क्लिक इनटरनेशल सातौ बर्षमा प्रवेश , बार्षिकोत्सको अवसरमा सेवामा २० प्रतिशत छुट दिने - राष्ट्रपत्र
शनिबार, मंसिर १८, २०७८

क्लिक इनटरनेशल सातौ बर्षमा प्रवेश , बार्षिकोत्सको अवसरमा सेवामा २० प्रतिशत छुट दिने


क्लिक इनटरनेशलले आफ्नो छैठौ बार्षिक उत्सवको अवसरमा संस्थाले प्रदान गर्ने सेवामा २० प्रतिशत छुट दिने भएको छ ।संस्थाले सातौ बर्षमा प्रवेश गरेको अवसरमा एक साताभर संस्थाले प्रदान गर्ने सेवामा विद्यार्थीलाई छुट दिने निर्णय गरेको हो ।
नेपालबाट उच्च शिक्षा अध्ययन गर्नको लागि विश्वभरका विभिन्न देशहरुमा जाने विद्यार्थीलाई परामर्श प्रदान गर्ने यस सस्थाले जापान, अष्ट्रेलिया, अमेरिका, क्यानाडा, नर्वे, बेलायत र युएई जस्ता मुलुकमा विद्यार्थीलाई शिक्षण संस्थाको बारेमा जानकारी दिदै आएको क्लिक इन्टरनेशनल एजुकेशनका प्रवन्ध निर्देशक गोविन्द खनालले बताए । उनले भने , ‘संस्थाले छैटौँ वसन्त पुरा गरी सातौँ वसन्तमा प्रवेश गरिरहदाँ यस संस्थाले विश्वास, माया पाउनुका साथै सम्पूर्ण अभिभावक र विद्यार्थीहरुको मन जित्न सफल भएको छ ।’

नेपाल सरकार शिक्षा मन्त्रालयमा दर्ता भई सञ्चालनमा आएको यस संस्था नेपाल शैक्षिक परामर्श संघ (ईक्यान) र कम्प्युटर एसोसियन (क्यान)मा पनि दर्ता भई सञ्चालनमा रहेको छ । संस्थाले सधै सकारात्मक सोच, योजना र आइपर्ने समस्यामा कटिवद्ध भएर जुद्धदै अघि बढ्ने विज्ञप्ति मार्फत जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *