गायक रमेश पाठकको ‘तिमी नै तिमी’ मा मोडल शिला गजुरेल (भिडियो)

काठमाडौं । हालै विवाह बन्धनमा बाँधिएका गायक एवं सङ्गीत व्यवसायी रमेश पाठकले आफ्नो जीवनमा परेका सकारात्मक प्रभाव र महत्वलाई साङ्गीतिक स्वरुप दिएका छन । पाठकको आफ्नै युट्युव च्यानल ‘रमेश पाठक’वाट सार्वजनिक गरिएको म्युजिक भिडिओ ‘तिमी नै तिमी’ मा उनले आफ्नो बिबाह र दुई आत्माको मिलन पछिका असीमित खुशीहरु पोखेका छन् । गायक पाठककै शब्दरचना र सङ्गीतमा रहेको यस युगल गीतमा नारायण डंगोलको सङ्गीत संयोजन, नरेन्द्र वियोगीको मिक्सिङ तथा माष्टरिङ रहेको छ भने पाठकलाई गायनमा सुमना गुरुङले साथ दिएकी छिन् ।

‘तिमी नै तिमी’ को भिडिओ राजाराम गिरीको निर्देशन एवं सम्पादनमा तयार भएको हो । जसमा योगेश दाहाल, निमेष गुरागाईं र राजाराम स्वयमको सिनेम्याटोग्राफी रहेको छ । भिडिओमा रङ्ग सम्पादन भने दिनशन शाहले गरेका छन् । केही दृश्य वास्तविक र केही अभिनय रहेको यस भिडिओमा रमेश पाठक र शिला गजुरेललाई सुन्दर जोडीको रुपमा देखिएको छ ।
बेहुला स्वयमको शब्द तथा सङ्गीत र स्वर रहेको गीतमा विवाह सहितका फुटेजहरु राखेर, बेहुला बेहुलीकै भावना र अभिनयमा निर्माण भएको म्युजिक भिडिओ सम्भवत विश्वमै यो पहिलो हुन सक्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *