जनताको मतलाई खेलवाड गर्न मिल्दैन:डा.डिआर उपाध्याय - राष्ट्रपत्र
मङ्लबार, फाल्गुन १५, २०८०

जनताको मतलाई खेलवाड गर्न मिल्दैन:डा.डिआर उपाध्याय


के नेकपा फुटको संघारमा पुगेकै हो त ? सत्तारुढ दल नेकपाभित्र फेरि विवाद सुरु भएको छ । यसले आम नेपाली जनतालाई चिन्तित बनाएको छ । यति खेर मुलुकमा गम्भीर स्वास्थ्य संकट परेको छ । आम नागरिक उपचार नपाएर छटपटाईरहेका छन । यतिबेला नेकपाको ध्यान यता तिर केन्द्रित हुनु पर्दथ्यो । यो विाद गर्ने बेला होइन । सत्तारुढ दल नेकपा भावनात्मक रुपमा एक भएर अघि बढनु पर्छ । यो अहिलेको आबश्यकता हो । नेकपा बिभाजन हुने हो की भनेर नेता, कार्यकर्ता चिन्तित छन । त्यो अवस्था कुनै हालतमा आउन दिनु हुदैन । यदि नेकपा बिभाजनको मुखमा पुग्यो भने देशमा गम्भिर संकट आउने खतरा छ । साना तिना कुरामा अल्झिएर विवाद बढाउनु उचित छैन । नेकपा बलियो बनेर अघि बढनु पर्छ ।

आम नागरिकको चाहना यो हो । दुई पाटी मिलेको देखेर नै नागरिकले आम निर्वाचनमा बहुमत दिएका हुन । जनताको यो मतलाई खेलवाड गर्न मिल्दैन । देशको बिकास , समृद्धि र सुशासन कायम गरोस् भनेर जनताले मत दिएका हुन । यो बिषयमा नेकपा गम्भिर हुनु पर्छ । यसअघि पनि पाटी विवादले नेकपा झण्डै फुटको संघारमा पुगेको थियो । त्यसबेला नेता , कार्यकर्ताको खवरदारीले पाटी फुटबाट जोगिएको हो । अहिले पनि नेता , कार्यकर्ताबाट खवरदारी हुन जरुरी छ । वैशाखयता नेकपाभित्रको विवाद चरम सीमामा पुगेको यो तेस्रो पटक हो ।पछिल्लो पटक मन्त्रिपरिषद् पुनर्गठन, कर्णाली प्रदेशको विवाद र प्रधानमन्त्री ओलीले भारतीय गुप्तचर संस्था रअका प्रमुख सामन्त गोयलसँग गरेको भेटघाटलाई लिएर नेकपामा विवाद भएको बुझन सकिन्छ । अहंकार, आवेग र आक्रोशले कसैको पनि हित गदैन । यो कुरा नेकपाका शीर्ष नेताले बुझनु पर्छ । फुटले कसैलाई फाइदा गदैन ।

पाटी बिभाजनको पीडा कस्तो हुन्छ ? बिगतलाई फर्किएर हेर्न जरुरी छ । दुई अध्यक्षबीच भइरहने झगडाका कारण के नेकपा फुटको संघारमा पुगेकै हो त ? यो गम्भिर प्रश्न हो । त्यो परिस्थिति आउन नदिन नेता , कार्यकर्ताहरुले देश भरीबाट आवाज उठाउनु पर्छ । पार्टी एकतालाई तोड्नु हुदैन । यो कुनै कोणबाट सही कदम हुन सक्दैन। अव नेकपाका नेता कार्यकर्ताहरुले एकताको रक्षा गर्न‘ आवश्यक छ। पार्टी र सरकारलाई विचार, नीति, विधि र पद्धतिमा चलाउनुका साथै महाधिवेशनको तयारीमा जानुपर्छ। अरू विकल्प छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *