म्याक्स नेपालको 'लुरी' सार्वजनिक(भिडियो) - राष्ट्रपत्र
बुधबार, फाल्गुन १६, २०८०

म्याक्स नेपालको ‘लुरी’ सार्वजनिक(भिडियो)


दोहा । गायक म्याक्स नेपालको स्वरमा रहेको गीत ‘लुरी’को भिडियो सार्वजनिक भएको छ । लामो समयदेखि कतारमा रहि व्यापार व्यवसायसंगै सांगीतिक क्षेत्रमा समेत सक्रिय गायक म्याक्स स्वयं फिचर्ड भिडियोमा उनलाई मोडल निशा मगरले अभिनयमा साथ दिएकी छिन । कतारको दोहामै छायांकन भएको भिडियोको गीतलाई शमन खड्काको शव्द र उनकै संगीत रहेको छ । निरज थापाको एरेन्ज रहेको गितलाई संगीत महल क्रियसनले निर्माण गरेको हो भने छायांकन तथा निर्देशन समेत थापाले नै गरेका हुन ।

म्याक्सका यस अघिका थुप्रै गीतले विभिन्न राष्ट्रिय अन्तराष्ट्रिय अवार्ड जित्न सफल भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *