राजनीति

पूर्वमन्त्री जनादर्न शर्मालाई कोरोना संक्रमण
राजनीति, समाचार

पूर्वमन्त्री जनादर्न शर्मालाई कोरोना संक्रमण

 पूर्वमन्त्री जनादर्न शर्मालाई कोरोना संक्रमण भएको छ। नेकपाका नेता शर्माले आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका हुन्। उनले आफूसँग केही समय यता सम्पर्कमा आएका व्यक्तिलाई कोरोना परीक्षण गरी ढुक्क रहन आग्रह गरेका छन्।
चर्का कुरा गरेर साम्यवाद आउँदैन:डा डीआर उपाध्याय
राजनीति, समाचार

चर्का कुरा गरेर साम्यवाद आउँदैन:डा डीआर उपाध्याय

मुलुकमा कोरोना भाइरसको प्रभाव बढिरहेको छ । यो नै हामी सवैको चिन्ताको बिषय हो । सरकारले भाइरसप्रभावित नागरिकको उपचार गर्न नसक्ने भन्दै दुवै हात उठाएको अवस्था छ । सरकार संकट व्यवस्थापनमा चुक्दै आएको छ । महामारीमा सरकार संवेदनशील बन्न सकेन । सरकारले आफ्नो क्षमता देखाउने बेला हो यो । तर यस्तो संकटको बेलामा पनि सरकार पिठ्यु फर्काएर भागेको छ । यो बिश्वजगतको नजरमा राम्रो सन्देश पटक्कै होईन। नेकपा यो बिषयमा गम्भिर हुनु पर्छ । अव समय छँदै सरकारलाई सहि बाटोमा ल्याउने जिम्मा भनेको पाटीको हो । सत्तारुढ दल नेकपा यति बेला कता , कता अल्मलिए जस्तो छ । यसरी पार्टी चल्दैन । पाटी बलियो नभए सरकार कमजोर हुन्छ । अव नेकपाले इमान्दारीता देखाउने बेला आएको छ । यदि समय छँदै नेकपाले इमान्दारीता देखाएन भने त्यो उसैका लागि आत्मघाती हुनेछ। किन भने नेकपालाई गत निर्वाचनमा ठूलो बिश्वासले जनताले झण्डै दुईतिहाईको जनमत दिए...
डा. बाबुराम भट्टराई र हिसिला यमीलाई कोरोना संक्रमण पुष्टि
राजनीति, समाचार

डा. बाबुराम भट्टराई र हिसिला यमीलाई कोरोना संक्रमण पुष्टि

पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई र उनकी पत्नी हिसिला यमीलाई कोरोना संक्रमण पुष्टि भएको छ। डा. भट्टराई स्वयंले आफूहरुलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी सामाजिक सञ्जालमार्फत दिएका छन्। ‘हिसिला र म दुवैलाई कोभिड–१९ को संक्रमण पुष्टि भएको छ। कार्तिक ७ गते गरिएको स्वाब परीक्षणको नतिजा पोजिटिभ आएको हो’ भट्टराईले ट्वीटरमा लेखेका छन्। चिकित्सकहरूको सल्लाह बमोजिम आफूहरु होम आइसोलेशनमा नै रहने जानकारी पनि डा. भट्टराईले दिएका छन्। उनले भनेका छन्, ‘केही समय यता हाम्रो सम्पर्कमा रहनुभएका महानुभावहरू सबैले सतर्कता अपनाउनुहुन विशेष आग्रह छ।’...
अविवाहित पुरुषलाई मासिक भत्ता
राजनीति, समाचार

अविवाहित पुरुषलाई मासिक भत्ता

अविवाहित र एकल पुरुषलाई पनि भत्ता ? सुन्दा अनौठो लोगेपनि  ताप्लेजुङको फुङलिङ नगरपालिकाले गत दुई वर्षदेखि अविवाहित यो सेवा दिँदै आएको छ । सो नगरपालिकाले एकल पुरुष र अविवाहित ७६ जनालाई मासिक रु एक हजारको दरले नगरपालिकाको अन्तरिक स्रोतबाट मासिक भत्ता दिदै आएको फुङलिङ नगरपालिकाका उपमेयर तारा भट्टराईले बताए। ६० वर्ष पूरा भएका ७० वर्ष नकाटेको एकल पुरुषलाई समाजिक सुरक्षा भत्ता दिँदै आएको फुङ्लिङ नगरपालिकाका प्रवक्ता महोन न्यौपानेले जानकारी दिए।...
यस बर्ष दशैमा धेरै भेटघाट, जमघट नगरौ :डा. डीआर उपाध्याय
राजनीति, समाचार

