समाचार

मास्क नलगाएका कारण चिलीका राष्ट्रपतिलाई ३५ सय डलर जरिवाना
अन्तर्राष्ट्रिय, समाचार

मास्क नलगाएका कारण चिलीका राष्ट्रपतिलाई ३५ सय डलर जरिवाना

मास्क नलगाई समुन्द्री किनारमा एक व्यक्तिसँग सेल्फी खिचेका कारण चिलीका राष्ट्रपति सेबास्टियन पिनेरालाई ३ हजार ५ सय अमेरिकी डलर जरिवाना गरिएको छ। डिसेम्बरको सुरुमा समुद्री तटमा भेट भएका एक महिलासँग मास्क नलगाई खिचेको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको थियो। स्वास्थ्य अधिकारीहरुले कोरोना महामारी रोक्नका लागि सार्वजनिक स्थलहरुमा मास्क लगाउनै पर्ने कडा नियमको राष्ट्रपति पिनेराले उल्लंघन गरेका कारण उनलाई जरिवाना गरिएको बताएका छन्। चिलीमा सार्वजनिक स्थलमा मास्क नलाउने व्यक्तिलाई आर्थिक जरिवानादेखि जेल सजायसम्म हुने व्यवस्था गरिएको छ। डिसेम्बरको सुरुमा सामाजिक सञ्जालमा फोटो आएपछि पिनेराले माफी मागेका थिए। राष्ट्रपति आफ्नो घर नजिकैको समुद्री तटमा एक्लै टहलिरहेका बेला एक महिलाले उनलाई चिनेर फोटो खिच्न आग्रह गरेपछि उनी त्यसका लागि तयार भएका थिए। फोटोमा दुवैले मास्क लगाएका थिएनन् भने उन...
‘डान्सिङ वीथ द स्टार्स’को उपाधि सुमी मोक्तानलाई
मनोरन्जन, समाचार

‘डान्सिङ वीथ द स्टार्स’को उपाधि सुमी मोक्तानलाई

बीबीसी स्टुडियोको फर्म्याटमा आधारित बिश्व चर्चित डान्सिङ रियालिटी सो ‘डान्सिङ वीथ द स्टार्स’ को नेपाली संस्करणका रुपमा ‘डान्सिङ वीथ द स्टार्स नेपाल’ को उपाधि सुमी माेक्तानले जितेकी छन् । यस्तै फस्र्ट रनरअप बुद्ध लामा र केविका खत्रीको जोडी भएको छ भने प्रियना आचार्य (मुन्नी)को जोडी सेकेण्ड रनरअप भएका छन् । शनिबार भएको ग्राण्ड फिनालेमा सुमी मोक्तान र बिजु पार्कीको जोडीले उपाधि हात पारेका हुन् । हिमालय टेलिभिजन एचडीबाट प्रशारण भएको उक्त ‘शो’को फाइनलमा ३ जोडी प्रवेश गरेका थिए । फाइनलमा बुद्ध लामा र केविका, प्रियना आचार्य र सुभम भुजेल, सुमी मोक्तान र विजु पार्कीले प्रतिस्पर्धा गरेका थिए । दर्शकको भोटको आधारमा विजेता घोषित गरिएको हो । विजेताले २० लाख नगद र ट्रफि जितेका छन् ।...
सर्वोच्च बार अध्यक्षमा पूर्णमान शाक्य, उपाध्यक्षमा पौडेल
राजनीति, समाचार

