मनोरन्जन

रामेछाप सांस्कृतिक कलाकार समाजको सांस्कृतिक कार्यक्रम
मनोरन्जन, समाचार

रामेछाप सांस्कृतिक कलाकार समाजको सांस्कृतिक कार्यक्रम

रामेछाप सांस्कृतिक कलाकार समाजको नेतृत्वमा कल्याणकारी कोषको स्थापना भएको छ ।राजधानीमा एक कार्यक्रम गरि कोषको स्थापना गर्नुका साथै बृहत सांस्कृतिक कार्यक्रम समेत सम्पन्न भएको छ ।  संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री सुदन किराँतीको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा कोषको स्थापना गरिएको हो । कोषको स्थापनाको उद्घाटन गर्दै मन्त्री किराँतीले मन्त्रालयबाट सक्ने सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो । उहाँले पछिल्लो समय संस्कृतिमा आएको बिकृतिलाई खुलेर बिरोध गर्नभयो ।त्यस्तै संघिय सांसद एवम नेपाली कांग्रेस रामेछापका सभापति कान्छाराम तामाङले कला संस्कृतिलाई संरक्षण गर्नु हामी सबैको दाहित्व भएको भन्दै कलाकार समाजको कल्याणकारी कोषमा ३३ हजार रकम सहयोग गर्नुभएको छ । त्यसैगरी, पुर्वराज्यमन्त्री श्यामकुमार श्रेष्ठ,प्रदेश सांसद तारानारायन श्रेष्ठ,युवराज चौलागाई,पुर्वसभासद लक्ष्मी गुरुङ...
हिमालयन अन्तर्राष्ट्रिय अवार्ड: वरिष्ठ गायिका शाहलाई दीर्घ साधना सम्मान
मनोरन्जन, समाचार

हिमालयन अन्तर्राष्ट्रिय अवार्ड: वरिष्ठ गायिका शाहलाई दीर्घ साधना सम्मान

विमेन्स एरा एण्ड मिडिया ग्रुप प्रा.लि. नेपालको आयोजनामा हिमालय अन्तर्राष्ट्रिय अवार्डको तेस्रो संस्करण सम्पन्न भएको छ । राजधानीको जमलस्थिति होटल एलो प्यागोडामा परराष्ट्रमन्त्री एनपी साउदको प्रमुख आतिथ्यतामा एक भव्य र विशेष समारोहबीच शनिबार अवार्ड सम्पन्न भएको हो । अवार्ड समारोहमा वरिष्ठ गायिका तथा संकलक चन्द्रकला शाहलाई नगद राशीसहित दीर्घ साधाना सम्मान अर्पण गरिएको थियो । समारोहमा रङ्ग पत्रकारिता सम्मानबाट सञ्चारकर्मी पत्रकार हेम सुवेदी, सानुकाजी श्रेष्ठ, राजेन्द्र लुईंटेल, सूर्य चन्द, सुमन सापकोटा, शिबराम भण्डारी र फोटो पत्रकार महम्मद जलिमलाई दोसल्ला, माला र सम्मान पत्रद्वारा प्रमुख अतिथि मन्त्री साउदले सम्मान गर्नुभएको थियो । यस्तै, हिमालयन सामाजिक व्यक्तित्व सम्मान-२०७९बाट वसुन्धरा लामा, सावित्री लामा, सुरेन्द्रप्रसाद सञ्जेल, हिक्मत कार्कीलाई दोसल्ला, माला र सम्मान पत्रद्वारा प्रमुख ...
अग्रज श्रेष्ठ बने ‘मोडल अफ दी ईयर नेपाल’
मनोरन्जन, समाचार

अग्रज श्रेष्ठ बने ‘मोडल अफ दी ईयर नेपाल’

तेश्रो संस्करणको ‘मोडल अफ दी ईयर नेपाल’ को शीर्ष उपाधी अग्रज श्रेष्ठले जितेका छन्। ड्रीम मोडलिङ एजेन्सी एन्ड ईभेन्ट मेनेजमेन्टद्वारा ईटहरीस्थित दुर्गा पार्टी प्यालेसमा सम्पन्न उक्त प्रतियोगिताको अन्तिम स्पर्धामा अन्य प्रतिस्पर्धीहरुलाई पछि पार्दै श्रेष्ठले शीर्ष ताज पहिरीएका हुन् । बिजेताले शिर्ष उपाधीसंगै नगद रु २०,००० सहित ५ लाख बराबरको विमा, ३ लाख बराबरको आकर्षक उपहारहरुसंगै विभिन्न म्युजिक भिडियो, विज्ञापन तथा शर्ट मुभीहरुमा अभिनय गर्ने अवसर प्राप्त गरेका छन। प्रतियोगितामा प्रसन राउतले फर्स्ट रनरअपको ताज हात पारे भने मनिश शंकरले सेकेन्ड रनरअपको ताज पहिरिन सफल भए। राउत र शंकरले उपाधीसंगै क्रमशः नगद रू १५ हजार सहित ३ लाख बराबरको बीमा र १० हजारसहित २ लाखबराबरको बीमा र अन्य आकर्षक पुरस्कारहरु प्राप्त गरेका छन। त्यसैगरी अर्गनाईजर चोईसको अवार्ड भने कृपा राईले हात पारेकी छिन। प्रेक्ष्या कट...
रोटर्याक्ट क्लब अफ कान्तिपुरले रोटा रनको आयोजना गर्ने
मनोरन्जन, समाचार

रोटर्याक्ट क्लब अफ कान्तिपुरले रोटा रनको आयोजना गर्ने

काठमाडौं । रोटर्याक्ट क्लब अफ कान्तिपुरले मिनी म्याराथन (रोटा रन- २०२३) को आयोजना गर्ने भएको छ । प्यारेन्टल क्लब रोटरी क्लब अफ कान्तिपुसँगको सहकार्यमा विश्व पृथ्वी दिवसको अवसरमा २२ अप्रिलका दिन (एसडिजीएस) लाई पहिचान गरी उक्त कार्यक्रम मनाउने गरी मिनी म्याराथनको आयोजना गर्ने भएको हो । आयोजक संस्था रोटर्याक्ट क्लब अफ कान्तिपुरका अनुसार मिनी म्याराथनबाट संकलन भएका रकम विशेष कोष खडा गरि अटिस्टिक वालवालिकाहरुका लागि सहयोग प्रदान गरिने छ ।अटिस्टिक भएका बालबालिकाका लागि सेवा प्रदान गर्ने मान्यता प्राप्त संस्था नेपाल एकेडेमी अफ साइकोलोजीमा अटिस्टिक बालबालिकाको कल्याणका लागि परोपकारको उद्देश्य अनुरुप सो रकम प्रदान गरिन लागिएको हो । रोटर्याक्ट क्लब एउटा समुदायमा आधारित संस्था हो जसमा १८ वर्ष र माथिका सदस्यहरू छन्, जसले आफूले सञ्चालन गर्ने तालिम, सेमिनार वा कार्यशालाहरू जस्ता कार्यक्रमहरू मार्फ...
बुनु श्रेष्ठको नेवारी गीत ‘बहनिया मिला’ सार्वजनिक(भिडियो)
मनोरन्जन, समाचार

बुनु श्रेष्ठको नेवारी गीत ‘बहनिया मिला’ सार्वजनिक(भिडियो)

काठमाडौं। नेपाली आधुनिक संगीतमा गायिका बुनु श्रेष्ठको गायन यात्राले दशकौं पार गर्न लागिसकेको छ। अढाई सय नेपाली गीतमा सुमधुर स्वर दिइसकेकी छन्। यद्यपि, गायन यात्रामा चुपचाप छायांमा नै पर्दैआएकी उनै गायिका बुनु श्रेष्ठले नेपालभाषाको सांगीतिक क्षेत्रमा पनि आयामिक रुपमा आफूलाई प्रस्तुत गरेकी छन्। नेपालभाषामा पहिलो पल्ट बहनिया मिला अर्थात रातको जुन बोलको गीत शनिवार काठमाडौंमा सार्वजनिक गरेर आफूलाई नेपालभाषाको बलियो गायिका मात्र नभइकन नायिकाको रुपमा प्रस्तुत गर्न सफल भएकी छन्। https://www.youtube.com/watch?v=m1Sc4DGSPNA आफ्नो गायनको गीत बहनिया मिलामा आफै नायिका बनेर बुलन्द अभिनय गरेकी बुनु श्रेष्ठ गायिका मात्र नभइकन नायिका पनि हुन भन्ने प्रमाणित गरेको छ। जुन गीतमा गायिका बुनु श्रेष्ठको अभिनयमा नेपाली चलचित्रका युगिन नायक धीरेन शाक्यले साथ दिएका छन्। बढी नेपाली चलचित्रमा मात्र सक्रिय बनिर...
‘गीता एभिएसन ग्यालेक्सि एक्सिलेन्स अवार्ड’:प्रदिप खड्का देखि भिम उपाध्यायसम्म लाई अवार्ड
मनोरन्जन, समाचार

