नव वर्षमा गोर्खा वीचमा ‘न्यू ईयर्स इभ ट्रेडिसनल फेशन शो' हुदै - राष्ट्रपत्र
आइतवार, मंसिर १७, २०८०

नव वर्षमा गोर्खा वीचमा ‘न्यू ईयर्स इभ ट्रेडिसनल फेशन शो’ हुदै


अंग्रेजी नव वर्ष २०२३ को अवसरमा ‘न्यू ईयर्स इभ ट्रेडिसनल फेशन शो २०२२’ को आयोजना हुने भएको छ । अंग्रेजी नव वर्षको प्रारम्भ तथा २०२२ को अन्तिम दिन अर्थात डिसेम्वर ३१ का दिन उक्त भव्य शो आयोजना हुने भएको हो । प्याजेन्ट नेपाल तथा द ग्रुप फोर क्रियसनको संयुक्त आयोजनामा हुने उक्त फेशन शो र्याफटिङ्गका लागि लोकप्रिय रहेको कुरिनटारको गोर्खावीच रिसोर्टमा हुने छ । कार्यक्रममा नेपाली लोक पहिचान झल्कने फेशन शो का साथै नेपालका चर्चित लोकप्रिय राष्ट्रिय कलाकारहरुको आकर्षक प्रस्तुती रहने छ । जसमा गायक सपन श्रेष्ठ, गायक कृष्ण भट्टराई, गायक अर्जुन बिक लगायतको साँगीतिक प्रस्तुती रहने छ ।

लोकप्रिय हांस्य कलाकार गोपाल ढकाल ‘छन्दे’ले संचालन गर्ने कार्यक्रममा नायक श्रीदेव भट्टराई तथा मोडल शिलाष्मा हमाल,मोडल निशान श्रेष्ठको प्रस्तुती रहनुका साथै करीब १ दर्जन मोडलहरुको र्याम्प शो रहने छ । नेपालका चर्चित फेशन डिजाईनर तथा आयोजक प्याजेन्ट नेपालकी कार्यकारी निर्देशक मोमोथा बस्नेत लगायतको आकर्षक डिजाईनमा सजिएर मोडलहरुले विभिन्न प्रस्तुती दिने जानकारी आयोजक अविनाश पराजुलीले जानकारी दिए । नेपाली कला संस्कृति, मौलिक पहिरन र सम्पदालाई कार्यक्रम मार्फत प्रवद्र्धन र विकासका निमित्त लागि पर्दै आएको संस्था द ग्रुप फोर क्रियसनले विगत १ दशक भन्दा लामो समयदेखि पर्यटन क्षेत्रका लागि समेत विविध कार्यक्रम समेटेर आर्थिक विकासमा योगदान दिदै आएको कार्यक्रमका व्यबस्थापक समेत रहेका अविनाश पराजुलीले बताए ।

कार्यक्रममा उपस्थित हुनेले र्याफटिङ्गको मज्जा सहित मनकामना मन्दिरको दर्शन लगायत गोर्खावीच रिसोर्टमा खाने वस्ने समेतको सुविधा रहेको आयोजक द ग्रुप फोर क्रियसनका प्रबन्ध निर्देशक गणेश थापाले जानकारी दिए । कार्यक्रमलाई महोत्सवको रुपमा लिएको र कार्यक्रम अवधिभर उपस्थिती जनाउनेलाई पूर्ण मनोरन्जन प्रदान गर्न विभिन्न खेलकुदका कार्यक्रमहरु वीच फुटवल, वीच भलिवल लगायत विभिन्न रमाईला कार्यक्रमको आयोजना गरिने आयोजक तथा फेशन डिजाईनर बस्नेतले जानकारी दिईन् ।

विगत १ दशक भन्दा लामो समयदेखि ईभेन्ट क्षेत्रमा सक्रिय रहेकी बस्नेतले हाल सम्म थुप्रै सफल कार्यक्रम मार्फत कार्यक्रम व्यबस्थापनमा ख्याती कमाएकी छिन । सामाजिक कार्यमा समेत सक्रिय बस्नेतको मुख्य व्यबस्थापनमा हुने कार्यक्रम सफल हुनेमा आयोजक कमिटी ढुक्क रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *