समाचार

नेशनल बक्स अफिस तिज अवार्ड २०७८ भब्यताका साथ सम्पन्न
मनोरन्जन, समाचार

नेशनल बक्स अफिस तिज अवार्ड २०७८ भब्यताका साथ सम्पन्न

काठमाडौ । नेशनल बक्स अफिस तिज अवार्ड २०७८ भब्य सम्पन्न भएको छ। बक्स अफिस इन्टरनेसनल ग्रुपको आयोजनामा आर्थिक बर्ष २७७र७८ मा रेकर्डिङ भई भिडियो निर्माण गरी सार्बजनिक भएका तिज गीत संगीतलाई समेट्दै कुल ४१ बिधामा अवार्ड वितरण गरेको छ। चलचित्र बिकास बोर्ड चाबहिल काठमाडौमा हरितालिका तिजको दर खाने दिनको अवसर पारेर भबव्यरूपमा सम्पन्न भएको नेशनल बक्स अफिस तिज म्युजिक अवार्ड २०७८ मा बर्षको तिज नारी सम्मानमा बरिष्ट नायिका करिष्मा मानन्धर , दिपाश्री निरौला, पुरुष कलाकार तर्फ तिज म्युजिक भिडियो सम्झिने पानी छम्किनेबाट विशिष्ट अभिनेता भुवन केसीलाई सम्मानित गरिएको थियो । त्यसैगरी बर्षको उत्कृष्ट तिज भिडियोको चरित्र अभिनेतामा बरिष्ट कलाकार रामचन्द्र अधिकारी र वरिष्ट अभिनेत्री लक्ष्मी गिरीलाई प्रदान गरिएको थियो। ख्यातिप्राप्त कलाकारहरुको गरिमामय उपस्थितिको साथमा सम्पन्न भएको अवार्डमा बर्षको सर्वउत्कृष्ट मोड...
मञ्जु थापाको ‘माया मुरी मुरी’ सार्वजनिक (भिडियो)
मनोरन्जन, समाचार

मञ्जु थापाको ‘माया मुरी मुरी’ सार्वजनिक (भिडियो)

मञ्जु थापाको स्वरमा रहेको गीत ‘माया मुरी मुरी…’ सार्वजनिक भएको छ । उद्धव प्याकुरेलको शब्द, विक्रम थापाको सङ्गीत र सन्दिप कार्कीको सङ्गीत संयोजन रहेको गीतको भिडियो सार्वजनिक भएको हो । https://youtu.be/75ZNVTuB6Ps जीवन शाहीको निर्देशन रहेको गीतको भिडियोमा समृद्धि पौडल र सञ्जय विकलाई फिचरिङ गरिएको छ । भिडियोमा दीपेन बस्नेतको छायाँकन र सम्पादन छ । गीतमा मुरीका मुरी माया गर्ने मान्छेले कतै धुरी चढाएर खसाल्ने पो हो कि भन्ने शंका व्यक्त गरिएको छ । गीत जति राम्रो छ गीतको भिडियो पनि उत्कृष्ट बनेको छ ।...
नील पुन तथा एलिनाको ‘निर्मोही मायालु’को भिडियो सार्वजनिक (भिडियो)
मनोरन्जन, समाचार

नील पुन तथा एलिनाको ‘निर्मोही मायालु’को भिडियो सार्वजनिक (भिडियो)

एलिना चौहान र नील पुनः को स्वर समावेश म्युजिक भिडियो ‘निर्मोही मायालु’ सार्वजनिक भएको छ । शुक्रबार दिउँसो युट्युव रिलिज गरिएको उक्त गीतमा शब्द र संगीत पनि पुनः को नै छ । संगीत निर्माणको काम किरण माइकल घिमिरेले गरेका छन् । https://youtu.be/VMcRqiJm80U गीतको भिडियोमा मोडल द्वय सुधिर श्रेष्ठ र उषा उप्रेती फिचर्ड छन् भने मानवी श्रेष्ठ, सोनी पुनः र रीमा पाइजालाई सहायक भुमिकामा प्रस्तुत गरिएको छ । सार्वजनिक गीतको भिडियोलाई सुब्रत आचार्यले निर्देशन गरेका हुन् । भिडियोमा कोरियोग्राफी प्रमोद भण्डारीको छ भने सम्पादन विकास दाहालले गरेका छन् । उत्सव दाहालले छायांकन गरेको भिडियोलाई सुरेन्द्र थापाले निर्माण गरेका हुन् ।...
‘ब्राइट इभेन्ट फेसन शो’ भव्य रुपमा सम्पन्न
मनोरन्जन, समाचार

