शिक्षा

मनास्लु वल्ड कलेजको स्वागत तथा बहृत सांस्कृतिक कार्यक्रम भव्य रुपमा सम्पन्न
शिक्षा, समाचार

मनास्लु वल्ड कलेजको स्वागत तथा बहृत सांस्कृतिक कार्यक्रम भव्य रुपमा सम्पन्न

मनास्लु वल्ड कलेजको स्वागत तथा बहृत सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्ण गोपाल श्रेष्ठको प्रमुख आतिथ्यमा शनिवार सम्पन्न भएको हो । कलेजले स्थापनाको पहिलो वर्ष कक्ष ११ मा अध्ययनरत पहिलो व्याचका विद्यार्थीहरुका लागि स्वागत कार्यक्रम आयोजना गरिएको थियो ।चाबहिलस्थित स्मार्ट पार्टी प्यालेसमा सम्पन्न कार्यक्रममा मन्त्री श्रेष्ठले शिक्षा क्षेत्रमा नविनीकरण आवश्यकता रहेको बताउँदै पुरानो पाठ्यक्रम अनुसार पढाउनाले विद्यार्थी पछाडि पर्ने बताए । कलेजका अध्यक्ष गेन्द्र लामाले कलेज शिक्षा क्षेत्रमा केही नयाँ सोचका साथ शुरु गरिएको र विद्यार्थी भर्ना मात्र नभएर असल विद्यार्थी उत्पादन कलेजको मुख्य उदेश्य रहेको बताए । लामाले मनास्लुले खेलकुदलाई विशेष प्राथमिकतामा राखेको बताउँदै राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान सागर थापालाई ब्रान्ड एम्बसडरमा नियुक्...
भावातित ध्यान विचार गोस्ठी माझ ‘महर्षि सन्देश’ सार्वजनिक
शिक्षा, समाचार

भावातित ध्यान विचार गोस्ठी माझ ‘महर्षि सन्देश’ सार्वजनिक

काठमाडौं, ०६ फाल्गुण- भावातित ध्यान विचार गोस्ठी माझ भावातित ध्यान बिशेशांक ‘महर्षि सन्देश’ विहिवार सार्वजनिक गरिएको छ । नेपाल महर्षि वैदिक फाउण्डेसनद्वारा प्रकाशित उक्त पुस्तकको विमोचन कार्यक्रमका प्रमुख अतिथी स्वामी ज्ञानानन्द सरस्वती, नेपाल महर्षि वैदिक फाउण्डेसनका अध्यक्ष तथा पुर्व मन्त्री दिपक प्रकाश बाँस्कोटा, नेपाल महर्षि वैदिक फाउण्डेसनका अन्तरराष्ट्रिय निर्देशक डा. किन्सली बुक, स्वामी वासुदेव प्रपन्नाचार्य, वरिस्ठ अभिनेत्री मनिषा कोइराला, नास्टका उपकुलपति डा. सुनिलबाबु श्रेष्ठ, राष्ट्रिय योजना आयोगका पुर्व उपाध्यक्ष डा. जगदिश चन्द्र पोखरेलले संयुक्त रुपमा गरे । सो अवसरमा पुस्तकको समिक्षा गर्दै भरत राज पौडेलले पुस्तक ५ खण्डमा विभक्त रहेको जानकारी गराउदै भावातित ज्ञानको आवश्यकता, महत्व, अबलम्बन विधी आदीको बारेमा विस्तृत रुपमा वर्णन गरिएको र पुस्तक जीवनमा एक पटक पढनै पर्ने खालको र...
शैक्षिक बेरोजगारी दर बढ्दैः गरिखाने शिक्षा आजको आवश्यकता
शिक्षा, समाचार

शैक्षिक बेरोजगारी दर बढ्दैः गरिखाने शिक्षा आजको आवश्यकता

डा.डिआर उपाध्याय आज म मैले जाने बुझेको ,भोगेको , देखेको हाम्रो देशको शिक्षा नीतिको बारेमा केही कुरा लेख्ने प्रयास गरिरहेको छु । हुन त म शिक्षा क्षेत्रको विज्ञ होइन ,तर यस बारेमा केही लेख्न मन लाग्यो । आज हाम्रो देशको शिक्षानीति समय अनुकुल नभई परम्परागत ढंगले पठनपाठन हुँदै आएको छ । आज हाम्रो देशका विश्वविद्यालयहरु शैक्षिक बेरोजगार उत्पादन गर्ने कारखानाका रुपमा परिणत भएका छन् । यो हाम्रो देशको विडम्वना हो । हाम्रो देशको शिक्षा व्यवाहारिक नभइ घोकन्तेमा आधारित छ । परीक्षामा जसले पाठ घोकेर जान्छ उही विद्यार्थीले जाँचमा राम्रो अंक ल्याउछ ,अनि उसले मार्कसेटको सख्या बढाउँछ ,धेरै विषयमा डिग्री बढाउछ तर दुर्भाग्य उसले न रोजगार पाउँछ न त उसँग बिषगत पर्याप्त ज्ञान एवं सीप हुन्छ । कारण के हो भने घोकन्ते शिक्षा ।घोकन्ते शिक्षा भनेको भरेको खर्च जस्तै हो । हाम्रो देश कृषिप्रधान देश हो । तर कृषि सम्व...
जनचेतना आधारभुत विद्यालयलाई प्रविधि, खेल एवम् शैक्षिक सामाग्री हस्ताण्तरण
शिक्षा, समाचार

जनचेतना आधारभुत विद्यालयलाई प्रविधि, खेल एवम् शैक्षिक सामाग्री हस्ताण्तरण

सिन्धुपाल्चोक । लायन्स क्लब कोटेश्वर ग्लोबल भिजनले चौतारा साँगाचोकगढी नगरपालिका ७, नेपानेमा अवस्थित जनचेतना आधारभुत विद्यालयलाई एक थान कप्युटर प्रिण्टर, स्टेशनरी तथा खेलकुद सामाग्री हस्तान्तरण गरेको छ । जनचेतना आधारभुत विद्यालयको ४५औं बार्षिकोत्सवको अवसर पारेर लायन्स क्लब कोटेश्वर ग्लोबल भिजनले विद्यालयलाई सो सामाग्री सहयोग गरेको हो । त्यस्तै नेपाने युथ क्लबले पनि विद्यालयका सम्पुर्ण विद्यार्थीहरुको लागि विद्यालय झोला एवम् स्टेशनरी सामाग्री प्रदान गरेको नेपाने युथ क्लबका अध्यक्ष रामहरी पराजुलीले बताए । बार्षिकोत्सव समारोहमा विद्यालयको भौतिक, शैक्षिक गुणस्तर विकासका लागि आफुले पहल गर्ने चौतारा साँगाचोकगढी—७ का वडाअध्यक्ष उमा प्रसाद दुलालले बताए । सानोसिरुवारीको छेउमा रहेको नेपाने गाउँमा रहेको विद्यालयले गाउँको समग्र विकासमा लाग्नुपर्नेमा दुलालले जोड दिए । त्यस्तै नेपाल चार्टर्ड एकाउन्टेन...
दश महिनादेखि ठप्प विद्यालय सञ्चालनमा
शिक्षा, समाचार

दश महिनादेखि ठप्प विद्यालय सञ्चालनमा

 कोभिड–१९ का कारण विगत १० महिना सम्म बन्द रहेका धेरै विद्यालयहरु आइतबारदेखि सञ्चालनमा आएका छन्। कोरोना संक्रमण कम हुँदै गएको र सरकारले समेत शैक्षिक सत्रलाई सदुपयो गर्ने तयारी गरेपछि विद्यालयहरु संचालनमा आएका हुन्। काठमाडौं उपत्यकाका निजी तथा समुदायिक विद्यालयहरु आइतबारदेखि सञ्चालनमा आएका हुन्। काठमाडौं जिल्ला प्याब्सन अध्यक्ष हरिकृष्ण श्रेष्ठका अनुसार काठमाडौं जिल्लाभित्र अनौपचारिक रुपमा धेरै विद्यालयहरु पहिलाबाटै सञ्चालनमा थिए। तर महानगरपालिकाभित्रका विद्यालय भने आइतबारबाट औपचारिक रुपमा संचालनमा आएका श्रेष्ठले जानकारी दिए। अध्यक्ष श्रेष्ठका अनुुुसार केन्द्रीय र स्थानीय सरकारको निर्देशन अनुसार नै सञ्चालन गरिएको हो। ‘विद्यालय भित्र उच्च स्वस्थ्य मापदण्द अपनाएका छौँ, अनिवार्य माक्स, ह्याण्ड सेनिटाइजर र भौतिक दुरीको पालना गरेका छौँ,’ उनले भने, ‘जोखिम कम हुने गरी व्यवस्था मिलाएर विद...
कक्षा १२ को परीक्षा नतिजा एक साताभित्र
शिक्षा, समाचार

कक्षा १२ को परीक्षा नतिजा एक साताभित्र

गत मंसिरमा सञ्चालित कक्षा १२ को परीक्षाको नतिजा एक साताभित्र सार्वजनिक हुने भएको छ । माघ १० गतेसम्म नतिजा सार्वजनिक गर्ने तयारी भइरहेको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्राडा चन्द्रमणि पौडेलले जानकारी दिए । परीक्षार्थीको डाटा रुजु गर्ने काम अन्तिम चरणमा पुगेको उनले जानकारी दिए । बोर्डका अध्यक्ष पौडेलले भने, ‘एक हप्ताभित्र नतिजा सार्वजनिक गर्छौं ।’ डाटा रुजुमा ढिलाइ भएपछि पुस दोस्रो साता सार्वजनिक हुने भनिए पनि नतिजा प्रकाशन एक महिना ढिलो हुन लागेको हो । नोवेल कोरोना भाइरस कोभिड–१९ महामारीका कारण स्थगित कक्षा १२ को परीक्षा ९–१६ मंसिरमा सम्पन्न भएको थियो ।...
कोरोनाका कारण बन्द गरिएका विद्यालयलगायत सबै क्षेत्र खुल्ला हुँदै
शिक्षा, समाचार

कोरोनाका कारण बन्द गरिएका विद्यालयलगायत सबै क्षेत्र खुल्ला हुँदै

कोरोना महामारीका कारण गएको चैत ११ गतेबाट बन्द गरिएका सबै क्षेत्र खुल्ला गरिने भएको छ। कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को आइतबारको बैठकले चैतमा बन्द गरिएका सबै क्षेत्र खुल्ला गर्न मन्त्रिपरिषदमा प्रस्ताव पठाउने निर्णय गरेको हो। मन्त्रिपरिषद तथा प्रधानमन्त्री कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाइँले विद्यालय, सिनेमा हल, जिमलागयत सबै क्षेत्र खुल्ला गर्न मन्त्रिपरिषदमा प्रस्ताव पठाउने निर्णय भएको जानकारी दिए। उनका अनुसार कोरोनाको नयाँ स्ट्रेन देखिएका कारण बेलायतलगायतका मुलुकबाट नेपाल आउनेहरुलाई १० दिन क्वारेन्टिन गर्ने विषयमा पनि निर्णय भएको छ। यस्तै कोरोनाको दोस्रो लहर आउन सक्ने भएकाले स्वास्थ्य प्रोटोकल पालना गर्नुपर्नेसमेत बताएको छ। र आवश्यकता अनुसार क्षेत्र विशेषमा निर्णय गर्नका लागि जिल्लालाई अधिकार दिनेसमेत निर्णय गरिएको छ। चैतमा लकडाउनसँगै बन्द भएका अन्य क्षेत्र खुल...
बालबालिकालाई जनस्वास्थ्य र पोषणमा ध्यान दिन विज्ञको सुझाव
शिक्षा, समाचार

बालबालिकालाई जनस्वास्थ्य र पोषणमा ध्यान दिन विज्ञको सुझाव

 कोभिड–१९ को सङ्क्रमण घट्दो अवस्थामा रहे पनि बालबालिकालाई जनस्वास्थ्य र पोषणको मापदण्ड अनिवार्यरुपमा पालना गराउन विज्ञले जोड दिएका छन्। शिक्षा पत्रकार समाजले आज भर्चुअलरुपमा आयोजना गरेको छलफल कार्यक्रममा पोषणविद् डा अरुणा उप्रेती, जनस्वास्थ्यविद् डा रवीन्द्र पाण्डेलगायतले विद्यालय सञ्चालन भएको या नभएको अवस्थामा पनि बालबालिकाको स्वास्थ्यमा ध्यान दिन नसकिए उनीहरुको स्वास्थ्य जीवन र असल सिकाइमा नकारात्मक असर पर्ने बताएका छन्। डा उप्रेतीले घर र वरिपरि पाइने खानालाई छाडेर पत्रु खाना खाएर स्वास्थ्य बिगार्ने वा खाना नखाएर कुपोषित हुने स्थिति ल्याउने अभिभावकले जानी नजानी आफ्ना बच्चाको जीवन बर्बाद पारिरहेको टिप्पणी गरिन्। उनले भनिन्, “गरीब हुँदैमा खान नसक्ने भन्ने हुँदैन, आफ्नो स्थानीय उत्पादन र घरको खाना खान सकिन्छ, चाउचाउ खान सक्नेले आलु पोलेर खान सक्छ, कोदो र फापर खाएर अझ पोषिलो बन्न ...
कक्षा छाड्ने प्रवृत्ति चुनौतीपूर्ण
शिक्षा, समाचार

कक्षा छाड्ने प्रवृत्ति चुनौतीपूर्ण

कोरोना भाइरसको सङ्क्रमणपछि सञ्चालन गरिएको वैकल्पिक विधिको पठनपाठनमा छुटेका विद्यार्थीलाई शैक्षिक पठनपाठनमा जोड्न नसकिए विद्यार्थीको कक्षा छोड्ने दर भयावह हुने प्रवृत्ति देखिएको छ । यो अवस्थामा स्थानीय सरकार, शिक्षक, विद्यालयले पहलकदमी नलिने हो भने विद्यालय जाने उमेर समूहका झन्डै आधाजसो विद्यार्थी कक्षाबाहिरै हुने खतरा शिक्षा क्षेत्रकै व्यक्तिले औँल्याएका छन । भौतिक कक्षा नचलाएसम्म समस्यारानीपोखरीस्थित संस्कृत माध्यमिक विद्यालयले सञ्चालन गरेको संस्कृत छात्राबासमा बस्ने ३५ जना विद्यार्थी नेपालमा कोरोना भाइरसको सङ्क्रमण बढेदेखि नै सम्पर्कविहीन अवस्थामा छन् । विद्यालयमा माथिल्लो तहमा अनलाइन कक्षा सञ्चालन गरिए पनि तल्लो तहको कक्षामा उपस्थिति अत्यन्तै न्यून छ । विद्यालयका प्रधानाध्यापक शिव अधिकारीले विद्यार्थीसित सम्पर्क स्थापित गर्न धेरै प्रयास गरिएको तर त्यसमा निकै कठिनाइ भएको बताए । भौत...
तारकेश्वरमा आजदेखि विद्यालय सञ्चालन
शिक्षा, समाचार

तारकेश्वरमा आजदेखि विद्यालय सञ्चालन

तारकेश्वर नगरपालिकाले आजदेखि नगरभित्रका विद्यालय खोल्ने भएको छ । स्वास्थ्यका सबै मापदण्ड पूरा गरी अभिभावकको सुझावमा आजदेखि नगरपािलकाले विद्यालय खोल्न अनुमति दिएको नगर शिक्षा शाखा प्रमुख होमनाथ न्यौपानेले बताए । कोभिड–१९ को सङ्क्रमणको अवस्थालाई समीक्षा गरी विद्यालयलाई भयरहित एवं सुरक्षित तवरमा विद्यालय सञ्चालनको व्यवस्था मिलाउन हरेक विद्यालयलाई निर्देशन दिएको बताइएको छ । विद्यालयको पठनपाठनलाई नियमित गराउन स्वास्थ्य सुरक्षामा मापदण्ड पालन गर्ने विधि, प्रत्येक विद्यालयमा हेल्प डेस्क निर्माण गर्ने र नजिकको स्वास्थ्य संस्थासँग समन्वय गरी आवश्यकतानुसार स्वास्थ्य परीक्षण र परामर्श दिने, विद्यालयको सरसफाइ, हात धुने व्यवस्था, विद्यालयलाई दैनिक निर्मलीकरण गर्ने, प्रत्येक दिन कक्षा शुरु हुनुअगावै कम्तीमा पाँच मिनेट कोभिड–१९ को सङ्क्रमणका बारेमा विद्यार्थीलाई जानकारी गराउनेजस्ता कामको पालना ग...