यस बर्ष दशैमा धेरै भेटघाट, जमघट नगरौ :डा. डीआर उपाध्याय

अघिल्लो बर्ष जस्तो यस बर्षको दशैको रौनक त्यति छैन । दसैं नेपालीहरूको सबैभन्दा ठूलो पर्व हो । कोरोना भाइरसको फैलिँदो संक्रमणका कारण यस बर्षको दशै खल्लो बनेको छ । कोरोना भाइरसको कारण यति बेला मुलुकको सम्पूर्ण माहोल दशैमय छैन । विश्वव्यापी संकटका रूपमा रहेको कोभिड–१९ को जोखिम बढिरहेको छ । बजारमा त्यति चहलपहल छैन । यो वर्षको दसैं हर्सोल्लासमय छैन । अहिलेको मुख्य बिषय भनेको स्वास्थ्य सावधानी अपनाउने र संक्रमणबाट जोगिने नै हो । बाँचे अर्को बर्ष उत्सवमय दशै मनाउँला । त्यसैले, यो दसैंलाई हामी सबैले बडो सावधानीका साथ मनाउनुपर्नेछ । आज सातौं दिन अर्थात् फूलपातीको दिन हो । दशै १५ दिनसम्म मनाइने चलन छ । दसौं दिन अर्थात् दशमीमा मान्यजनबाट टीका–जमरासहित आशीर्वाद लिने परम्परा छ, जुन नेपालीहरूको मौलिक प्रचलन हो । मुलुकका केही भागमा दसैंको पन्ध्रौं दिन अर्थात् पूर्णिमासम्म टिका लगाउने चलन र परम्परा छ ।...
‘रअ’ का प्रमुख गोयल काठमाडौँमा
राजनीति, समाचार

‘रअ’ का प्रमुख गोयल काठमाडौँमा

भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुख सामान्तकुमार गोयल काठमाडौँ आएका छन्। केहीबेर अघि इन्डियन एयर फोर्सको विशेष चार्टर्ड विमानबाट गोयल र रअ कै अर्का उच्चअधिकारी नेपाल आएको विमानस्थल उच्च सुरक्षा स्राेतले जानकारी दि विमानस्थलमा उनीहरुलाई लिन नेपालस्थित भारतीय दूतावासका अधिकारीहरु पुगेका थिए। गोयल भीआईपी कक्षबाट बाहिरिएको विमानस्थल स्रोतले जानकारी दियो। राष्ट्रिय अनुसन्धान विभागका एक उच्चअधिकारीले गोयल काठमाडौं आएको र उनी आज राति नै दिल्ली फर्किने जनाएका छन्। भारतीय सेना प्रमुख मनोज मुकुन्द नरवाणेको भ्रमण तय भइसकेका बेला रअ प्रमुख पनि नेपाल आइपुगेका हुन्। सेनाध्यक्षको भ्रमण र दुई देशको सम्बन्ध सुधारमा उनको भ्रमण केन्द्रित हुने बताइएको छ। उनी बुधबार नै स्वदेश फर्किने कार्यक्रम रहेको छ।  लिम्पियाधुरा, लिपुलेक, कालापानी क्षेत्रलाई संविधान संशोधन गरेर नेपालले आफ्नो नक्सामा समे...
नेपालीका लागि यो बर्षको विजया दशमी त्यति उत्साहजनक छैन:डा डीआर उपाध्याय
राजनीति, समाचार

नेपालीका लागि यो बर्षको विजया दशमी त्यति उत्साहजनक छैन:डा डीआर उपाध्याय

नेपालीहरूको महान् पर्व विजया दशमी सुरु भएको छ । अघिल्लो बर्ष जस्तो उत्साह र उमंग यस बर्ष छैन । अधिकांश विपन्न नेपालीका लागि यो बर्षको विजया दशमी त्यति उत्साहजनक छैन । बिगत ७ महिनादेखि कोरोना संक्रमणले थलिएका विपन्न वर्गको निम्ति दसैं दशा बनेर खडा भएको छ । विपन्न नागरिक साँझ–बिहानको छाक टार्ने समस्यामा छन ।अहिलेको दसैं विशेष तामझामको साथ मनाउने अवस्था छैन । देश संकटमा परेको बेला फजुल खर्च गरेर मात्र हुदैन । अघिल्लो बर्ष जस्तो बजारमा दसैंको चहलपहल त्यस्तो छैन । उपत्यकाबाट बाहिर जाने र बाहिरबाट उपत्यकामा भित्रनेको संख्या गत बर्षको तुलनामा कम छ । तर पनि कोरोना संक्रमणको बढ्दो वृद्धिदरलाई ख्याल गरी सुरक्षा सावधानी अपनाउनु पर्ने आबश्यकता देखिएको छ । यदि हामीले सुरक्षा सावधानी अपनाउन सकेनौ भने समस्या उत्पन्न हुने निश्चित छ । यसको निम्ति हामीले बेलैमा सचेत बन्नु आबश्यक छ । सवैले स्वास्थ्य सुरक्...
विशेष अदालतको अध्यक्षमा प्रेमराज कार्की नियुक्त
राजनीति, समाचार