‘ब्राइट इभेन्ट फेसन शो’ भव्य रुपमा सम्पन्न

काठमाडौं-  भदौ । ब्राइट इभेन्ट म्यानेजमेन्टले शनिवार राजधानीको पेप्सीकोलस्थित इन्टरनेसनल डान्स एकेडेमी एण्ड फिल्मक परिसरमा ‘ब्राइट इभेन्ट फेसन शो’ सम्पन्न गरेको छ । चर्चित फेशन कोरियोग्राफर रोजिन शाक्यले संचालन गरेको उक्त फेशन शोमा नेपाल अधिराज्यभरबाट छानिएका चर्चित महिला तथा पुरुष मोडलहरु आकर्षक पहिरनमा स्टेजमा उत्रिएका थिए । अभिनेता, मोडल तथा कोरियोग्राफर एसराज गराचको कोरियोग्राफी रहेको उक्त फेसन शो मा जनकपुर, सिराह, रौतहट, विरगञ्ज, विराटनगर, दोलखा, काठमाडौं तथा भक्तपुरका गरि करिव ५० मोडलहरुले र्याम्प शो गरेका थिए । विश्वव्यापी स्वास्थ्य संकटको अवस्थामा विश्व स्वास्थ्य संगठनले जारी गरेको स्वास्थ्य मापदण्ड अनुरुप सम्पन्न उक्त फेसन शो का आयोजक राजन बुढाथोकीले कार्यक्रमलाई सफल तुल्याउन सहयोग गर्ने व्यक्ति, संघ,संस्था एवं मोडलहरुलाई धन्यवाद दिदै आगामी दिनमा थप उत्कृष्ट शो हरु आयोजना गर्दै लै...
नायक श्रीदेव भट्टराई निर्देशक खरेलको चलचित्रमा विषेश भुमिकामा देखिदै
मनोरन्जन, समाचार

नायक श्रीदेव भट्टराई निर्देशक खरेलको चलचित्रमा विषेश भुमिकामा देखिदै

चलचित्र निर्देशक माधव राज खरेलले आफ्नो नयाँ चलचित्रमा विषेश भुमिकामा नायक श्रीदेव भट्टराइलाई अनुबन्धीत गरेका छन् ।  यस अघि कमेडियन कलाकार खड्गबहादुर पुनमगर ‘खबपु’, गोपाल ढकाल ‘छन्दे’, कंचन चालिसे, नायक संजित भण्डारी लगायतका कलाकारहरु अनुबन्धित गरिसकेका निर्देशक खरेलले विषेश भुमिकामा नायक भट्टराईलाई अनुबन्धीत गरेका छन् । पिम नेपालको प्रस्तुति रहने चलचित्रका लागि वरिष्ठ चलचित्रकर्मी मोहन निरौला, नवराज थापा, मुस्कान लामा, नम्रता खरेल पौडेल समेत कलाकारको रुपमा छानिएकोे निर्माण कम्पनीले जनाएको छ । कमेडी जनारामा निर्माण हुन लागेको फिल्मको कथा सस्पेन्स र थ्रीलर रहने निर्देशक खरेलले वताए । चलचित्रको छायाँकन बैशाखको पहिलो सााताबाटै गर्ने भनिए पनि कोरोनाका कारण केही पछि धकेल्लिएको निर्देशक खरेलले बताए । चाँडै छायाँकन सुरु गरिने चलचित्रमा कलाकारहरु छनौट प्रकृया पनि लगभग अन्तिम चरणमा पगेको निर्द...
आफुलाई र अरुलाई सजाउनु र राम्रो बनाउनुमा नै रमाउछु:सुषमा महरा, बरिष्ठ सौन्दर्यविद
अन्तरवार्ता, मनोरन्जन, समाचार

आफुलाई र अरुलाई सजाउनु र राम्रो बनाउनुमा नै रमाउछु:सुषमा महरा, बरिष्ठ सौन्दर्यविद

पिता हिमालयले पार्वतीको इच्छा विपरित विष्णुसित विवाह गरिदिन खोजेपछि साथीहरुलाई आफ्नो समस्या सुनाइन् । पार्वती समस्यामा परेको थाहा पाएपछि उनका साथीहरुले हरण गरेर लगी कसैले नदेख्ने ठाउँमा लुकाएर राखिदिए । साथीहरुले लुकाएकै ठाउँमा पार्वतीले निराहार व्रत गरी महादेवलाई प्राप्त गरेकीले यस पर्बको नाम हरितालिका रहन गयको भनाई छ | संस्कृत भाषाका ‘हरित’ र ‘आलिका’ दुईवटा शब्द मिलेर हरितालिका शब्द बनेको छ । जसमा ‘हरित’ शब्दको अर्थ हरण गरिएको र ‘आलिका’ शब्दको अर्थ साथी भन्ने हुन्छ । त्यसैले हामी हिन्दुनारीले पनि रातो सारीमा चिटिक्क परेर हिँडडुल गर्ने, नाच्ने गाउने र आफ्नो स्वास्थ्य र श्रीमानको दिर्घायुको कामना गर्दै ब्रत बस्ने हरितालिका तिज मनाउदै आएका छौ । हाम्रो संस्कार र संस्कृतिमा केही परिवर्तन आएसँगै तिज पर्वको रौनकले महिलालाई मात्र होर्ईन कतिपय पुरुषलाई पनि छोएको छ । विभिन्न स्थानमा हुने तीज...
सन्देशमुलक तीज गीत ‘अहिलेको तीजमा’ सार्वजनिक(भिडियो)
मनोरन्जन, समाचार

सन्देशमुलक तीज गीत ‘अहिलेको तीजमा’ सार्वजनिक(भिडियो)

काठमाण्डौं, भाद्र २३ | तीज आउन अब केही दिन मात्र बाँकी छ । आजभोली जताततै नेपाली नारिहरुको महान चाड तीज लागेको छ । कोरोना महामारीका कारण कम भएको तीज गीतहरु यसपाली भने केही बढेको छ । https://youtu.be/qVo4zkrKiXA स्वास्थ्य मापदण्डको उचित पालना गर्दै अग्रज कलाकार, संगीतकार भिमलाल महर्जनद्वारा संगीतबद्ध तीज गीत बजारमा सार्वजनिक गरिएको छ । ‘अहिलेको तीजमा’बोल रहेको सन्देशमुलक गीतमा गायिका मुना रोक्का र समुहको स्वर रहेको छ भने शब्द दिपक प्रेमी एरेन्ज सुरज माली मिक्सिङ महेश्वरमान राजभण्डारीको रहेको छ । अहिलेको तीजमा घरमै बसौ, सावधानी अपनाऔँ, सुरक्षित तरिकाले तीज मनाऔ भन्ने सन्देश रहेको गीतको म्युजिक भिडियोमा खुशी अधिकारी, रेखा स्त्री, सुस्मिता लामा, भगवती बुढाथोकी लगायतको जोडदार अभिनय तथा नृत्य देख्न सकिन्छ । सनराईज फिल्मी संसार कलंकीको दोश्रो प्रस्तुति अशोक खडकाको निर्माणमा तयार पारीएको भि...
‘हामी खस क्षेत्री ‘भन्दै आईन भगवती खड्का (यूनिका) (भिडियो)
मनोरन्जन, समाचार

‘हामी खस क्षेत्री ‘भन्दै आईन भगवती खड्का (यूनिका) (भिडियो)

