मनोरन्जन

म्याक्स नेपालको ‘लुरी’ सार्वजनिक(भिडियो)
मनोरन्जन, समाचार

म्याक्स नेपालको ‘लुरी’ सार्वजनिक(भिडियो)

दोहा । गायक म्याक्स नेपालको स्वरमा रहेको गीत ‘लुरी’को भिडियो सार्वजनिक भएको छ । लामो समयदेखि कतारमा रहि व्यापार व्यवसायसंगै सांगीतिक क्षेत्रमा समेत सक्रिय गायक म्याक्स स्वयं फिचर्ड भिडियोमा उनलाई मोडल निशा मगरले अभिनयमा साथ दिएकी छिन । कतारको दोहामै छायांकन भएको भिडियोको गीतलाई शमन खड्काको शव्द र उनकै संगीत रहेको छ । निरज थापाको एरेन्ज रहेको गितलाई संगीत महल क्रियसनले निर्माण गरेको हो भने छायांकन तथा निर्देशन समेत थापाले नै गरेका हुन । https://www.youtube.com/watch?v=mLlGxuw4qGY म्याक्सका यस अघिका थुप्रै गीतले विभिन्न राष्ट्रिय अन्तराष्ट्रिय अवार्ड जित्न सफल भएको छ ।...
प्याजेन्ट नेपालको ‘न्यू ईयर्स इभ ट्रेडिसनल फेशन शो’ भव्य रुपमा सम्पन्न
मनोरन्जन, समाचार

प्याजेन्ट नेपालको ‘न्यू ईयर्स इभ ट्रेडिसनल फेशन शो’ भव्य रुपमा सम्पन्न

अंग्रेजी नव वर्ष २०२३ को अवसरमा प्याजेन्ट नेपालले ‘न्यू ईयर्स इभ ट्रेडिसनल फेशन शो २०२२’ को आयोजना गरेको छ । अंग्रेजी नव वर्षको प्रारम्भ तथा २०२२ को अन्तिम दिन अर्थात डिसेम्वर ३१ का दिन उक्त भव्य शो आयोजना भएको हो । द ग्रुप फोर क्रियसनको एसोसियटमा आयोजनामा भएको उक्त फेशन शो र्याफटिङ्गका लागि लोकप्रिय रहेको कुरिनटारको गोर्खावीच रिसोर्टमा भएको हो । नेपालका चर्चित करिव १ दर्जन मोडलहरुले ४ वटा सिक्वेन्समा मौलीक पहिरन,वेष्टर्न,क्याजुएल र कल्चरलका आकर्षक पहिरनमा र्याम्प शो गरेका थिए । काव्या पनेरु, मनिषा क्षेत्री,रशिला गरु, माया लामा,अनुपा तिमल्सिना,सोना बज्राचार्य,निशान श्रेष्ठ लगायत अनुभवी मोडलहरुले र्याम्प शो गरेका थिए । कार्यक्रममा नेपाली लोक पहिचान झल्कने फेशन शो का साथै नेपालका चर्चित लोकप्रिय राष्ट्रिय कलाकारहरु गायक सपन श्रेष्ठ गायक कृष्ण भट्टराई, लगायत स्थानिय कलाकारहरुको साँगीतिक प्रस्...
अमर वान्तुको ‘कस्तो मिलेको’ सार्वजनिक (भिडियो)
मनोरन्जन, समाचार

अमर वान्तुको ‘कस्तो मिलेको’ सार्वजनिक (भिडियो)

वरिष्ठ गीतकार अमर वान्तुको नयाँ गीत ‘कस्तो मिलेको’ सार्वजनिक भएको छ । सहिमा श्रेष्ठ र ज्वाला राईको स्वर, दीपक शर्माको सङ्गीत, नरेन्द्र वियोगीको मिक्सिङ/एरेञ्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो । विक्रम चौहानको निर्देशन र कोरियोग्राफी रहेको गीतको भिडियोमा चक्र बम, स्मारिका धिताल, सरोज राना प्रजा र विना राउतको अभिनय छ । अर्जुन तिवारीको छायांकन रहेको भिडियोमा मिलन विश्वकर्माको सम्पादन छ । गीतको भिडियो ओएसआर डिजिटलमार्फत सार्वजनिक गरिएको हो । https://youtu.be/_BDZhffG8-Y बान्तुका ‘परिभाषाका राँटाहरू’ (केही गीत, केही कविता) सङ्ग्रह र ‘अमर भावना’ र ‘अमर भावना-२’ एल्बम पाठक/स्रोता र दर्शकमाझ आएकाछन् । उहाँका थुप्रै फुटकर गीत, कविता र गजल पनि सार्वजनिक छन् । ‘परिभाषाका राँटाहरू’ पहिलो काव्यकृति हो उहाँको । गीत लेखन तथा सामाजिक कार्यहरूमा आफूलाई सक्रिय बनाउँदै आउनुभएका वान्तुको ‘गर्मी...
“लेटमिइन मिसेस व्यूटी क्वीन नेपाल २०२३” को आवेदन फारम खुल्ला
मनोरन्जन, समाचार