सर्वोच्च बार अध्यक्षमा पूर्णमान शाक्य, उपाध्यक्षमा पौडेल

सर्वोच्च अदालत बार एसोसिएसनको निर्वाचनमा अध्यक्षसहित बहुमत पदमा डेमोक्र्याटिक लयर्स एसोसिएसनको प्यानलले जित हात पारेकाे छ। नेपाली कांग्रेस निकट एसोसिएसनका तर्फबाट अध्यक्षका उमेदवार वरिष्ठ अधिवक्ता पूर्णमान शाक्यले जित हासिल गरेका छन्। लोकतान्त्रिकका तर्फबाट अध्यक्ष, सचिव, सहसचिव, कोषाध्यक्ष, महिला सदस्य सहित १० जना उमेदवार विजयी भएका हुन्। प्रगतिशील समूहका तर्फबाट उपाध्यक्ष र ४ जना सदस्य विजयी भएका छन्। उपाध्यक्ष पदमा नेपाल लयर्स एसोसिएसनका मुकुन्दप्रसाद पौडेल विजयी भएका छन्।...
युवा समाजसेवी सुवास न्यौपाने तथा व्यबसायी राजेन्द्र लामाबाट ७५ जना बिद्यार्थीहरुलाई शैक्षीक सामाग्री सहयोग
शिक्षा, समाचार

युवा समाजसेवी सुवास न्यौपाने तथा व्यबसायी राजेन्द्र लामाबाट ७५ जना बिद्यार्थीहरुलाई शैक्षीक सामाग्री सहयोग

पुस माघको कठ्याङ्ग्रीदो जाडोमा एक सरो कपडा लगाएर बिद्यालयको चिसो कक्षा कोठमा बस्नु कति कठिन होला ? हामी सोच्दा पनि मुटु काप्छ । तर सरकारी बिद्यालयमा अध्ययनरत बिद्यार्थीहरू यसरी नै पढ्न बाध्य हुन्छन् । ग्रामिण भेगका विद्यार्थीहरू यसरी नै एक सरो विद्यालय पोषाक लगाएर पढ्न जानु पर्छ । तर काभ्रे जिल्लाको रोशी गाउँपालिका वडा नं. ७ रघुचौरमा अवस्थित गौतम आधारभूत विद्यालयका विद्यार्थीहरूलाई भने यसपालि सहज हुने भएका छ । उक्त विद्यालयमा अध्ययनरत विद्यार्थीहरूका लागि जाडोमा लायन्स क्लव अफ काठमाडौ सिन्चित ३२५ एटु नेपालले न्यानो साथ दिएको छ । उक्त विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई नमोबुद्ध नगरपालिका–६ का युवा समाजसेवी सुवास न्यौपानेको पहलमा क्लवले न्यानो कपडाको साथमा शैक्षिक सामाग्री हस्तान्तरण गरेको छ । क्लवले उक्त विद्यालयमा अध्ययनरत ७५ जना विद्यार्थीहरूका लागि न्यानो कपडाको साथमा पेन्सिल, कापी लगा...
उखु किसानहरु हलो, जुवा सहित आन्दोलित
अर्थ/व्यापार, समाचार

उखु किसानहरु हलो, जुवा सहित आन्दोलित

डा.डिआर उपाध्याय उखु किसानहरु हलो र जुवा सहित काठमान्डौको माइतिघरमा आन्दोलित छन् । उनीहरुले आफ्नो बक्यौता रकम पाउनु पर्ने माग सहित आन्दोलनमा उत्रिएका हुन्। उनिहरुले उठाएका माग प्रति विभिन्न संघ सस्था र केही समुह हरुले समर्थन जनाएका छन् । सरकारले पनि उनीहरुका मागप्रति सकारात्मक भइ रकम बुझाउन बाँकी चिनी उद्योगीहरुलाई तुरुन्तै किसानको खातामा जम्मा गरिदिन दबाब दिएको छ । यदि किसानको मागलाई बेवास्ता गरेको अवस्थामा राज्यले उनीहरुलाई पक्राउ गर्ने बताइसकेको छ । उखु किसानले हरेक वर्ष झमेला । खेपिरहन बाध्य छन् उनीहरूले आफ्नो उत्पादन चिनीउद्योगलाई उपलब्ध गराउँदै आएका छन् तर उनीहरुले तत्कालै मूल्य पाउँदैनन्। किसानहरु मर्कामा छन् उनीहरू उधारोमा कारोबार गर्न बाध्य छन् । उनीहरुले उधारो दिएको उखुको मुल्य वर्षौंसम्म उठाउन सक्दैनन्। समयम आफ्नो भुक्तानी नपाएपछि उनीहरू आर्थिक रूपले संकटमा पर्छन्।यी समस्य...
राष्ट्रिय टोलीका मूख्य प्रशिक्षकमा वाटमोर
खेलकुद, समाचार