‘गीता एभिएसन ग्यालेक्सि एक्सिलेन्स अवार्ड’:प्रदिप खड्का देखि भिम उपाध्यायसम्म लाई अवार्ड

काठमाडौं । गीता एभिएसन ग्यालेक्सि एक्सिलेन्स अवार्डको दोश्रो संस्करण भव्य रुपमा सम्पन्न भएको छ । होटल हायात प्यालेसमा सम्पन्न उक्त कार्यक्रमा चलचित्र, साहित्य, वातावरण लगायत विभिन्न क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याउदै आएका ३७ जना प्रतिष्ठित व्यक्तित्वहरुलाई ग्यालेक्सि अवार्ड प्रदान गरिएको छ । निकिला मिडिया नेटवर्क, पव्लिक सूचना तथा भवानी इन्टरटेनमेन्टको सँयुक्त आयोजनामा ​सम्पन्न उक्त कार्यक्रममा चलचित्र, मोडलिङ, शिक्षा, साहित्य, स्वास्थ्य, गैरसरकारी सँस्था, सञ्चार, वातावरण, कला तथा सँस्कृति,खेलकुद लगायतका करिव डेढ दशकभन्दा लामो समयदेखि सक्रिय रहदै आएका उत्कृष्ट व्यक्तित्वहरुलाई अवार्ड वितरण गरिएको हो । प्रत्येक वर्ष करिव २ दशक भन्दा लामो समय क्रियाशील रहेर आफ्नो क्षेत्रबाट देश र समाजमा योगदान दिने व्यक्तित्वलाई राष्ट्र सेवा सम्मान गरिदै आएकोमा यस वर्ष  नेपाल महिला चेम्बरकी अध्य...
रामेछाप साँस्कृतिक कलाकार समाजले नयाँ बर्षमा साँस्कृतिक कार्यक्रम गर्ने
मनोरन्जन, समाचार

रामेछाप साँस्कृतिक कलाकार समाजले नयाँ बर्षमा साँस्कृतिक कार्यक्रम गर्ने

रामेछाप कलाकार समाजले नयाँबर्षको अवसरमा आगामी बैशाख ९ गते साँस्कृतिक कार्यक्रम गर्ने भएको छ । कलाकार कल्याणकारी कोष स्थापनाका लागी साँस्कृतिक कार्यक्रमका साथै स्रष्टा सम्मान कार्यक्रम आयोजना गर्ने समाजले जनाएको छ । रामेछाप बाट निर्वाचित संघिय र प्रदेश प्रतिनिधिलाई सम्मान गर्नका साथै कलाकार कल्याणकारी कोष स्थापनाकालागी सांस्कृतिक कार्यक्रम समेत आयोजना गर्ने रामेछाप सास्कृतिक कलाकार समाजका अध्यक्ष कुमार कार्कीले बताएका छन् । रामेछाप साँस्कृतिक कलाकार समाजले उक्त कार्यक्रम बारे जानकारी दिने उद्देश्यले पत्रकार सम्मेलनको आयोजना गरेको थियो । साँस्कृतिक कार्यक्रमबाट उठेको रकमले कल्याणकारी कोष स्थापना गरिने समाजको उदेश्य रहेको संस्थाका उपाध्यक्ष सन्ध्या सानुले बताईन ।...
गायक रमेश पाठकको ‘तिमी नै तिमी’ मा मोडल शिला गजुरेल (भिडियो)
मनोरन्जन, समाचार

गायक रमेश पाठकको ‘तिमी नै तिमी’ मा मोडल शिला गजुरेल (भिडियो)

