शिक्षा Archives - राष्ट्रपत्र
मङ्लबार, अशोज ५, २०७८

शिक्षा

भारत अध्ययनबारे सम्पूर्ण जनकारी स्टडि इन इन्डिया एक्सपोमा
शिक्षा, समाचार

भारत अध्ययनबारे सम्पूर्ण जनकारी स्टडि इन इन्डिया एक्सपोमा

काठमाडौं –भारत अध्ययन विशेष स्टडि ईन ईन्डिया भर्चुअल एक्सपोले विद्यार्थीलाई भारतमा हुने विभिन्न विषयको अध्ययनको विषयमा अन्तर्राष्ट्रिय विद्यार्थीलाई सम्पूर्ण जानकारी प्रदान गर्ने भएको छ । आयोजक संस्था अफेयर्स एक्जिविसन एण्ड मिडियाले एक्सपो विश्वका ४५ राष्ट्रका विद्यार्थीलाई भारतको शिक्षा प्रणाली, अध्यापन हुने विषय, विश्वविद्यालयले प्रदान गर्ने छात्रवृत्ति, भौतिक शैक्षिक वातावरणको विषयमा जनकारी दिने उद्देश्यले शुक्रवार देखी ५ दिन सम्म भर्चुअल रुपमा सञ्चालन भईरहेको आयोजकले जनाएको हो । एक्सपोमा ४० भन्दा बढि विश्वविद्यालय, २ सय भन्दा बढि विषय र सत प्रतिशत सम्म छात्रवृत्ति पाउने व्यवस्था गरिएको छ ।यो एक्सपोले विद्यार्थीलाई भारतमा अध्ययनको विषयमा एउटा माइन्डसेट तयार गर्न सहयोग पुग्ने र विद्यार्थीले विश्वविद्यालयकै प्रतिनिधीबाट घरमै बसेर आवश्यक सम्पूर्ण जानकारी प्राप्त गर्न सक्ने भएकाले यो एक्सप...
शैक्षिक संस्थाहरु बन्द गर्ने र खुलाउने विषयमा तर्क÷वितर्क
शिक्षा, समाज

शैक्षिक संस्थाहरु बन्द गर्ने र खुलाउने विषयमा तर्क÷वितर्क

डा.डिआर उपाध्याय, यति बेला कोरोनाको दोस्रो लहर सुरु भएको छ । यसले फेरि सबैजसो क्षेत्रलाई त्रास बनाएको छ । बिगत बर्षमा पनि हामी त्रासमा बाँच्न बाध्य भयौं । कोरोना संग खेलवाड कसैले गर्नु हुदैन । यो संग जोगिन सचेत र सर्तकता अपनाउनु पर्छ । अनाबश्यक घर वाहिर ननिस्कि भिडभाड र जमघट हुने कुनै पनि काम गर्नु हुदैन । हामी सवैले स्वस्थ्य सुरक्षाका मापदण्ड अपनाउनु पर्छ । त्यसो भयो भने मात्र कोरोनाबाट बँच्न सकिन्छ । कोरोना संक्रमण फैलियो भने यसको असर सवै क्षेत्रमा पर्ने छ । आज फेरी सबैलाई आफ्नो पेसा व्यवसाय चौपट पर्ने होकी भन्ने चिन्ता थपिएको छ । नेपाल सरकारले २५ जना भन्दा बढी भेला नहुन आग्रह गरिसकेको छ । नेपाल सरकारको यो आग्रहलाई सवैले पालना गरौं । हामी नागरिकले मिलेर नै सरकारलाई सहयोग पुयाउनु पर्छ । सरकारको एकल प्रयासले केहि हुदैन । कोरोना संग लडन सवै नागरिक एक जुट हुनु पर्छ । यो पार्टी र उ पार...
क्लिक इनटरनेशल सातौ बर्षमा प्रवेश , बार्षिकोत्सको अवसरमा सेवामा २० प्रतिशत छुट दिने
शिक्षा, समाचार

क्लिक इनटरनेशल सातौ बर्षमा प्रवेश , बार्षिकोत्सको अवसरमा सेवामा २० प्रतिशत छुट दिने

