मनोरन्जन

निर्देशनमा व्यस्त आयुष बिसि
मनोरन्जन, समाचार

निर्देशनमा व्यस्त आयुष बिसि

काठमाडौँ। रुकुम पश्चिममा ३१ बर्ष अघि जन्मेका यज्ञजंग बि.क. नेपाली चलचित्र क्षेत्रमा आयुष बिसिको नामले परिचित छन्। २०६८ सालमा अभिनयबाट आफ्नो करियर सुरु गरेका आयुष पछिल्लो समय सहायक निर्देशनमा व्यस्त छन्। ठुलो पर्दाको चलचित्र ‘द रिटर्न हिरो’, ‘लाटी’,’वृन्दावन’मा काम गरेको अनुभव संगै नयाँ चलचित्र ‘सायरा’मा अनुबन्ध भएका छन्। उनि पछिल्लो समय धेरै निर्देशकको रोजाइमा पर्न थालेका छन्। उनले थुप्रै भोजपुरी चलचित्रमा पनि सहायक निर्देशकको रुपमा काम गरी सकेका छन्। उनले काम गरेका भोजपुरी चलचित्र जय शम्भु,जान काहे बन गइलु,वन म्यान आर्मी हुन्। उनले दर्जन बढी शर्ट मुभीहरु निर्देशन गरी सकेका छन्। प्रतिभाका धनी यज्ञजंग बि.क. (आयुष बिसि) ले थुप्रै गीत पनी लेखेका छन्। उनले वेब सिरिज निल काँढा र प्रेमबाणी,रेडजोनको कथा पनी लेखेका छन्। उनले थुप्रै गीतमा शब्द कोरेका छन्। उनका थुप्रै गीतहरु रेकर्ड भएर सार्वजन...
शिवनको निर्देशनमा युवराजको पन्चेवाजा गीत “नाच्न मन लाउछ”(भिडियो)
मनोरन्जन, समाचार

शिवनको निर्देशनमा युवराजको पन्चेवाजा गीत “नाच्न मन लाउछ”(भिडियो)

काठमाडौं ।गायक युवराज छन्त्यालले नाच्न मन लाउँछ बोलको गीत सार्वजनिक गरेका छन्। उनले आफ्नै युट्युब च्यानलमार्फत् १२ मिनेट ४९ सेकेन्डको उक्त भिडियो सार्वजनिक गरेका हुन्। सात समुद्र तरेर आको धेरैपछि मायासँग भेट भाको नाच्न मन लाउँछ जस्ता शव्दले बुनिएको गीतले वैदेशिक रोजगारमा रहेकाको मर्म र भावनालाई समेटेको छ। छन्त्याल, जमुना राणा र सहिमा श्रेष्ठको स्वर रहेको गीतमा गीत तथा संगीत गायक छन्त्यालकै छ। भिडियोको निर्देशन तथा कोरियोग्राफी शिवन पोखरेलले गरेका हुन । https://www.youtube.com/watch?v=5tDhKn2ZAMU गीतको भिडियोमा नवीनश्री, सञ्चिता बोलखे, अमृत श्रेष्ठ, मुना भुर्तेल र बिनो दमहतो एन्ड टिमले अभिनय गरेका छन्। बाग्लुङका लोक गायक छन्त्यालको यसअघि बाजा बजाउँदै,चाइनातिर जाम, लास्टै टेन्सन भो जस्ता सन्देशमूलक गीत सार्वजनिक भइसकेका छन्।...
सुनिल गुरुङको ‘अ कम्प्लिट गितारकर्ड बुक’ लोकार्पण
मनोरन्जन, समाचार

सुनिल गुरुङको ‘अ कम्प्लिट गितारकर्ड बुक’ लोकार्पण

गितारिस्ट एवम् गायक सुनिल गुरुङको पुस्तक ‘अ कम्प्लिट गितारकर्ड बुक’ लोकार्पण गरिएको छ । शुक्रबार ठमेलमा एक विशेष समारोहबीच वरिष्ठ सङ्गीतकार किशोर गुरुङको प्रमुख आतिथ्यतामा उक्त पुस्तक लोकार्पण गरिएको हो । पुस्तकका लेखक सुनिल गुरुङ, ज्योति घिमिरे, एम शाही, गौरव शर्मा, ओम शाही, विक्रम थापालगायतले पुस्तकको लोकार्पण गर्नुभएको हो । यो पुस्तक गितार सिक्न चाहनेका लागि एकदमै उपयोगी रहेको प्रमुख अतिथिहरूले बताउनुभयो । उहाँहरूले गितार सिक्न चाहनेका लागि यस्तो खालको पुस्तक नेपाली पाठकमाझ नआएकाले यो धेरै उपयोगी हुने बताउनुभयो । सुनिल गुरुङ पुरानो पुस्ताको गायक तथा गितारिस्ट हुनुहुन्छ । उहाँले सन् १९८२ मा स्ट्रिङ्गस ब्याण्ड खोल्नुभएको थियो । यो ब्याण्डमा उहाँसँगै सुमन लामा, सुदेश देवान, निर्मल देवान, गौरव शर्मा र तिलक थापा मगर रहनुभएको थियो । यो ब्याण्डले थुप्रै गीत(संगीत बजारमा ल्याएको छ । ठमेलमा ल...
गायक रवि रिमालको “साथी त्यो मेरो चुतीयासाले” (भिडियो)
मनोरन्जन, समाचार

गायक रवि रिमालको “साथी त्यो मेरो चुतीयासाले” (भिडियो)

काठमाडौं । गायक रवी रिमालको नयाँ गित “साथी त्यो मेरो चुतीयासाले” सार्वजनिक भएको छ ।विभिन्न सामाजीक बिषयलाई गित संगितको माध्यमबाट प्रस्तुत गर्न सफल गायक तथा सर्जक रवि रिमालको सार्वजनिक गरीएको गितमा बाल्यकालका यादहरुलाई युवा अवस्थामा सम्झाउने कोसिस गरिएको छ । आफ्नो बाल्यकालको सम्झनाका तिता मिठा क्षणहरुलाई कथावस्तु बनाएर प्रस्तुत गरिएको गीतमा गायक  रिमालको स्वर, शब्द, संगीतसंगै भिडियोमा पनि उनकै कथा, प्रस्तुती र निर्देशन रहेको छ भने एरेन्ज भुपेन्द्र बज्राचार्य, अभिनय कुशल सिग्देल, केशिका सिग्देल, राजकुमार सिग्देल, सागर पोख्रेल, निशान न्यौपानेको रहेको छ । https://www.youtube.com/watch?v=V4MpMFoPmFU नवलपुर र त्यस वरीपरीको क्षेत्रमा सम्पन्न गरिएको यस भिडियोमा सतिस राईको छाँयाकन, सजिन महर्जनको सम्पादन रहेको छ ।डेढ दशक लामो सांगितिक यात्राामा निरन्तर लागि परेका गायक रिमाल पछील्लो समय थु...
गजित र गम्भीरको ‘काली काली’मा साथ दिईन समारिकाले(भिडियो)
मनोरन्जन, समाचार

गजित र गम्भीरको ‘काली काली’मा साथ दिईन समारिकाले(भिडियो)

काठ्मान्डाै। गायक राजेश पायल राईको स्वरमा ‘काली काली’ बोलको नयाँ गीत सार्बजनिक भएको छ। टी.एन आचार्यको शब्द रहेको गीतमा लक्ष्मण पोख्रेलले संगीत भरेका छन। गीतमा गजित बिष्ट, गम्भीर बिष्ट र मोडल सामारिका ढकाल फिर्चड छन। गजित र गम्भीर दुवै चल्तीका निर्देशक तथा काेरियाेग्राफर हुन ।गजितले चलचित्रमा समेत काम गरिसकेका छन। सम्बन्धले यी दुई दाजुभाइ पनि हुन। https://youtu.be/DjLitQlOc70 लामो अन्तरालपछि दुई दाजुभाइले एउटै गीतमा कम्मर मर्काएका छन। लामो समयपछी गजित र गम्भीरले सहकार्य गरेको रोमान्टिक डान्सिङ भिडियोलाई निर्देशक सुरेन्द्र बसेलले निर्देशन गरेका हुन। टी.एन आचार्यले नै निर्माण गरेको गीतलाई बिकास नेपालले कोरियोग्राफी गरेका छन। ‘द प्रिमियर प्रोडक्सन’ बाट सार्बजनिक भएको भिडियाेमा अशोक थापाको एरेन्ज, मनोज दङ्गाेलको मिक्सिङ र दिनेश पराजुलीको सिनेमाटाेग्राफी रहेको छ।...
सुदिक्षा वज्राचार्य र उषा हमाललाई यो वर्षको ‘मिस एण्ड मिसेस व्यूटिफुल’को उपाधी
मनोरन्जन, समाचार

सुदिक्षा वज्राचार्य र उषा हमाललाई यो वर्षको ‘मिस एण्ड मिसेस व्यूटिफुल’को उपाधी

काठमाडौं । दक्ष ईन्टरनेशनलको आयोजनामा यस वर्षको ‘एन प्लस प्रोफेसनल मिस एण्ड मिसेस व्यूटिफुल नेपाल’को ग्राण्ड फिनाले भव्य रुपमा सम्पन्न भएको छ । पूर्व मन्त्री जिवन राम श्रेष्ठको प्रमुख आतिथ्यता तथा पूर्व मन्त्री भगवती चौधरीको विशेष आतिथ्यतामा आयोजित उक्त प्रतियोगितामा यस वर्षको एन प्लस प्रोफेसनल मिस एण्ड मिसेस व्यूटिफुल नेपालको मिस तर्फकी काठमाडौंकी सुदिक्षा वज्राचार्य वन्न सफल भईन वज्राचार्यले उपाधी सहित मस्ट पंक्च्यूल तथा मस्ट टैलेन्ट टाईटल समेत जित्न सफल भईन भने मिसेस तर्फ पर्वतकी उषा हमालले मस्ट पपुलर र वेष्ट पर्सनालिटी सहित उपाधी जित्न सफल भईन । यसै गरि अन्य टाईटल जित्नेमा मिस तर्फ सन्तोषी रावल फस्ट रनर अप सहित मस्ट पपुलर तथा वेष्ट हेयर, विष्णु गुरुङ्ग, सेकेण्ड रनर अप तथा वेष्ट डान्सर, आर्जू खड्का थर्ड रनर अप तथा वेष्ट स्किन , माया बुढाथोकी भ्यूवर च्वाईस तथा वेष्ट स्माईल,सृष्टि ढकाल वे...
मोहन निरौलाको नेतृत्वमा चलचित्र कलाकार संघ
मनोरन्जन, समाचार

मोहन निरौलाको नेतृत्वमा चलचित्र कलाकार संघ

कलाकारको छाता सङ्गठन नेपाल चलचित्र कलाकार सङ्घको अध्यक्ष पदमा मोहन निरौला विजयी भएका छन् ।शनिबार सम्पन्न १९औँ साधारण सभामा उहाँ कुल खसेको चार सय ६८ मतमा दुई सय ३५ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनको निकटतम् प्रतिद्वन्द्वी अभिनेत्री रेजिना उप्रेतीले दुई सय नौ मत प्राप्त गरिन् । सङ्घ स्थापना हुँदा नै सदस्यमा रहेका निरौला त्यसपछि कार्यसमितिमा चार कार्यकाल महासचिव र तीन कार्यकाल उपाध्यक्ष रहिसकेका छन् । उपाध्यक्षमा कविता गेलालले एक सय ५१ मत र शिवहरि नेपाल ‘वैरागी’ ले एक सय ४० मत तथा महासचिवमा सविन श्रेष्ठले एक सय १२ मत प्राप्त गरेर विजयी भए । यस्तै सचिवमा रामेश्वर बुर्लाकोटीले दुई सय २३ मत र कोषाध्यक्षमा सुनिल कटुवालले दुई सय ६० मत प्राप्त गर्दै विजयी हुँदा सह कोषाध्यक्षमा पवित्रा आचार्य निर्विरोध निर्वाचित भइन् । सदस्यमा शीतल केसी सर्वाधिक तीन सय दुई मत ल्याएर विजयी भए । अन्य ...
जिनियस म्युजिक अवार्डको लागि आवेदन खुल्ला(अनलाईन फाराम)
मनोरन्जन, समाचार

जिनियस म्युजिक अवार्डको लागि आवेदन खुल्ला(अनलाईन फाराम)

