वामपन्थी पार्टीको भविष्य के होला ? :डा.डिआर उपाध्याय
वामपन्थी पार्टीको भविष्य के होला ? लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न नेपालका वामपन्थीको प्रमुख भूमिका रहँदै आएको छ । नेपाली जनताले प्रमुख दुई पार्टी नेपाली कांग्रेस र वामपन्थी शक्तिलाई पालैपालो सत्ताको बागडोर सुम्पिँदै आएका छन् । दुई वामपन्थी पार्टीबीच तालमेल भएर गत आमनिर्वाचनमा सफलता प्राप्त गरे । त्यस पछि दुई पाटी बीच पाटी एकीकरण भयो । तर अहिले आएर पाटी एकीकरण प्रक्रिया भावनात्मक रुपमा नभएको देखिएको छ । दुवै पक्षमा इमानदारीता देखिएको छैन । जनतालाई झुक्याउने र भोट बटुलेर सरकारमा जाने बाहेक अरु केहि काम हुन सकेन । पछिल्लो समयमा नेपालका हरेक निर्वाचनमा वामपन्थीको नै बहुमत आउने गरेको छ । तर वामपन्थी मिल्न सक्दैन ।
नेपालका वामपन्थी धेरै चिरामा बिभाजित छन । वामपन्थीहरु हामी सर्वहाराको नेतृत्व गछौ भनेर कहिल्यै थाक्दैनन् । सर्वहाराका नेताहरू सत्ता, शक्ति र सम्पत्तिमा लिप्त हुन पुगेका छन । य...