क्लिक इनटरनेशलले आफ्नो छैठौ बार्षिक उत्सवको अवसरमा संस्थाले प्रदान गर्ने सेवामा २० प्रतिशत छुट दिने भएको छ ।संस्थाले सातौ बर्षमा प्रवेश गरेको अवसरमा एक साताभर संस्थाले प्रदान गर्ने सेवामा विद्यार्थीलाई छुट दिने निर्णय गरेको हो ।नेपालबाट उच्च शिक्षा अध्ययन गर्नको लागि विश्वभरका विभिन्न देशहरुमा जाने विद्यार्थीलाई परामर्श प्रदान गर्ने यस सस्थाले जापान, अष्ट्रेलिया, अमेरिका, क्यानाडा, नर्वे, बेलायत र युएई जस्ता मुलुकमा विद्यार्थीलाई शिक्षण संस्थाको बारेमा जानकारी दिदै आएको क्लिक इन्टरनेशनल एजुकेशनका प्रवन्ध निर्देशक गोविन्द खनालले बताए । उनले भने , ‘संस्थाले छैटौँ वसन्त पुरा गरी सातौँ वसन्तमा प्रवेश गरिरहदाँ यस संस्थाले विश्वास, माया पाउनुका साथै सम्पूर्ण अभिभावक र विद्यार्थीहरुको मन जित्न सफल भएको छ ।’ नेपाल सरकार शिक्षा मन्त्रालयमा दर्ता भई सञ्चालनमा आएको यस संस्था नेपाल शैक्षिक परा...
ग्लोकल आफ्टर स्कूलले मार्च २१ देखी २९ सम्म ‘स्किल वीक’आयोजना गर्ने
शिक्षा, समाचार

ग्लोकल आफ्टर स्कूलले मार्च २१ देखी २९ सम्म ‘स्किल वीक’आयोजना गर्ने

ग्लोकल आफ्टर स्कूलले स्किल वीक नामक कार्यक्रम आयोजना गर्ने भएको छ । आउदो मार्च २१ देखी २९ सम्म सन्चालन हुने उक्त स्किल वीकमा १८ देखि ३० वर्ष युवायुवतीले कार्यक्रममा निशुल्क रुपमा सहभागीता जनाउन सक्ने र सोहि कार्यक्रमबाट सिप बिकासको बारे जानकारी लिन सकिने आयोजकले जनाएको छ । युवाहरुका लागि खुल्ला मन्च मानिएको कार्यक्रमका लागी आवेदन निशुल्क हुनेछन । कार्यक्रमबाट युवाहरुले सिपका बिभीन्न किसिम, यस क्षेत्र, बजारको माग एवम सिपको महत्वका बारेमा जानकारी पाउने छन । स्किल वीकले युवाहरुलाई बिभिन्न सिपका बारेमा अन्बेशन गर्न, आफु संलग्न हुन एवम ज्ञान हासिल गर्न सहयोग पुग्ने विश्वास आयोजकले लिएको छ ।कार्यक्रममा ४ फरक सीप क्षेत्रहरूमा प्रदर्शन गरिनेछ ।कला र संस्कृतिउद्दमशीलतापर्यटन तथा आतीथ्यबिज्ञान तथा प्रबिधीकार्यक्रमका मुख्य बिशेषताहरुमा छलफल, सिपमुलक प्रस्तुती, केस अध्ययन, प्रतिस्पर्धा, कार्यशाला, इं...
मनास्लु वल्ड कलेजको स्वागत तथा बहृत सांस्कृतिक कार्यक्रम भव्य रुपमा सम्पन्न
शिक्षा, समाचार

मनास्लु वल्ड कलेजको स्वागत तथा बहृत सांस्कृतिक कार्यक्रम भव्य रुपमा सम्पन्न

मनास्लु वल्ड कलेजको स्वागत तथा बहृत सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्ण गोपाल श्रेष्ठको प्रमुख आतिथ्यमा शनिवार सम्पन्न भएको हो । कलेजले स्थापनाको पहिलो वर्ष कक्ष ११ मा अध्ययनरत पहिलो व्याचका विद्यार्थीहरुका लागि स्वागत कार्यक्रम आयोजना गरिएको थियो ।चाबहिलस्थित स्मार्ट पार्टी प्यालेसमा सम्पन्न कार्यक्रममा मन्त्री श्रेष्ठले शिक्षा क्षेत्रमा नविनीकरण आवश्यकता रहेको बताउँदै पुरानो पाठ्यक्रम अनुसार पढाउनाले विद्यार्थी पछाडि पर्ने बताए । कलेजका अध्यक्ष गेन्द्र लामाले कलेज शिक्षा क्षेत्रमा केही नयाँ सोचका साथ शुरु गरिएको र विद्यार्थी भर्ना मात्र नभएर असल विद्यार्थी उत्पादन कलेजको मुख्य उदेश्य रहेको बताए । लामाले मनास्लुले खेलकुदलाई विशेष प्राथमिकतामा राखेको बताउँदै राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान सागर थापालाई ब्रान्ड एम्बसडरमा नियुक...
भावातित ध्यान विचार गोस्ठी माझ ‘महर्षि सन्देश’ सार्वजनिक
शिक्षा, समाचार

भावातित ध्यान विचार गोस्ठी माझ ‘महर्षि सन्देश’ सार्वजनिक

काठमाडौं, ०६ फाल्गुण- भावातित ध्यान विचार गोस्ठी माझ भावातित ध्यान बिशेशांक ‘महर्षि सन्देश’ विहिवार सार्वजनिक गरिएको छ । नेपाल महर्षि वैदिक फाउण्डेसनद्वारा प्रकाशित उक्त पुस्तकको विमोचन कार्यक्रमका प्रमुख अतिथी स्वामी ज्ञानानन्द सरस्वती, नेपाल महर्षि वैदिक फाउण्डेसनका अध्यक्ष तथा पुर्व मन्त्री दिपक प्रकाश बाँस्कोटा, नेपाल महर्षि वैदिक फाउण्डेसनका अन्तरराष्ट्रिय निर्देशक डा. किन्सली बुक, स्वामी वासुदेव प्रपन्नाचार्य, वरिस्ठ अभिनेत्री मनिषा कोइराला, नास्टका उपकुलपति डा. सुनिलबाबु श्रेष्ठ, राष्ट्रिय योजना आयोगका पुर्व उपाध्यक्ष डा. जगदिश चन्द्र पोखरेलले संयुक्त रुपमा गरे । सो अवसरमा पुस्तकको समिक्षा गर्दै भरत राज पौडेलले पुस्तक ५ खण्डमा विभक्त रहेको जानकारी गराउदै भावातित ज्ञानको आवश्यकता, महत्व, अबलम्बन विधी आदीको बारेमा विस्तृत रुपमा वर्णन गरिएको र पुस्तक जीवनमा एक पटक पढनै पर्ने खालको ...
शैक्षिक बेरोजगारी दर बढ्दैः गरिखाने शिक्षा आजको आवश्यकता
शिक्षा, समाचार

शैक्षिक बेरोजगारी दर बढ्दैः गरिखाने शिक्षा आजको आवश्यकता

डा.डिआर उपाध्याय आज म मैले जाने बुझेको ,भोगेको , देखेको हाम्रो देशको शिक्षा नीतिको बारेमा केही कुरा लेख्ने प्रयास गरिरहेको छु । हुन त म शिक्षा क्षेत्रको विज्ञ होइन ,तर यस बारेमा केही लेख्न मन लाग्यो । आज हाम्रो देशको शिक्षानीति समय अनुकुल नभई परम्परागत ढंगले पठनपाठन हुँदै आएको छ । आज हाम्रो देशका विश्वविद्यालयहरु शैक्षिक बेरोजगार उत्पादन गर्ने कारखानाका रुपमा परिणत भएका छन् । यो हाम्रो देशको विडम्वना हो । हाम्रो देशको शिक्षा व्यवाहारिक नभइ घोकन्तेमा आधारित छ । परीक्षामा जसले पाठ घोकेर जान्छ उही विद्यार्थीले जाँचमा राम्रो अंक ल्याउछ ,अनि उसले मार्कसेटको सख्या बढाउँछ ,धेरै विषयमा डिग्री बढाउछ तर दुर्भाग्य उसले न रोजगार पाउँछ न त उसँग बिषगत पर्याप्त ज्ञान एवं सीप हुन्छ । कारण के हो भने घोकन्ते शिक्षा ।घोकन्ते शिक्षा भनेको भरेको खर्च जस्तै हो । हाम्रो देश कृषिप्रधान देश हो । तर कृषि सम्...
जनचेतना आधारभुत विद्यालयलाई प्रविधि, खेल एवम् शैक्षिक सामाग्री हस्ताण्तरण
शिक्षा, समाचार