राष्ट्रिय टोलीका मूख्य प्रशिक्षकमा वाटमोर

अष्ट्रेलियाका डेभ वाटमोर नेपाली राष्ट्रिय क्रिकेट टोलीको मूख्य प्रशिक्षक चयन भएका छन् । नेपाल क्रिकेट संघ क्यानले बिहिबार उनलाई मूख्य प्रशिक्षकमा छनोट गरेको हो । यस्तै क्यानको जनरल म्यानेजरमा रौनक बहादुर मल्ल चयन भएका छन् । यसैगरी क्रिकेट म्यानेजरमा बिनोद दास तथा मूख्य फाइनान्स अफिसरमा रमेश कुमार न्यौपाने छनोट भएको क्यानले जानकारी दिएको छ ।  उनीहरुको नियुक्ति सन् २०२१ को जनवरी १ बाट लागू हुनेछ ।...
समाजसेवी तथा गीतकार यमु शर्माले गरिन आफ्नो बैवाहिक वर्षगांठमा राहत बितरण
समाचार, समाज

समाजसेवी तथा गीतकार यमु शर्माले गरिन आफ्नो बैवाहिक वर्षगांठमा राहत बितरण

बिवाहित महिलाहरुको हितमा ऐक्यवद्धता जनाउदै पिडित महिलाहरुको सहयोगार्थ उनीहरुको हित तथा संरक्षण हेतु क्रियाशिल संस्था मेची महाकाली बुहारी संयुक्त आवाजले कमैयामुक्त बस्तीका ३२ विपन्न परिवारलाई खाद्यान्न तथा लत्ता कपडा सहयोग प्रदान गरेको छ । उक्त संस्थाकी केन्द्रिय अध्यक्ष तथा गीतकार यमु शर्मा सुब्बाले आफ्नो बैवाहिक बर्षगॅाठको अवसर पारेर कंचनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्बर १० को कमैयामुक्त बस्ती झलारीमा आर्थिक अवस्था कमजोर अति विपन्न,गर्भवती तथा सुत्केरी एवं जेष्ठ नागरिकलाई लक्षित गरि करिव ३२ जनालाई प्रती व्यक्ति एक थान न्यानो कम्वल,१ क्रेट अण्डा,२ किलो पोषण लिटो,विस्कुट,२वटा सावुन लगायतको सामाग्री वितरण गरिएको थियो । ‘मानव सेवा नै माधव सेवा’ हो भन्दै कोरोना महामारीका बेला सानो सहयोग भए पनि समस्यामा परेकाहरुलाई मलहम होस भनेर जाडोयाम सुरु भएसँगै कमजोर आर्थिक अवस्था भएका सुत्केरी त...
शुक्रबारदेखि काठमाडौं उपत्यकामा जोर-बिजोर प्रणाली हट्ने
अर्थ/व्यापार, समाचार

शुक्रबारदेखि काठमाडौं उपत्यकामा जोर-बिजोर प्रणाली हट्ने

शुक्रबारदेखि काठमाडौं उपत्यकामा जोर-बिजोर प्रणाली हट्ने भएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीका अनुसार शुक्रबारदेखि लागू हुने गरी उपत्यकामा जोरबिजोर प्रणाली हटाउने निर्णय गरेको हो। बिहीबार बसेको सुरक्षा निकाय, ट्राफिक प्रहरी, प्रशासन, यातायात व्यवसायी तथा मजदुरसहित बसेको बैठकले निर्णय गरेको हो। अन्य सबै सेवाहरू खुलेपनि सवारीसाधनको जोर-बिजोर प्रणालि नहटाएको भन्दै व्यवसायी तथा सर्वसाधरणले गुनासो गरेका थिए। जोरबिजोर हटाउने सहमतिसँगै भोलिबाट सबै सार्वजनिक तथा निजी सवारी सडकमा गुड्न पाउनेछन्। काठमाडौंका प्रमुख जिल्ला अधिकारी पराजुलीका अनुसार तोकिएको स्वास्थ्य मापदण्ड पालना गरेर सबै सार्वजनिक र निजी सवारी चल्न दिने निर्णय भएको छ। कोरोना महामारीपछि काठमाडौंका सडकमा घटेको सवारी चाप दिनदिनै बढ्दो दरमा छ। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघसहित विभिन्न यातायात मजद...
किसानको भुक्तानी नदिने श्रीराम सुगर मिल्सका सञ्चालकसहित ३ जनाविरुद्ध पक्राउ पूर्जी जारी
अपराध, समाचार