काठमाडौं । हालै विवाह बन्धनमा बाँधिएका गायक एवं सङ्गीत व्यवसायी रमेश पाठकले आफ्नो जीवनमा परेका सकारात्मक प्रभाव र महत्वलाई साङ्गीतिक स्वरुप दिएका छन । पाठकको आफ्नै युट्युव च्यानल ‘रमेश पाठक’वाट सार्वजनिक गरिएको म्युजिक भिडिओ ‘तिमी नै तिमी’ मा उनले आफ्नो बिबाह र दुई आत्माको मिलन पछिका असीमित खुशीहरु पोखेका छन् । गायक पाठककै शब्दरचना र सङ्गीतमा रहेको यस युगल गीतमा नारायण डंगोलको सङ्गीत संयोजन, नरेन्द्र वियोगीको मिक्सिङ तथा माष्टरिङ रहेको छ भने पाठकलाई गायनमा सुमना गुरुङले साथ दिएकी छिन् । https://www.youtube.com/watch?v=nokCY_Xge2A&t=1s ‘तिमी नै तिमी’ को भिडिओ राजाराम गिरीको निर्देशन एवं सम्पादनमा तयार भएको हो । जसमा योगेश दाहाल, निमेष गुरागाईं र राजाराम स्वयमको सिनेम्याटोग्राफी रहेको छ । भिडिओमा रङ्ग सम्पादन भने दिनशन शाहले गरेका छन् । केही दृश्य वास्तविक र केही अभिनय रहेको यस भ...
सत्यकलाको शव्द र अभिनयमा ‘तिम्रो यादले रोगी बनायो'(भिडियो)
मनोरन्जन, समाचार

सत्यकलाको शव्द र अभिनयमा ‘तिम्रो यादले रोगी बनायो'(भिडियो)

काठमाडौं । गीतकार सत्यकला बमजनले आफ्नो शब्दमा एउटा मर्मस्पर्शी गीत रेकर्ड गराएर म्युजिक भिडियोको साथमा सार्वजनिक गरेकी छिन् । गायिका अस्मिता अधिकारीको स्वरमा रहेको ‘तिम्रो यादले रोगी बनायो’ गीत निकै मार्मिक र गहन छ । गीतमा सत्यकलाले आफ्नो उत्कृष्ट शब्दको साथमा अभिनय पनि गरेकी छिन् । https://www.youtube.com/watch?v=t9b-Rhyr93I बादल थापाको संगीत तथा सुबिन सेन्चुरीको संगीत संयोजन पनि भिडियोमा सत्यकलालाई ज्ञानु नेपाली , कृष्टिना केसी ,आराध्य आरएल डिसी र बिनोद चौलागाईले साथ दिएका छन् ।  बिक्रम चौहानको कथा निर्देशन , मिलन विश्वकर्माको सम्पादन र प्रकाश खड्काको छायांकन रहेको छ यो म्युजिक भिडियो एएमएस ईन्टरटेनमेन्ट नामको युट्यूब च्यानलबाट सार्वजनिक भएको हो ।...
गीतकार लोकराजको ‘तिम्रो संसार बेग्लै भयो’ सार्वजनिक(भिडियो)
मनोरन्जन, समाचार

गीतकार लोकराजको ‘तिम्रो संसार बेग्लै भयो’ सार्वजनिक(भिडियो)

काठमाडौं । प्रसिद्ध गीतकार लोकराज अधिकारीले आफनो ४३ औ जन्मदिनको अबसरमा नयाँ गीतको म्यूजिक भिडियो सार्बजनिक गरेका छन । गीतकार अधिकारीले शनिवार सार्बजनिक गरेको ‘तिम्रो संसार बेग्लै भयो ’ बोलको गीतमा प्रबिण बेडवालको स्वर रहेको छ भने ज्योती प्रकाशको संगीत रहेको छ । मनोहर सुनामले संगीत संयोजन गरेको गीतलाई प्रिज्म रेकर्डिङ स्टुडियोका कृष्ण भान्जाले रेकर्डिङ र स्याम स्बेत रसाईलीले मिक्सीङ मास्र्टरिङ गरेका हुन । https://youtu.be/eRatgxZo37I नेपाली सुगम संगीत र चलचित्रमा गीतलेखेर नाम कमाएका गीतकार अधिकारीले यो गीत पनि सुगम संगीत मनपराउने दर्शक श्रोता बाट मायाँ पाउने आशा गरेका छन् । गीतको भिडियोमा अमेरिका बस्दै आएका प्रतिभाशाली मोडल बिकाश चौहान र अभिनेत्री रुषा न्यौपानेको मुख्य भुमिका छ । अन्तरजातिय प्रेम र बियोगको कथा रहेको म्यूजिक भिडियोमा रमेश खडका सूर्य ओली लगायतको पनि अभिनय छ । उत्सव दा...