काठमाडौं – चौथौं नेपाल अन्तराष्ट्रिय चलचित्र महोत्सव २०७९ को उदघाटन भव्यता का साथ आयोजना गरी सम्पन्न गरियो। काठमाडौं दरबारमार्ग मा रहेको राइजिङ मल मा चौथौं नेपाल अन्तराष्ट्रिय चलिचित्र महोत्सवमा प्रमुख अथिती का रूप मा नेपाल चलचित्र विकास बोर्ड का कार्यकारी अधक्ष्य भुवन केसी ज्यू एबम् नेपाल को प्रथम महिला अभिनेत्री भुवन चन्द,त्यसै गरी नेपाल को पहिलो हास्य महिला कलाकार वसुन्धरा भुसाल, अन्तराष्ट्रिय निर्देशक तथा निर्माता एलिना नोडेल, एन मेटि स्कपलरेन लगायत का बिशेष अतिथि हरुको उपस्थिति मा एबम् नेपाल संस्कृति तथा चलचित्र केन्द्रका अधक्ष्य सन्तोष सुवेदीको सभापतित्व मा आयोजना गरिएको थियो।उक्त महोत्सब मा विभिन्न राष्ट्रीय तथा अन्तराष्ट्रिय चलचित्रकर्मीहरु, निर्माता तथा निर्देशक हरु की उपस्थिति रहेको थियो।उक्त महोत्सवमा नेपाल चलचित्र विकास बोर्ड का कार्यकारी अधक्ष्य भुवन केसी ज्यू ले महोत्सव को लागि शुभकामना बेक्त गर्नु का साथै चलचित्र लाई संवर्धन एबम् प्रवर्धन गर्नु को नियमित उहाँ को अहम भूमिका रहने कुरा प्रतिबद्धता जनाउनु भएको थियो।
त्यस्तै गरी भुवन चन्द र वसुन्धरा भुसाल ज्यू ले पनि महोत्सवको सफलता को लागि कामना सहित विदेश तथा सोदेश बाट पाल्नु भएको पाहुना हरु लाई स्वागत गर्नु भएको थियो।उक्त महोत्सव मा ३४ राष्ट्र को सहभागिता रहेको थियो,सो महोत्सव मा महोत्सव का निर्देशक सन्तोष सुवेदी ज्यू ले महोत्सव मंसिर २२ ,२३ र २४ गते सम्म छनोट भएका चलचित्र हरु प्रदर्शन हुने कुरा को जानकारी गराउनु भएको थियो।सो महोत्सव मंसिर २४ गते नेपाल चलचित्र बिकास बोर्ड को हल मा बिजेता हरु लाई पुरस्कृत गरी महोत्सव सम्पन्न हुने कुरा जनाउनु भएको थियो ।