“लेटमिइन मिसेस व्यूटी क्वीन नेपाल २०२३” को आवेदन फारम खुल्ला

काठमाडौं¬  सिजन मिडियाद्धारा आयोजीत विवाहीत महिलाहरुमा केन्द्रित “लेट मि इन मिसेस व्यूटी क्वीन नेपाल २०२३” छैंटौं संकरणको आयोजनाको लागि आवेदन खुल्ला गरेका छ । विवाहित महिलाहरुको सहभागीता लाइ ध्यानमा राखि सिजन मिडियाले यो कार्यक्रम विगत ५ वर्ष देखि गर्दै आएको हो । महिलाहरुको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, वाक कला तथा नेतृत्वदायी क्षमताको विकास साथै त्यसको आवश्यकताको महसुस गरी सोही अनुरुप त्यसको उपयोगिताबारे मार्ग निर्देशन दिंदै समाज सक्षम र जिम्मेवार महिलाको रुपमा अगाडि वढाउन सहयोग गर्ने हेतुले यो कार्यक्रमलाई विस्तार गरिन लागिएको हो । विगत १४ वर्ष देखि काठमान्डौमा रहेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा विभिन्न सामाजिक सांस्कृतीक तथा मनोरञ्जनात्मक कार्यक्रमहरु गर्दै आएको मिडियाले विगत ५ वर्ष देखि निरन्तर रुपमा यो प्रतियोगितात्मक कार्यक्रम गर्दै आएको छ । यो छैटौं संस्करण...
स्पेश फोर केमा एकसाथ किड्स डान्स,र्याप स्टार र डेटिङ रियालिटी शो आउँदै
मनोरन्जन, समाचार

स्पेश फोर केमा एकसाथ किड्स डान्स,र्याप स्टार र डेटिङ रियालिटी शो आउँदै

काठमाडौं, १ पुस । स्पेस फोर के टेलिभिजनले एकसाथ तीन वटा रियालिटी शो घोषणा गरेको छ । टेलिभिजनले बालबालिकाहरुको नृत्य शो ‘जस्ट डान्स लिटिल मास्टर्स’, युवाहरुको नृत्य शो ‘र्याप स्टार’ र डेटिङ गेम शो ‘फस्ट डेट’ घोषणा गरेको हो । काठमाडौंको एक पाँच तारे होटलमा पत्रकार सम्मेलन गरी स्पेस फोर के ले एकसाथ तीनवटा रियालिटी शोको टिजर र त्यसको अवधारणा सार्वजनिक गर्नुका साथै सबै शोका निर्णायक, निर्देशक र टिम समेत सार्वजनिक गरेको छ । पत्रकारहरुको बाक्लो सहभागिता रहेको पत्रकार सम्मेलनमा तीन वटै रियालिटि शोका निर्णायक तथा निर्देशकहरुले आ–आफ्नो शोका बारेमा जानकारी गराएका थिए । र्याप स्टारको निर्णायकमा चर्चित र्यापर गिरिश खतिवडा, मिस्टर डी सन्दिप बिस्ट र अभिजित भण्डारी रहेका छन् । त्यसैगरी जस्ट डान्स लिटिल मास्टर्समा चर्चित नायिका सञ्चिता लुईटेल, चर्चित कोरियोग्राफर प्रदिप लामा, वलिउडमा काम गरेर चर्चा कमाए...
नव वर्षमा गोर्खा वीचमा ‘न्यू ईयर्स इभ ट्रेडिसनल फेशन शो’ हुदै
मनोरन्जन, समाचार