किसानको भुक्तानी नदिने श्रीराम सुगर मिल्सका सञ्चालकसहित ३ जनाविरुद्ध पक्राउ पूर्जी जारी

उखु किसानको भुक्तानी नदिएर ठगी गरेको आरोपमा रौतहटको मह्मदपुर गुरुडामा रहेको श्रीराम सुगर मिल्सका सञ्चालकसहित ३ जनाविरुद्ध पक्राउ पूर्जी जारी भएको छ । उखु किसानको भुक्तानी नदिएर ठगी गरेको आरोपमा रौतहटको मह्मदपुर गुरुडामा रहेको श्रीराम सुगर मिल्सका सञ्चालकसहित ३ जनाविरुद्ध पक्राउ पूर्जी जारी भएको छ । उखु उत्पादक संघसहित किसानहरुले बुधबार जिल्ला प्रहरी कार्यालय रौतहटमा ठगी मुद्दा दायर गरेपछि मिल्सका सञ्चालकसहितविरुद्ध पक्राउ पूर्जी जारी भएको हो । ४६ जना किसानले संयुक्त रुपमा जिल्ला प्रहरी कार्यालय रौतहटमा ठगी मुद्दा दर्ता गराएपछि जिल्ला अदालत रौतहटले श्रीराम सुगर मिल्सका सञ्चालकसहित ३ जनाविरुद्ध पक्राउ पूर्जी जारी गरेको हो । जिल्ला प्रहरी कार्यालय रौतहट स्रोतका अनुसार श्रीराम सुगर मिल्सका सञ्चालक हितेश गोल्छा, सञ्चालक विशाल अग्रवाल र कार्यकारी उपाध्यक्ष पद्मकान्त झाविरुद्ध पक्राउ ...
सरकारले जनअपेक्षा बमोजिम काम गर्न सकेन
राजनीति, समाचार

सरकारले जनअपेक्षा बमोजिम काम गर्न सकेन

डा.डिआर उपाध्याय संसदीय पद्धति खलबल्याउने खेल कसैले नगरोस् देशका दुई ठूला कम्युनिस्ट पार्टीलाई चुनावमा जनताले स्पष्ट बहुमत दिए । अहिले झण्डै दुई तिहाई नजिकको बहुमतको सरकार छ । तर सरकारले जनअपेक्षा बमोजिम काम गर्न सकेन । चारै तिर सरकारको आलोचना छ । सुरुवाती दिनमा देशले आर्थिक, राजनीतिक छलाङ मार्ने अपेक्षा सबैले गरेका थिए । तर त्यसो हुन सकेन । यति बेला जनता निराश छन । अहिले नेताहरु सत्ताको भागबन्डामा रुमिल्लएका छन । यो नै समस्याको बिषय बनेको छ । सत्तारुढ नेकपाका नेताहरूले जनविश्वास कायम गर्न सकेनन् । नेताहरु राज्यको ढुकुटी दोहन गर्ने प्रतिस्पर्धामा छन । नेकपाभित्रको किचलो कहिले टुंगो लाग्ने हो यसै भन्न सकिने अवस्था छैन । महामारीका बेलामा आपूर्ति गरिएको स्वास्थ्य सामग्रीमा समेत अनियमितता र बेथिति देखियो । नेकपाका नेताहरू जनताप्रति उत्तरदायी बन्नु पर्ने आबश्यकता देखिएको छ । राजनीतिक नेतृत्व...