विशेष अदालतको अध्यक्षमा प्रेमराज कार्की नियुक्त

सरकारले विशेष अदालतको अध्यक्षमा प्रेमराज कार्की र सदस्यमा अब्दुल्लाह अजिज मुसलमान र  नित्यानन्द पाण्डेलाई नियुक्त गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद बैठकले कार्कीलाई विशेष अदालतको अध्यक्ष तथा मुसलमान र पाण्डेलाई सदस्यमा नियुक्ती गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए। यसैगरी मन्त्रिपरिषद बैठकले सैनिक विशेष अदालतमा लोहिच चन्द शाह, राजश्व न्यायाधीकरणको अध्यक्षका विनोद शर्मा, राजश्व न्यायाधीकरण विराटनगरमा सत्यमोहन जोशी थारु र राजश्व न्यायाधीकरण नेपालगञ्जमा केशवराज जोशीलाई नियुक्त गरेको छ। यसैगरी बैठकले काठमाडौं उपत्यका विकास प्राधिकरणको प्रमुखमा माधवप्रसाद पोखरेललाई नियुक्ती गर्ने निर्णय गरेको छ। बैठकले विश्व बैंकसँग २४ अर्ब रुपैयाँ ऋण लिन स्वीकृति प्रदान पनि गरेको छ। विशेष अदालतमा उच्च अदालतका न्यायाधीशहरुमध्येबाट सरकारले मागेजति संख्यामा न्यायपरिषदले सिफारिस गर्ने गर्...
घुस प्रकरणको आरोप लागेका बाँस्कोटामाथिको मुद्दा तामेलीमा
राजनीति, समाचार

घुस प्रकरणको आरोप लागेका बाँस्कोटामाथिको मुद्दा तामेलीमा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका विषयमा ७० करोड रुपैयाँ घुस प्रकरणको आरोप लागेका तत्कालीन सञ्चारमन्त्री गोकुल बाँस्कोटालाई मुद्दा चलाउन पर्याप्त प्रमाण नभेटिएको जनाएको छ । संसद्को सार्वजनिक लेखा समितिलाई पत्र पठाउँदै बाँस्कोटाको विषयमा थप छानबिन गर्न पर्याप्त प्रमाण नपुग्ने जनाएको हो । पूर्वमन्त्री बाँस्कोटा र विजयकुमार मिश्रबीच भएको संवादको अडियो र भिडियो प्रारम्भिक परीक्षण गरिएको आयोगले जनाएको छ । घुस लिएको आधार र यथेष्ट प्रमाण कतै नभेटिएकाले थप अनुसन्धान गर्न नसकिएको अख्तियारले जनाएको छ । थप अनुसन्धानका लागि वास्तविक कन्टेनसहितको विवरण आवश्यक भएकाले मिश्रले बुझाउन नसकेको आयोगको दाबी छ । आयोगले पूर्वमन्त्री बाँस्कोटासँग बयान लिइसकेको छ । अख्तियारको बयानमा बाँस्कोटाले आफूले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा घुस नलिएको बताएका छन् । अख्...
वाग्मती प्रदेश सरकार मातहतका अस्पतालमा कोरोना सङ्क्रमितको उपचार निशुल्क:मुख्यमन्त्री पौडेल
राजनीति, स्वास्थ्य

वाग्मती प्रदेश सरकार मातहतका अस्पतालमा कोरोना सङ्क्रमितको उपचार निशुल्क:मुख्यमन्त्री पौडेल

वाग्मती प्रदेश सरकारले कोरोना सङ्क्रमितको उपचार निशुल्क गरिरहेको जनाएको छ । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको सचिवालयले प्रदेश सरकार मातहतका सबै अस्पतालमा कोभिड १९ को नि : शुल्क उपचार भइरहेको जनाएको हो । प्रदेशका आठ वटा अस्पताल र त्यहाँबाट सञ्चालित आइसोलेशनमा कोरोना सङ्क्रमितको निःशुल्क उपचार भइरहेको मुख्यमन्त्री पौडेलका प्रेस संयोजक प्रकाश दाहालले जानकारी दिए । प्रदेश सरकारको मातहतमा रहेका मकवानपुरको हेटौंडा अस्पताल, सिन्धुलीको जिल्ला अस्पताल, रामेछापको जिल्ला अस्पताल, धादिङको जिल्ला अस्पताल, रसुवाको जिल्ला अस्पताल, भक्तपुरको जिल्ला अस्पताल, नुवाकोटको जिल्ला अस्पताल र सिन्धुपाल्चोकको जिल्ला अस्पतालमा यी सेवा उपलब्ध छन् ।...