जनचेतना आधारभुत विद्यालयलाई प्रविधि, खेल एवम् शैक्षिक सामाग्री हस्ताण्तरण

सिन्धुपाल्चोक । लायन्स क्लब कोटेश्वर ग्लोबल भिजनले चौतारा साँगाचोकगढी नगरपालिका ७, नेपानेमा अवस्थित जनचेतना आधारभुत विद्यालयलाई एक थान कप्युटर प्रिण्टर, स्टेशनरी तथा खेलकुद सामाग्री हस्तान्तरण गरेको छ । जनचेतना आधारभुत विद्यालयको ४५औं बार्षिकोत्सवको अवसर पारेर लायन्स क्लब कोटेश्वर ग्लोबल भिजनले विद्यालयलाई सो सामाग्री सहयोग गरेको हो । त्यस्तै नेपाने युथ क्लबले पनि विद्यालयका सम्पुर्ण विद्यार्थीहरुको लागि विद्यालय झोला एवम् स्टेशनरी सामाग्री प्रदान गरेको नेपाने युथ क्लबका अध्यक्ष रामहरी पराजुलीले बताए । बार्षिकोत्सव समारोहमा विद्यालयको भौतिक, शैक्षिक गुणस्तर विकासका लागि आफुले पहल गर्ने चौतारा साँगाचोकगढी—७ का वडाअध्यक्ष उमा प्रसाद दुलालले बताए । सानोसिरुवारीको छेउमा रहेको नेपाने गाउँमा रहेको विद्यालयले गाउँको समग्र विकासमा लाग्नुपर्नेमा दुलालले जोड दिए । त्यस्तै नेपाल चार्टर्ड एकाउन्टे...
दश महिनादेखि ठप्प विद्यालय सञ्चालनमा
शिक्षा, समाचार

दश महिनादेखि ठप्प विद्यालय सञ्चालनमा

 कोभिड–१९ का कारण विगत १० महिना सम्म बन्द रहेका धेरै विद्यालयहरु आइतबारदेखि सञ्चालनमा आएका छन्। कोरोना संक्रमण कम हुँदै गएको र सरकारले समेत शैक्षिक सत्रलाई सदुपयो गर्ने तयारी गरेपछि विद्यालयहरु संचालनमा आएका हुन्। काठमाडौं उपत्यकाका निजी तथा समुदायिक विद्यालयहरु आइतबारदेखि सञ्चालनमा आएका हुन्। काठमाडौं जिल्ला प्याब्सन अध्यक्ष हरिकृष्ण श्रेष्ठका अनुसार काठमाडौं जिल्लाभित्र अनौपचारिक रुपमा धेरै विद्यालयहरु पहिलाबाटै सञ्चालनमा थिए। तर महानगरपालिकाभित्रका विद्यालय भने आइतबारबाट औपचारिक रुपमा संचालनमा आएका श्रेष्ठले जानकारी दिए। अध्यक्ष श्रेष्ठका अनुुुसार केन्द्रीय र स्थानीय सरकारको निर्देशन अनुसार नै सञ्चालन गरिएको हो। ‘विद्यालय भित्र उच्च स्वस्थ्य मापदण्द अपनाएका छौँ, अनिवार्य माक्स, ह्याण्ड सेनिटाइजर र भौतिक दुरीको पालना गरेका छौँ,’ उनले भने, ‘जोखिम कम हुने गरी व्यवस्था मिलाएर वि...
कक्षा १२ को परीक्षा नतिजा एक साताभित्र
शिक्षा, समाचार

कक्षा १२ को परीक्षा नतिजा एक साताभित्र

गत मंसिरमा सञ्चालित कक्षा १२ को परीक्षाको नतिजा एक साताभित्र सार्वजनिक हुने भएको छ । माघ १० गतेसम्म नतिजा सार्वजनिक गर्ने तयारी भइरहेको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्राडा चन्द्रमणि पौडेलले जानकारी दिए । परीक्षार्थीको डाटा रुजु गर्ने काम अन्तिम चरणमा पुगेको उनले जानकारी दिए । बोर्डका अध्यक्ष पौडेलले भने, ‘एक हप्ताभित्र नतिजा सार्वजनिक गर्छौं ।’ डाटा रुजुमा ढिलाइ भएपछि पुस दोस्रो साता सार्वजनिक हुने भनिए पनि नतिजा प्रकाशन एक महिना ढिलो हुन लागेको हो । नोवेल कोरोना भाइरस कोभिड–१९ महामारीका कारण स्थगित कक्षा १२ को परीक्षा ९–१६ मंसिरमा सम्पन्न भएको थियो । ...