नव वर्षमा गोर्खा वीचमा ‘न्यू ईयर्स इभ ट्रेडिसनल फेशन शो’ हुदै

अंग्रेजी नव वर्ष २०२३ को अवसरमा ‘न्यू ईयर्स इभ ट्रेडिसनल फेशन शो २०२२’ को आयोजना हुने भएको छ । अंग्रेजी नव वर्षको प्रारम्भ तथा २०२२ को अन्तिम दिन अर्थात डिसेम्वर ३१ का दिन उक्त भव्य शो आयोजना हुने भएको हो । प्याजेन्ट नेपाल तथा द ग्रुप फोर क्रियसनको संयुक्त आयोजनामा हुने उक्त फेशन शो र्याफटिङ्गका लागि लोकप्रिय रहेको कुरिनटारको गोर्खावीच रिसोर्टमा हुने छ । कार्यक्रममा नेपाली लोक पहिचान झल्कने फेशन शो का साथै नेपालका चर्चित लोकप्रिय राष्ट्रिय कलाकारहरुको आकर्षक प्रस्तुती रहने छ । जसमा गायक सपन श्रेष्ठ, गायक कृष्ण भट्टराई, गायक अर्जुन बिक लगायतको साँगीतिक प्रस्तुती रहने छ । लोकप्रिय हांस्य कलाकार गोपाल ढकाल ‘छन्दे’ले संचालन गर्ने कार्यक्रममा नायक श्रीदेव भट्टराई तथा मोडल शिलाष्मा हमाल,मोडल निशान श्रेष्ठको प्रस्तुती रहनुका साथै करीब १ दर्जन मोडलहरुको र्याम्प शो रहने छ । नेपालका चर्...
प्लस साईज मोडल नेपाल हुँदै, अडिसन पुस ९ गते
मनोरन्जन, समाचार

प्लस साईज मोडल नेपाल हुँदै, अडिसन पुस ९ गते

काठमाडौँ —  धेरै युवतीहरु शरीरको मोटोपना बढ्दा चिन्तित हुन्छन् । तर, यही मोटोपनाले कहिलेकाहीँ अवसरको ढोका पनि खोलिदिन्छ । यस्तै एउटा अवसर हो, ‘प्लस साइज मोडल नेपाल ।’ सौन्दर्य प्रतियोगितामा आफ्नो अलग्गै छवी बनाएको मोडल सङ्ग्स नेपालले मोटी युवतीहरुलाई लक्षित गरेर आयोजना गर्दै आएको नेपालको मोडलिङ सम्बन्धी प्रतिष्ठित प्रतियोगिता ‘प्लस साईज मोडल नेपाल’ को चौथो संस्करण सुरु गर्ने भएको छ । वूमनियाको प्रस्तुतीमा आयोजक मोडल सङ्ग्स नेपालले ‘प्लस साईज मोडल नेपाल २०२३’ को आवेदन खुल्ला भएको जनाएको छ । प्रतियोगितामा १६ देखि ४० बर्ष सम्मका विवाहित तथा अविवाहित दुवै समूहका युवती/महिलाहरुले भाग लिन पाउने छन् । प्रतियोगितामा सहभागतिाका लागि ५५ केजीभन्दा माथिको तौल भई स्पष्ट रूपमा मोटोपना देखिएको हुनुपर्ने प्रावधान रहेको आयोजकले जनाएको छ । मोडल सङ्ग्स नेपालको आयोजनामा संचालित प्रतियोगिता देशभर छरिएर...
चौथौं नेपाल अन्तराष्ट्रिय चलचित्र महोत्सव शुरु, ३४ राष्ट्रको सहभागिता
मनोरन्जन, समाचार

