नेपाल महिला चेम्बरकी सल्लाहकार निलम ताम्राकार योजना आयोगको सदस्यमा मनोनयन - राष्ट्रपत्र
मङ्लबार, मंसिर १२, २०८०

नेपाल महिला चेम्बरकी सल्लाहकार निलम ताम्राकार योजना आयोगको सदस्यमा मनोनयन


नेपाल महिला चेम्बरकी सल्लाहकार निलम ताम्राकार बागमती प्रदेशको नीति तथा योजना आयोगको सदस्य पदमा मनोनयन हुनु भएको छ ।
ताम्राकार सहीत उपाध्यक्ष र सदस्यहरुको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले सपथग्रहण गराउनु भएको हो ।
आयोगका उपाध्यक्षमा मेलम्ची–६ बस्ने डाक्टर जगत बहादुर बस्नेत यस्तै सदस्यहरुमा रामेछाप भीरपानी–६ का ज्ञानु कुमार श्रेष्ठ, काठमाण्डौ–४ वालुवाटारका निलम ताम्राकार र नुवाकोट विदुर–१० का रामशरण प्याकुरेल रहेकाछन् ।
कार्यक्रमलाई संबोधन गर्दै मुख्यमन्त्री शाक्यले आयोगको कामलाई दु्रतगतिमा अगाडी बढाउनका लागि आफुहरुले आयोगलाई पूर्णता दिएको वताईन् ।
साथै महिला चेम्बरका सभापति तथा नेपाल चेम्बर अफ कर्मसको उपाध्यक्ष उर्मिला श्रेष्ठले आफ्नो चेम्बरका सल्हाकार उच्च स्थानमा पुग्नु भएकोमा बधाई ताथा सफल कार्यकालका लागि शुभकामना समेत दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *