सत्तारूढ दल एक भएर अगाडि बढ्नुपर्ने अहिलेको आवश्यकता:डा. डीआर उपाध्याय
सत्तारुढ दल नेपाल कम्युनिष्ट पाटी (नेकपा) भित्रको बिवाद भनेको स्वार्थको बिवाद हो । आ-आफनो स्वार्थ पुरा हुँदा बित्तिकै हाम्रा कमरेडहरू मिलिहाल्नु हुन्छ । यो बिवादमा सत्ता स्वार्थको राजनीति छ । अहिले जनताको आखाँमा छारो हाल्ने काम भएको छ । अहिले एकले अर्कोलाई दोष देखाएर स्वार्थको लडाइँ चलिरहेको छ । यो लडाइँ कति लामो समयसम्म चल्ने हो यसै भन्न त सकिदैन । कमरेडहरू, तपाईहरूको लडाईले जनताको बिश्वासको डोरी नचुडियोस् । गत आम निर्वाचनमा जनताले ठूलो बिश्वास गरेर तपाईहरूलाई बहुमत दिए । त्यो कुरा अहिले आएर बिर्सनु हुन्छ भने भन्नु केही छैन । तपाईहरूको दुई पार्टी मिलेको देखेर जनताले बहुमत दिएका हुन ।
दुई पार्टी बेग्ला बेग्लै चुनाव लडनु भएको भए जनताको यो बिश्वास पक्कै पाउनु हुने थिएन । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको यो स्वार्थको लडाइँले कसैलाई फाई...







