अहिले सम्म सरकार निर्माण र विस्तार गर्न केले छेकेको छ
-डा.डिआर उपाध्याय,
मन्त्रिमण्डल अझै पनि विस्तार हुन सकेको छैन । भदौ २९ गतेबाट पूर्णरूपमा मन्त्रिमण्डल विस्तार हुने भनिएको थियो । तर अहिले सम्म मन्त्रिमण्डल बिस्तार हुन नसक्दा प्रधानमन्त्री शेर बहादुर देउवाले ठूलो आलोचना खेप्नु परिरहेको छ । यो अवधिसम्म अपूर्ण सरकारले झण्डै दुइ महिना पार गरिसकेको छ । मन्त्रिमण्डल बिस्तार हुन नसक्दा सरकारी काम कारवाही ठप्प छन । सरकार सुस्त गतिले हिडिरहेको छ । मन्त्रिपरिषद् विस्तार कहिले हुन्छ प्रधानमन्त्री ज्यू ? यसरी मुलुक बनाउन सकिदैन । देश प्रति नेताहरु गैरजिम्मेवार हुनु दुखद पक्ष हो ।काम नै गर्न सकिदैन भने तत्कालीन ओली सरकारविरुद्ध किन पाँच दलीय गठबन्धन बनाएको ? सरकारलगायतका सबै कुराहरूमा प्याकेजमा सहमति गर्ने भनेको खै ? के जनताको आखाँमा छारो हाल्नलाई हो यो सव भएका्े ? होइन भने फटाफट काम गरेर देखाउनु पर्छ देउवा सरकारले सबै समस्याको समाधान दिने र सरकार ...










