विश्व निकेतनको हीरक महोत्सवमा संचारकर्मी सावित्रि ढुङ्गानालाई सम्मान
संचारकर्मी तथा ईभेन्ट डाईरेक्टर सावित्री ढुङ्गाना विश्व निकेतन माध्यामिक विद्यालयको हीरक महोत्सवको अवसरमा सम्मानित हुनुभएको छ । महोत्सवको प्रमुख अतिथी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलको प्रमुख एवम् विशेष अतिथी काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यको हातबाट उहांलाई उक्त सम्मान प्राप्त भएको हो ।
२००३ साल स्थापना भएको उक्त विद्यालयले हीरक महोत्सवको अवसरमा विद्यालयमा अध्ययन गरि देश समाज र राष्ट्रका लागि योगदान दिने व्यक्तित्वहरुलाई सम्मान गरेको थियो । समारोहमा विद्यालय व्यबस्थापन समितिका पूर्व अध्यक्ष, पूर्व प्रधानाध्यापक, पूर्व विद्यार्थी, चन्दादाता, छिमेकी विद्यालयका प्रधानाध्यापक, पूर्व शिक्षक, विद्यार्थी, बुद्धिजीवी, समाजसेवी एवम् अभिभावकहरुको बाक्लो उपस्थिति रहेको थियो।सोही अवसरमा विद्यालयमा बिस वर्षभन्दा लामो समय काम गर्नुभएका शिक्षकरकर्मचारीहरूलाई दीर्घ...










