रामेछाप सांस्कृतिक कलाकार समाजको नेतृत्वमा कल्याणकारी कोषको स्थापना भएको छ ।
राजधानीमा एक कार्यक्रम गरि कोषको स्थापना गर्नुका साथै बृहत सांस्कृतिक कार्यक्रम समेत सम्पन्न भएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री सुदन किराँतीको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा कोषको स्थापना गरिएको हो ।
कोषको स्थापनाको उद्घाटन गर्दै मन्त्री किराँतीले मन्त्रालयबाट सक्ने सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो । उहाँले पछिल्लो समय संस्कृतिमा आएको बिकृतिलाई खुलेर बिरोध गर्नभयो ।
त्यस्तै संघिय सांसद एवम नेपाली कांग्रेस रामेछापका सभापति कान्छाराम तामाङले कला संस्कृतिलाई संरक्षण गर्नु हामी सबैको दाहित्व भएको भन्दै कलाकार समाजको कल्याणकारी कोषमा ३३ हजार रकम सहयोग गर्नुभएको छ ।
त्यसैगरी, पुर्वराज्यमन्त्री श्यामकुमार श्रेष्ठ,प्रदेश सांसद तारानारायन श्रेष्ठ,युवराज चौलागाई,पुर्वसभासद लक्ष्मी गुरुङ,रामेछाप नगरपालिकाका प्रमुख लब श्रेष्ठ लगायतले सुभकामना दिनुभएको थियो ।
त्यसैगरी कल्याणकारी कोषमा होमबहादुर बुढाथोकी २५ हजार,सुवान चौलागाई ३० हजार,रमेशबाबु श्रेष्ठ २५ हजार,गायिका सिता थापा १५ हजार,नायक शुसान्त कार्कीले १५ हजार,प्रकाश कटुवल १५ हजार,संस्थापक समितीबाट ५५ हजार सहित आजिबन सदस्यहरुले पनि सहयोग गरेकाछन् ।
कल्याणकारी कोषमा जम्मा भएको रकमबाट आएको ब्याजले बिपन्न कलाकारलाई सहयोग गर्ने र कलाकारकै हितको लागी काम गर्ने संस्थाका अध्यक्ष कुमार कार्कीले जानकारी दिनुभयो ।
समाजले कलाकार,पत्रकार,समाजसेवीहरुलाई सम्मान गरिएको संस्थाका उपाध्यक्ष एवं मोडल सन्ध्या सानुले जानकारी दिनुभयो ।