चौथौं नेपाल अन्तराष्ट्रिय चलचित्र महोत्सव शुरु, ३४ राष्ट्रको सहभागिता

काठमाडौं – चौथौं नेपाल अन्तराष्ट्रिय चलचित्र महोत्सव २०७९ को उदघाटन भव्यता का साथ आयोजना गरी सम्पन्न गरियो। काठमाडौं दरबारमार्ग मा रहेको राइजिङ मल मा चौथौं नेपाल अन्तराष्ट्रिय चलिचित्र महोत्सवमा प्रमुख अथिती का रूप मा नेपाल चलचित्र विकास बोर्ड का कार्यकारी अधक्ष्य भुवन केसी ज्यू एबम् नेपाल को प्रथम महिला अभिनेत्री भुवन चन्द,त्यसै गरी नेपाल को पहिलो हास्य महिला कलाकार वसुन्धरा भुसाल, अन्तराष्ट्रिय निर्देशक तथा निर्माता एलिना नोडेल, एन मेटि स्कपलरेन लगायत का बिशेष अतिथि हरुको उपस्थिति मा एबम् नेपाल संस्कृति तथा चलचित्र केन्द्रका अधक्ष्य सन्तोष सुवेदीको सभापतित्व मा आयोजना गरिएको थियो।उक्त महोत्सब मा विभिन्न राष्ट्रीय तथा अन्तराष्ट्रिय चलचित्रकर्मीहरु, निर्माता तथा निर्देशक हरु की उपस्थिति रहेको थियो।उक्त महोत्सवमा नेपाल चलचित्र विकास बोर्ड का कार्यकारी अधक्ष्य भुवन केसी ज्यू ले महोत्सव को ला...
स्नेही काखको सहयोगार्थ ‘गाँस’को च्यारिटी शो हुदै
मनोरन्जन, समाचार

स्नेही काखको सहयोगार्थ ‘गाँस’को च्यारिटी शो हुदै

नेपाल स्नेही काखले गाँस नामक लघु चलचित्र प्रदर्शन गर्ने भएको छ । मानसिक सन्तुलन गुमाएर सडकमा रहेका बेवारिसेहरुलाई सरंक्षण गर्दै आएको उक्त संस्थाले आगामी पुष १७ गते काठमाडौंको अष्ट नारायण हलमा उक्त चलचित्र प्रदर्शन गर्ने भएको हो । मानसिक स्वास्थ्यबिना स्वास्थ्यको कुनै अर्थ छैन त्यसैले पहिला आहारबिहारमा ध्यान दिदै स्वस्थ जीवनको सुख र खुसी साटासाट गरौं भन्ने मुल मन्त्रका साथ लामो समयदेखि बेवारिसे अवस्थामा रहेका मानिसहरुको सेवा गर्दै आएको स्नेही काखले धेरैजना असहायहरुको उद्धार गरिसकेको छ । विभिन्न कारणबाट मानसिक सन्तुलन गुमाएका र घरपरिवारबाट बेवास्ता गरिएका कारण बाँच्ने आधार समेत नभएका सडक मानवहरुको निमित्त सन् २०१० देखि निरन्तर सेवा गर्दै आएको नेपाल स्नेही काखमा करिब ९० जना बेवारिसेहरु छन् । जसको लालनपालन र स्वास्थ्य अवस्थाको जिम्मेवारी लिएको उक्त सँस्थाले दाताहरूको सहयोगमा गुजारा चलाइरहेक...
“मिस इकलेज २०२३” को लागि आवेदन फारम खुल्ला
मनोरन्जन, समाचार

“मिस इकलेज २०२३” को लागि आवेदन फारम खुल्ला

मंसिर १९, काठमाडौं, विगत १४ वर्ष देखि निरन्तररुपमा विभिन्न सौन्दर्य प्रतियोगीताहरुको आयोजना गर्दै आएको सिजन मिडियाले मिस ईकलेज २०२३ को एघारौंै संस्करणको लागि आवेदन फारम खुल्ला गरिएको जानकारी दिएको छ । उपत्यका लगायत मोफसलका विभिन्न कलेजमा अध्ययरत १६ वर्ष देखि २५ वर्ष सम्मका छात्राहरुलाई मध्यनजर राखि “ मिस ईकलेज २०२३” को आयोजना गर्न लागिएको सिजन मिडियाका कार्यक्रम निर्देशक रेजिना तुलाधरले वताउनु भयो । कलेज स्तरका युवतीहरुको शैक्षिक विकास , व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, वैदेशिक शिक्षाको लागि अवसर साथै उनीहरुको आन्तरीक क्षमता उजागर लगायत नेतृत्वदायी क्षमताको विकास गराई एक शिक्षित व्यक्तिको रुपमा अगाडि आउन सहयोग गर्ने हेतुले यो कार्यक्रम गरिएको हो । विगत १३ वर्षदेखि काठमाडांैमा रहेर राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा विभिन्न सामाजिक सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रमहरु गर्...