नेपालकै पहिलो अन्तर्राष्ट्रिय महिला रेस्लर तथा कलाकार भगवती खड्का (यूनिका) को स्वरमा रहेको “हामी खस क्षेत्री” राष्ट्रिय गीतको भिडियो सार्वजनिक भएको छ। ‘हामी खस क्षेत्री’ भिडियोलाई महिला रेस्लर तथा कलाकार भगवती खड्का (यूनिका) कै आफ्नै अफिसियल युट्युव च्यानल रेस्लर यूनिका मार्फत सार्बजनिक गरिएको हो। https://youtu.be/rmOLiOpOMU4 महिला रेस्लर खेलाडी भगवती खड्का (यूनिका) को ’हामी खस क्षेत्री’ राष्ट्रिय गीतमा नेपालको एकीकरणमा क्षेत्री समुदायले पुर्याएको योगदानलाई गीतमा समावेश गरिएको छ। जसमा जीबि क्षेत्री को शब्द तथा विकाश चौधरीको संगीत संयोजन रेहेको ’हामी खस क्षेत्री’ भिडियोमा सञ्जय हमालको एरेञ्ज तथा वीरवहादुर थारुको सम्पादन रहेको छ।...
हस्तकला डिजाइनिङ प्रतियोगिताका बिजेता घोषणा
समाचार, समाज

हस्तकला डिजाइनिङ प्रतियोगिताका बिजेता घोषणा

नेपाल हस्तकला महासंघले हस्तकला डिजाइनिङ प्रतियोगितका बिजेता घोषणा गरेको छ । हस्तकलाको ब्यवसायिक संरक्षण र प्रवद्र्धनका लागि नेपाल हस्तकला महासंघ र इन्टेरियर डिजाईनर्स एसोसिएसन अफ नेपाल (आइडिया नेपाल)द्वारा आयोजित प्रतियोगितामा रविना श्रेष्ठ, रोशन ठाकुर र निलिमा प्रधान क्रमशः पहिलो, दोस्रो र तेस्रो हुनुभएको छ । बिजेतारूलाई नगद पुरस्कारका साथै इन्टेरियर डिजाइनिङ हस्तकला अवार्डबाट सम्मानित गरेको छ । आइतबार राजधानीमा आयोजित एक कार्यक्रमबीच सस्कृति, पर्यटन तथा नागरिक उडड्यान सचिव यादवप्रसाद कोइरालाले अवार्ड प्रदान गर्नुभयो । सो अवसरमा काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गी र ललितपुर महानगरपालिकाकी उपप्रमुख गीता सत्याललगायतको पनि उपस्थिति रहेको थियो । हस्तकला वर्ष २०२१ का संयोजक तथा महासंघ उपाध्यक्ष रवीन्द्र शाक्यले जानकारी दिनुभयो । प्रतियोगिताका लागि स्टार मार्वल एण्ड सेनेटरी तथा ग्ल...
महिला चेम्बरको आयोजनामा कृषि उद्यमशिलता प्रबर्धनात्मक अन्तर्कृया कार्यक्रम सम्पन्न
अर्थ/व्यापार, समाचार

महिला चेम्बरको आयोजनामा कृषि उद्यमशिलता प्रबर्धनात्मक अन्तर्कृया कार्यक्रम सम्पन्न

काठमाडौं-कृषिमा लागेका महिला उद्यमीहरुको प्रबर्धन गर्ने उदेश्यका साथ नेपाल महिला चेम्बरले ‘अनुभव आदानप्रदान  तथा अन्तर्कृया कार्यक्रम’ आयोजना गरेको छ । कार्यक्रम नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लको सभापतित्वमा सम्पन्न भएको हो । भर्चुअल माध्यमबाट आयोजित सो कार्यक्रममा कृषि पेशामा आबद्ध महिला उद्यमीहरुको उल्लेख्य सहभागीता रहेको थियो । सो अवसरमा नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्लले अहिले जसरी भए पनि काम गर्नुपर्ने अवस्था रहेको उल्लेख गर्दै मुलुकमा उत्पादन बृद्धिगरी देशलाई आत्मनिर्भर बनाउन उत्पादनशिल कृषि क्षेत्रमा लगानी बिस्तार गर्नुपर्ने बताए । चेम्बर अध्यक्ष मल्लले विचौलियाका कारण उद्यमीहरुलाई मुल्य र बजारीकरणमा  समस्या उत्पन्न हुँदै आएकोले सामुहिक रुपमा मिलेर जाँदा सबैलाई निर्यात एवम् बजारिकरण गर्न सहज हुने बताउदै जिल्ला तथा स्थानिय स्तरमा  सान...