संचारकर्मी तथा ईभेन्ट डाईरेक्टर सावित्री ढुङ्गाना विश्व निकेतन माध्यामिक विद्यालयको हीरक महोत्सवको अवसरमा सम्मानित हुनुभएको छ । महोत्सवको प्रमुख अतिथी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलको प्रमुख एवम् विशेष अतिथी काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यको हातबाट उहांलाई उक्त सम्मान प्राप्त भएको हो ।
२००३ साल स्थापना भएको उक्त विद्यालयले हीरक महोत्सवको अवसरमा विद्यालयमा अध्ययन गरि देश समाज र राष्ट्रका लागि योगदान दिने व्यक्तित्वहरुलाई सम्मान गरेको थियो । समारोहमा विद्यालय व्यबस्थापन समितिका पूर्व अध्यक्ष, पूर्व प्रधानाध्यापक, पूर्व विद्यार्थी, चन्दादाता, छिमेकी विद्यालयका प्रधानाध्यापक, पूर्व शिक्षक, विद्यार्थी, बुद्धिजीवी, समाजसेवी एवम् अभिभावकहरुको बाक्लो उपस्थिति रहेको थियो।
सोही अवसरमा विद्यालयमा बिस वर्षभन्दा लामो समय काम गर्नुभएका शिक्षकरकर्मचारीहरूलाई दीर्घसेवा पदक तथा सम्मान पत्र र विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरूलाई सम्मान पत्र प्रदान गरिएको थियो। साथै शैक्षिक वर्षमा उत्कृष्ट हुने छात्रछात्रा तथा अतिरिक्त क्रियाकलापमा उत्कृष्ट छात्रछात्रालाई पुरस्कृत गरिएको थियो ।
देशकै ईतिहास बोकेको विद्यालयमा आफु अध्ययनरत विद्यालयबाट सम्मानित हुन पाउदा आफुलाई संसारकै भाग्यमानी महशुस भएको कुरा बताउनुभयो ।
समाजसेवी समेत रहेकी ढुङगानाले उत्कृष्ट ग्रेड ल्याउने जेहेन्दार बिध्यार्थीलाइ सो विद्यालयमा आफ्नो स्वर्गीय बुबाको स्मृतिमा छात्रवृत्ति प्रदान गर्दै आईरहनु भएको छ ।