुवैले मास्क लगाएका थिएनन् भने उन...
अन्नपूर्ण चिनी मिलका मालिक राकेश अग्रवाल नभेटिएपछि श्रीमती प्रभा पक्राउ
अपराध, समाचार

अन्नपूर्ण चिनी मिलका मालिक राकेश अग्रवाल नभेटिएपछि श्रीमती प्रभा पक्राउ

अन्नपूर्ण चिनी मिलका मालिक राकेश कुमार अग्रवाल नभेटिएपछि प्रशासनले उनकी श्रीमती प्रभाव अग्रवाललाई पक्राउ गरेको छ । सर्लाहीको धनकौलमा रहेको अन्नपूर्ण चिनी मिलका मालिक अग्रवालमाथि जिल्ला प्रशासन कार्यालय, सर्लाहीले पक्राउ पुर्जी जारी गरेको थियो । उखु किसानको वर्षौदेखिको करोडौं रकम भुक्तानी नदिएका कारण प्रशासनले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । तर, अग्रवाल फरार रहेकाले प्रशासनले उनकी श्रीमतीलाई आज पक्राउ गरेको हो ।...