जिनियस म्युजिक प्रा. लि. ले आफ्नो स्थापनाको १५औं वार्षिकोत्सवको सु-अवसरमा जिनियस म्युजिक अवार्डको   चौथो संस्करण “जिनियस म्युजिक अवार्ड–२०७९” आयोजना गर्ने घोषणा गरेको छ साथै उक्त अवार्डका लागि आवेदन पनि खुल्ला गरीसकेको छ  । नेपाली कला, संस्कृति हाम्रो पहिचान, संरक्षण प्रबद्र्धन गर्ने हाम्रो अभियान” भन्ने मूल मन्त्रलाई आत्मसात गर्दै नेपाली कला, भाषा र साङ्गीतिक क्षेत्रको विकास, विस्तार र प्रवद्र्धनका लागि क्रियाशिल हुँदै कलाकर्मीहरूलाई प्रोत्साहन एवम् सम्मान गर्दै उनीहरूको योगदानको कदर गर्नु नै जिनियस म्युजिक अवार्डको मुल उद्देश्य हो । यस कम्पनिले आफ्नो स्थापनाको दशौँ वर्ष पुरा गरेको शुअवसर पारेर ‘जिनियस म्युजिक अवार्ड’ स्थापना गरि २०७६ जेठ ११ गते प्रथम ‘जिनियस म्युजिक अवार्ड–२०७५’ सम्पन्न गरेको थियो। यस संस्थाले आफ्नो...
छैठौं ‘राष्ट्रिय समावेशी म्युजिक अवार्ड’भव्य रुपमा सम्पन्न
मनोरन्जन, समाचार

छैठौं ‘राष्ट्रिय समावेशी म्युजिक अवार्ड’भव्य रुपमा सम्पन्न

काठमाण्डौ–बरिष्ठ गायक तथा संगीतकार चन्द्र कुमार दोङलाई पिम नेपाल रजत सम्मान प्रदान गर्दै राष्ट्रिय समावेशी म्युजिक अवार्ड (निम अवार्ड) २०२३ भव्य रुपमा सम्पन्न भएको छ । पावर इन्टरनेशनल मिडिया नेपाल (पिम नेपाल) को आयोजनामा सम्पन्न भएको कार्यक्रममा संघिय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीे प्रमुख अतिथि रहनुभएको थियो । कार्यक्रममा विशिाष्ठ अतिथितका रुपमा पुर्व शिक्षा मन्त्री एवं पुर्व उपसभामुख चित्रलेखा यादव, बरिष्ठ अभिनेत्री बसुन्धरा भुषाल, चैत्यदेवी सिंह, चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामा, चलचित्र नृत्यकार संघका अध्यक्ष जनक कार्की, निर्देशक समाजका महासचिव जनकदिप पराजुली, चलचित्र निर्देशक ऋषि लामिछाने, अरुण प्रधान, बरिष्ठ नृत्य निर्देशक दिनेश पाख्रीन, डेल्फिक काउन्सील नेपालका अध्यक्ष श्रीदेव विएल, पत्रकार डब्बु क्षेत्री, जिवन पराजुली, विधान कार्की, विष्णु सुवेदी, कुवेर ग...
‘वेलुन’ सर्वोत्कृष्ट लघु चलचित्र ,थापाको ‘छोरी’लाई ईन्करेन्जमेन्ट अवार्ड
मनोरन्जन, समाचार

‘वेलुन’ सर्वोत्कृष्ट लघु चलचित्र ,थापाको ‘छोरी’लाई ईन्करेन्जमेन्ट अवार्ड

काठमाण्डौ – वर्षभरीकै सर्वोत्कृष्ट चलचित्र बन्दै लघुचलचित्र ‘बेलुन’ले ‘बेस्ट सट फिल्म अफ द इयर’ अवार्ड पाएको छ । ड्रिमवल्ड अफ फिल्म मेकर्स प्राइभेट लिमिटेड काठमाण्डौको आयोजनामा सम्पन्न भएको ‘सोसियल मिडिया फिल्म अवार्ड २०७८’ मा लघुचलचित्र बेलुनले सर्वोत्कृष्ट अवार्ड पाएको हो । नेपाल फिल्म एकेडेमीद्धारा सार्वजनिक यो लघुचलचित्रमा माओवादीकालको द्धन्द्धमा आधारित कथावस्तु समेटिएको छ । यस्तै उत्कृष्ट युट्युब भिडियो, ब्लक, उत्कृष्ट निर्देशक, ध्वनि संयोजक, अभिनेता, सम्पादक, निर्देशक, अभिनेत्रीलगायत गरी अन्य २२ जनाले समेत अवार्ड पाएको आयोजक ड्रिम वल्ड अफ फिल्म मेकर्सले जानकारी दिएको छ । यसैगरी तीन जनालाई सम्मान पनि गरिएको छ । नेपालकी पहिलो नायिका भुवनचन्द, आर्ट डाइरेक्टर निर्जल श्रेष्ठ र युवा पत्रकारिता पुरस्कार पत्रकार पारसमणि पौडेललाई १५ हजार पाँच सय ५५ रुपैयाँसहित खदा र प्रमाणपत्र प्रदान गरी स...