राष्ट्रपति भण्डारीद्वारा आमा मिथिला पाण्डेका हातबाट टीका ग्रहण - राष्ट्रपत्र
बिहिबार, चैत्र १६, २०७९

राष्ट्रपति भण्डारीद्वारा आमा मिथिला पाण्डेका हातबाट टीका ग्रहण


राष्ट्रपति विद्यादेवी भण्डारीले विजयादशमीका अवसरमा आज गुरु खेमचन्द्र ढकालबाट १० बजेर १९ मिनेटको शुभसाइतमा टीका र जमरा ग्रहण गरेकी छन्।

राष्ट्रपति भण्डारीले आमा मिथिला पाण्डेका हातबाट पनि राष्ट्रपति कार्यालय, शीतल निवासमा विजयादशमीको टीका र जमराका साथै आशीर्वाद ग्रहण गर्नुभएको राष्ट्रपतिका स्वकीय सहसचिव शिव भट्टराईले जानकारी दिए।

सो अवसरमा राष्ट्रपति भण्डारीले छोरीज्वाइँहरु उषाकिरण, निशाकुुसुम, उमेश थापा र अभिषेक यादव तथा दुई नातिनी एवं पाश्र्ववर्तीहरुलाई पनि टीका लगाइदिइन्।

Leave a Reply

Your email address will not be published.